काठमाडौं- भारतमा आयोजना हुने साफ यू-२० पुरुष च्याम्पियनसिप फुटबलमा सहभागिता जनाउने नेपाली टोलीलाई बिदाइ गरिएको छ।
शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले यू-२० टोलीलाई बिदाइ गरेको हो।
बिदाइ क्रार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव टंकलाल घिसिङ, एन्फा अध्यक्ष पंकज नेम्वाङलगायत एन्फाका पदाधिकारी सहभागिता थियो। नेपाली टोली शुक्रबार दिउँसो भारत प्रस्थान गर्ने छन्।
च्याम्पियनसिपमा नेपाल सँगै आयोजक भारत, माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ। च्याम्पियनसिपका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले २३ सदस्यीय टिम घोषणा गरिसकेका छन्।
प्रतियोगितामा नेपालको कप्तानी मिडफिल्डर आयुष घलानले गर्ने छन्। च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले माल्दिभ्सको सामना गर्नेछ। नेपाल र माल्दिभ्सबीचको खेल भुवनेश्वरस्थित कालिङ्गा स्टेडियममा जुलाई २५ मा हुनेछ।
नेपालले दोस्रो खेलमा श्रीलंकासँग जुलाई २७ र आयोजक भारतसँग जुलाई ३१ म खेल्ने छ। अन्तिम खेल नेपालले बंगलादेशसँग अगस्ट २ मा खेल्नेछ।
शीर्ष दुई टोलीले उपाधिका लागि अगस्ट ५ मा प्रतिस्पर्धा छ।
नेपाली टोली :
गोलकिपर: ईश्वर गुरुङ, उनेश चौधरी, जियारथ सेख
डिफेन्डर: अमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, रोशन थापा, अभिषेक वाइबा
मिडफिल्डर: दिपेश गुरुङ, आशिष राई, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरुङ, कृतिश रत्न छिन्जु, सुगम सुवाल, मनग्य नकर्मी, आयुष घलान
फरवार्डः रोहित सुब्बा, निरञ्जन मल्ल, रोहन खड्गी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।