• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार
सम्पादकीय

दलहरुका लागि आन्तरिक लोकतन्त्र सुदृढ गर्ने अवसर

64x64
नेपाल लाइभ शुक्रबार, साउन ६, २०७९  २२:१३
1140x725

अब केही साताभित्रै आउँदो प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि मिति घोषणा हुने अपेक्षा गरिएको छ। त्यसको पूर्वसन्ध्यामा अहिले प्रमुख राजनीतिक दलहरु सम्भाव्य चुनावी गठबन्धनका लागि कसरत गरिरहेका छन्। २०७९ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन अगावै कस्तो गठबन्धन बन्ला र चुनावपछि कस्तो सरकार बन्ला भन्ने विषय नेपालभित्र मात्रै हैन, छिमेकी देशहरुको पनि चासोको विषय बन्न पुगेको छ। तर चुनावी तयारी सुरु हुँदै गर्दा त्यत्तिकै महत्त्वपूर्ण विषय राजनीतिक दलहरुको आन्तरिक प्रजातन्त्र र सुधारको मुद्दा भने उस्तै छ। 

दलहरुको इतिहास थपिँदै गएपछि झन् परिपक्व हुनुपर्नेमा उनीहरुको अस्तित्व संकटमा परेको देखिँदै आएको छ। राजनीतिक दलहरुको सिद्धान्त र निष्ठामाथि प्रश्न पनि उठ्ने गरेका छन्। नेतृत्वपिच्छे तय हुने नीति, पार्टीको सिद्धान्त बाहिर हुने सत्ताको सौदावाजी र जनताभन्दा आफ्नो कोटरी प्यारो हुने नेताहरुका कारण दलहरुको भविष्यबारे प्रश्न सार्वजनिक बहसमा आउन थालेको छ।

विश्वका अन्य प्रजातान्त्रिक मुलुकहरु जस्तै नेपालमा पनि राजनीतिक दलहरुले जनताबाट अनुमोदित भएर शासन सञ्चालन गर्न पाउने परिपाटी छ। भर्खरै सम्पन्न स्थानीय चुनावमा जनताले आफ्नो घर-गाउँको सरकार सञ्चालनका लागि अभिमत दिइसकेका छन्। स्थानीय निर्वाचनमा जनताले जसरी मतदान गरे त्यसले लोकतन्त्रप्रति जनताको भरोसा अझै बाँकी रहेको देखाएको छ। जनताले विवेक पुर्‍याउने समयमा पक्कै पनि विचार गर्छन् भन्ने अपेक्षा यो निर्वाचनको परिणामले पनि गर्न सकिन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

तर गठबन्धनको नाममा जसरी पनि सत्तामै पुग्ने भन्ने अभ्यास लोकतन्त्रका लागि स्वस्थ होइन। यसले राजनीतिक दलहरुभित्र नयाँ-नयाँ विचार र योजनाहरुमाथि छलफल हुने, नयाँ नेतृत्व चुन्ने अवसरमाथि अवरोध पैदा गर्ने निश्चित छ। दल सिद्धान्तमा आधारित हुन्छ। तर अहिले दलहरु सिद्धान्तभन्दा सत्तामा केन्द्रित देखिन थालेका छन्। गुट, उपगुट निर्माण गरी एउटै दलभित्र पनि सत्तापक्ष र प्रतिपक्षको जस्तो स्थिति उत्पन्न भइरहने नेपाली राजनीतिको इतिहास छ। ५० को दशकमा राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र जुन प्रवृत्ति देखियो, अहिले त्यही प्रवृत्ति सबै दलभित्र देखिन थालेको छ। यो लोकतन्त्रका लागि चिन्ताको विषय हो।

सरकार बनाउन निर्णायक मत भएको दलभित्र एक पक्ष र अर्को पक्षलाई समर्थन गर्ने अनि त्यसमा दलको सिद्धान्त नै बिर्सेर गठजोड गर्दै सरकार ढाल्ने र बनाउने खेल चलिरहँदा लोकतन्त्र बलियो त हुदैन, देश पनि स्थिर हुदैन। यसले विकासमा पनि बाधा गर्छ भने देशलाई आर्थिक समुन्नतितिर लैजाने कुरा ओझेलमा पर्छ। बरु कसको सरकार बनाउने र कसले बनाउने भन्ने प्रतिस्पर्धाको सिलसिलामात्र चल्ने अभ्यास सुरु हुन्छ।

नेपालको संविधानले सबै वर्ग, जाति, क्षेत्र, भूगोल र पछाडि परेका वर्गका जनताका साथै विषयविज्ञहरु कानुन बनाउने थलो संसद्‌मा पुग्न सकुन् भनेर समानुपातिक प्रणालीको परिकल्पना गरेको हो।  तर दलीय नेतृत्वले यो महत्त्वपूर्ण प्रावधानलाई आफ्ना आसेपासेलाई पुरस्कृत गर्ने अवसरको रुपमा परिणत गरेका छन्। आफ्नो गलत क्रियाकलापलाई पनि आँखा चिम्लेर सही भन्ने जमातलाई पुरस्कृत गर्ने र दलभित्र सुधार तथा जवाफदेही माग गर्ने पक्षलाई अनुशासनको डण्डा लगाउने आम प्रवृत्ति दलभित्र मौलाउँदै गएको देखिन्छ। त्यसले गर्दा दलहरु विभाजित हुने क्रम पनि बढ्दै गएको छ। त्यस्तै जसरी पनि सत्तामा पुग्ने अन्तिम लक्ष्य राखेर सबै नैतिकता तथा सिद्धान्तलाई तिलाञ्जली दिने प्रवृत्ति हरेक दलभित्र हुर्कँदै गएको देखिन्छ भने यसले नै दलभित्र किचलोको बिउ रोपेको देखिन्छ। 

