काठमाडौं–द्रौपदी मुर्मू भारतको १५ औं राष्ट्रपति निर्वाचित भएकी छन्। भारतीय जनता पार्टी (भाजपा) गठबन्धनकी उम्मेदवार मुर्मु विपक्षी उम्मेदवार यशवन्त सिन्हालाई भारी मतअन्तरले पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित हुन सफल भएकी हुन्। उनी भारतकै पहिलो महिला आदिवासी राष्ट्रपति बनेकी छन्।
तेस्रो राउण्डको मतगणनामै उनले राष्ट्रपति बन्नका लागि आवश्यक ५० प्रतिशत मत प्राप्त गरेकी थिइन्। अब एक राउण्ड मत गन्न बाँकी रहे पनि त्यो औपचारिकताका लागि मात्र हुनेछ।
मतगणना भएको तीन राउण्डमा कूल ३२१९ मत (कूल मतभार ८ लाख ३८ हजार ८२९) रहेकोमा मुर्मूलाई २१६१ अर्थात् ५ लाख ७७ हजार ७७७ मत पाएकी थिइन् भने यशवन्त सिन्हाले १०५८ मत (मतभार २ लाख ६१ हजार ६२ ) पाएका थिए।
जित सुनिश्चित भएपछि प्रधानमन्त्री नरेन्द्र मोदी मुर्मूलाई भेट्न उनको निवास पुगेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।