काठमाडौं- श्रीलंकामा नयाँ प्रधानमन्त्री चयन भएका छन्।
दिनेश गुणावर्धने प्रधानमन्त्री नियुक्त भएका हुन्। उनले आजै पद तथा गोपनीयताको शपथ लिएका छन्।
६ पटक प्रधानमन्त्री बनेका रनिल विक्रमासिंघे राष्ट्रपतिमा निर्वाचति भएपछि नयाँ प्रधानमन्त्री चयन भएका हुन्।
७३ वर्षका गुणावर्धने इस अघि विदेश मन्त्री र शिक्षा मन्त्री भइसकेका छन्।
अप्रिलमा तत्कालीन राष्ट्रपति गोटबाया राजपक्षेले उनलाई गृह मन्त्री नियुक्त गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।