चुनाव महँगो हुँदै जाँदा पैसा खर्च गरेर चुनाव जित्ने र तीनै तहका सरकारमा गएपछि भ्रष्टाचार गरेर  पैसा कमाउने ध्येय पनि कतिपय राजनीतिकर्मीहरुमा देखिन्छा। यसले गर्दा राजनीतिक दलहरु देशका समस्या सम्बोधन गरेर सामाजिक न्याय र समृद्धिको बाटोमा मुलुकलाई अगाडि बढाउनेभन्दा जसरी पनि दल कब्जा गरेर आफू र आफ्नो गुटको स्वार्थसिद्ध गर्नेतर्फ प्रेरित भएका उदाहरणहरु छन्। दलहरुको आम्दानी र खर्च पारदर्शी नहुनु, नयाँ  पुस्तालाई नेतृत्वमा आउनबाट रोक्नु, आफ्नो आलोचना सुन्नै नसक्ने असहिष्णु प्रवृत्तिको विकास तिनका केही उदाहरणहरु हुन्।

राज्यका सबै अंगहरुलाई दलीयकरण गर्दा कस्तो भयावह स्थिति उत्पन्न हुन्छ भन्ने प्रत्यक्ष उदाहरण वर्तमान नेपाल बन्न पुगेको छ। तर हामी अहिले दलीय राजनीतिको विकल्प खोजिरहेका छैनौं। दलहरुभित्र आन्तरिक राजनीतिलाई सुधार गरेर राष्ट्रिय राजनीतिलाई पनि सुधार गर्न सकिन्छ भन्ने आशा अझै बाँकी छ। जुन दिन जनतामा त्यो आशा मर्छ, स्थानीय चुनावमा जस्तै संघ र प्रदेशको चुनावमा पनि स्वतन्त्र उम्मेदवारहरुलाई मत दिने र जिताउने क्रम जारी नै रहनेछ। त्यो तथ्य बुझेर दलहरुले उम्मेदवार  छनोट,  चुनावी अभियान सञ्चालन र समग्र निर्णय प्रक्रियालाई नै जिम्मेवार र पारदर्शी बनाउन आवश्यक छ। समयको यो सन्देश बुझ्न नखोज्दा वा नचाहँदा त्यसको मार पनि ती दलहरु र तिनको वर्तमान नेतृत्वले नै भोग्नुपर्ने निश्चित छ।

प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७९  २२:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढी : प्रधानमन्त्रीले सार्वजनिक गरे नवौं दिनको रिपोर्ट
रिद्धि सिद्धि र सौर्य सिमेन्टद्वारा बाढीपीडितका लागि १ करोड १ लाख सहयोग
बाढीपछि जारी खोजी, उद्धार तथा राहत कार्यलाई अझ प्रभावकारी बनाउन सरकारलाई रास्वपाको आग्रह
सम्बन्धित सामग्री
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी सबैभन्दा गम्भीर पक्ष उद्धारका लागि सुरुदेखि नै विदेशी मुलुकहरूले देखाएको सहयोगको तत्परता हो। बाह्रवटा देशले आफ्ना फसेका नागरिकहरूको... बिहीबार, भदौ १८, २०८३
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? नेपाली सेनाले मात्र विभिन्न क्षेत्रमा स्थल तथा हवाई माध्यमबाट उेको छ। त्रिशूली क्षेत्रमा अस्पतालको पहुँचसमेत प्रभावित भएपछि सैनिक ब्... आइतबार, भदौ १४, २०८३
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? आगामी रजिष्ट्रारको सबैभन्दा ठूलो चुनौतीमध्ये एउटा प्रतिष्ठानलाई दीर्घकालीन रुपमा आर्थिक तथा संस्थागत रुपमा बलियो बनाउनु हुनेछ । यसका... शनिबार, भदौ १३, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी : प्रधानमन्त्रीले सार्वजनिक गरे नवौं दिनको रिपोर्ट बिहीबार, भदौ १८, २०८३
रिद्धि सिद्धि र सौर्य सिमेन्टद्वारा बाढीपीडितका लागि १ करोड १ लाख सहयोग बिहीबार, भदौ १८, २०८३
बाढीपछि जारी खोजी, उद्धार तथा राहत कार्यलाई अझ प्रभावकारी बनाउन सरकारलाई रास्वपाको आग्रह बिहीबार, भदौ १८, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
भोटेकोशी बाढीको नवौं दिन: आज सेनासहितको उद्धार टोलीले प्रभावित क्षेत्रमा के–के गर्‍यो? बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
मन्दिरको जग्गा व्यक्तिको नाममा दर्ता, मालपोत प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्