काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) चालु आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ।
राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले शुक्रबार अपराह्न ४ बजे पत्रकार सम्मेलन गरी मौद्रिक नीति सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिए।
मौद्रिक नीति पारित गर्नका लागि केही बेरमा नेपाल राष्ट्र बैंक संञ्चालक समितिको बैठक बस्दै छ।
मौद्रिक नीतिबारे गभर्नर महाप्रसाद अधिकारीले बिहीबार साँझ प्रधानमन्त्री एवम् अर्थ मन्त्रालयको समेत जिम्मेबारी सम्हालिरहेका शेरबहादुर देउवालाई व्रिफिङ गरेका थिए। गभर्नर अधिकारीले 'कसिलो' मौद्रिक नीति आउने बताउँदै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।