काठमाडौं– अष्ट्रियामाथि सहज जित निकाल्दै जर्मनी महिला युरो च्याम्पियनसिप २०२२ को सेमिफाइनलमा प्रवेश गरेको छ।
इङ्ल्यान्डको ब्रेन्टफर्ड कम्युनिटी स्टेडियम ब्रेन्टफर्ड मिडलसेक्समा बिहीबार राति भएको खेलमा जर्मनीले अष्ट्रियालाई २–० ले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।
जर्मनीको सहज जितमा लिना म्यागुल र एलेक्सड्रा पपले गोल गरिन्।
खेलको २५औं मिनेटमा लिना मागुलले गोल गर्दै जर्मनीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन्। त्यसपछि खेलको अन्तिम समयमा एलेसान्द्रा पोपले गोल गर्दै जर्मनीको जित सुनिश्चित गरिन्।
अब जर्मनीले सेमिफाइनलमा फ्रान्स र नेदरल्यान्ड्सबीचको विजेतासँग २७ जुलाईको राति प्रतिस्पर्धा गर्नेछ।
जर्मनी डेनमार्क, स्पेन र फिनल्यान्ड सम्मिलित सबैभन्दा कठिन समूहबाट शीर्षमा रहँदै क्वाटरफाइनल पुगेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।