काठमाडौं– नेपाल धितोपत्र बोर्डमा रिलायन्स स्पिनिङ मिल्स र सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिबाट आईपीओ बिक्री गर्न आवेदन दिएका छन्।
सर्वोत्तम सिमेन्टले पहिलो चरणमा बोर्डसँग संस्थागत लगानीकर्ताको लागि २४ लाख कित्ता आईपीओ बिक्री गर्ने भएको छ।
यसैगरी, रिलायन्स स्पिनिङ मिल्स पहिलो चरणमा संस्थागतकै लागि ७ लाख ७० हजार ६४० कित्ता आईपीओ बिक्रीको लागि अनुमति माग गरेको नेपाल धितोपत्र बोर्डले जानकारी दिएको छ।
सर्वोत्तम सिमेन्टको आईपीओ बिक्री प्रबन्धकको काम ग्लोबल आईएमई क्यापिटलले गर्नेछ। रिलायन्स स्पिनिङ मिल्सको बिक्री प्रबन्धकमा पनि ग्लोबल आईएमई क्यापिटल रहेको छ।
सर्वोत्तम सिमेन्टले बुक बिल्डिङमार्फत् न्यूनतम ५०१ रुपैयाँ देखि अधिकतम ७५१.५० रुपैयाँको बीचमा संस्थागत लगानीकर्तालाई आईपीओ बिक्री गर्न बोर्डमा आवेदन दिएको हो।
यसैगरी, रिलायन्स स्पिनिङ मिल्सले न्यूनतम ६०८ रुपैयाँदेखि अधिकतम ९०० रुपैयाँ बीचमा संस्थागत लगानीकर्तालाई आईपीओ बिक्री गर्न बोर्डमा आवेदन दिएको हो।
सर्वसाधारण लगानीकर्ताको लागि कम्पनीले संस्थागत लगानीकर्तालाई बेचेको मूल्यभन्दा १० प्रतिशत कम मूल्यमा सेयर बिक्री गर्नुपर्ने बुक बिल्डिङको कार्यविधि रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।