काठमाडौं– साप्ताहिक कारोबारको अन्तिम दिन आज (शुक्रबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको हो।
तोलामा १ हजार रुपैयाँले बढेपछि शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँ कायम भएको छ।
यसअघि बिहीबार भने सुनको मूल्य तोलामा १ हजार रुपैयाँले नै घटेको थियो। बिहीबार छापावाल सुन प्रतितोला ९३ हजार र तेजाबी सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो।
शुक्रबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ। तोलामा १० रुपैयाँ बढेर शुक्रबार चाँदी प्रतितोला १ हजार १६५ रुपैयाँ कायम भएको छ। यसअघि बिहीबार भने तोलामा १० रुपैयाँ नै घटेर चाँदी प्रतितोला १ हजार १५५ रुपैयाँमा कारोबार भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।