काठमाडौं– पोर्चुगिज फरवार्ड डार्विन नुनेजको ह्याट्रिकसहित चार गोलमा इंग्लिस क्लब लिभरपुलले प्रि–सिजनको मैत्रीपूर्ण खेलमा जर्मन क्लब आरबी लाइप्जिगविरुद्ध फराकिलो जित निकालेको छ।
रेडबुल एरिना लाइप्जिगमा बिहीबार राति भएको एक पक्षीय खेलमा लिभरपुलल लाइप्जिगलाई ५–० को फराकिलो गोल अन्तरले पराजित गरेको हो। लिभरपुलका लागि एक गोल मोहम्मद सलाहले गरेका थिए।
खेलको आठौं मिनेटमा मोहम्मद सलाहको गोलबाट लिभरपुलले सुरुआती अग्रता लिएको थियो।
त्यसपछि यसै समरमा पोर्चुगिज क्लब बेन्फिकाबाट लिभरपुल आएका नुनेजले दोस्रो हाफमा चार गोल गरे। खेलको ४८औं मिनेटमा नुनेजले पेनाल्टीमा गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे। ५१औं मिनेटमा नुनेजले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे।
६८औं मिनेटमा नुनेजले ह्याट्रिक पूरा गर्दा लिभरपुल खेलमा ४–० ले अघि रह्यो। ९०औं मिनेटमा नुनेजले व्यक्तिगत तेस्रो तथा टोलीका लागि चौंथो गोल गर्दै लिभरपुललाई फराकिलो जित दिलाए।
प्रि–सिजनमा लिभरपुलको तेस्रो खेलमा यो दोस्रो जित हो। पहिलो खेलमा लिभरपुल म्यानचेस्टर युनाइटेडसँग ४–० ले पराजित भएको थियो। तर, दोस्रो खेलमा क्रिस्टल प्यालेसलाई २–० ले हराएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।