• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

ब्रोकर कम्पनी खोल्ने धितोपत्र बोर्डको योजना पूरा होला? 

योजना कार्यान्यवन हुँदा अहिले भएका ब्रोकर कम्पनीलाई कस्तो असर हुन्छ? 
64x64
सुमित्रा कार्की आइतबार, साउन ८, २०७९  ०७:१७
1140x725

काठमाडौं– नेपाल धितोपत्र बोर्डले २० करोडदेखि १ अर्ब ५० करोडसम्मको चुक्ता पूँजी बनाएर आउने जो कोहीलाई धितोपत्र दलाल कम्पनी (ब्रोकर) को लाइसेन्स दिने योजना बनाएको छ। 

धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता नियमावली, २०६४ लाई संशोधन गर्दै बोर्डले धितोपत्र बजारले पहिलो आर्थिक वर्षको हकमा ३० दिनको समय दिएर आवेदन माग गर्ने व्यवस्था गरेको हो। प्रस्तावित नियमावली अनुसार सीमित कार्य गर्ने धितोपत्र दलाल सेवाका लागि बोर्डले न्यूनतम २० करोड रुपैयाँ चुक्ता पूँजी निर्धारण गरेको छ।

यस तहका सेयर ब्रोकरहरूले सम्बन्धित ग्राहकको नामबाट मात्र ग्राहकको आदेशअनुसार धितोपत्र खरिद वा बिक्री गर्नेछन्। यसअघिको व्यवस्था अनुसार सेयर ब्रोकर कम्पनीका लागि कायम हुनुपर्ने न्यूनतम चुक्ता पूँजीको सीमा २ करोड रुपैयाँ तोकिएको थियो।

पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवा प्रदान गर्नेहरूलाई भने खरिद बिक्रीसहित मार्जिन कारोबार, लगानी परामर्श, लगानी व्यवस्थापन र निक्षेप सदस्यसम्बन्धी कार्य गर्ने सहुलियत पनि हुनेछ। यस प्रकारको ब्रोकर कम्पनीको चुक्ता पूँजी बोर्डले ६० करोड रुपैयाँ हुनुपर्ने प्रस्ताव गरेको हो। 

धितोपत्र व्यापारी लाइसेन्सका लागि १ अर्ब ५० करोड रुपैयाँ पूँजी प्रस्ताव गरिएको छ। धितोपत्र व्यापारीले धितोपत्र दलालको कामसहित आफ्नो नामबाट सेयर किनबेच पनि गर्न पाउनेछन्। त्यस्तै, स्टक डिलरका रुपमा स्थापना हुने कम्पनीले धितोपत्र प्रत्याभूति कार्यका साथै योग्य संस्थागत लगानीकर्ताका रुपमा पनि काम गर्न सक्ने व्यवस्था गरिने बोर्ड श्रोतले जानकारी दियो। हाल नागरिक लगानी कोषले मात्र यस्तो लाइसेन्स पाएको बोर्डका पूर्वकार्यकारी निर्देशक निरज गिरी बताउँछन्। प्रस्तावित व्यवस्थाअनुसार थप कम्पनी पनि डिलरको लाइसेन्स पाउने बोर्ड श्रोतले जानकारी दिएको छ। 

बोर्डले संशोधन गरेर अर्थ मन्त्रालय पठाएको उक्त नियमावलीको बारेमा मन्त्रालयबाट केही छलफल तथा निष्कर्ष नआएको बोर्डका प्रवक्ता रुपेश केसीले नेपाल लाइभलाई बताए। उनी भन्छन्, ‘बोर्डबाट नियमावली संशोधन गरे अर्थ मन्त्रालय पठाइएको छ। तर, अब के गर्ने भन्ने विषयमा मन्त्रालयबाट कुनै पनि प्रतिक्रिया आएको छैन।’

नियमावली संशोधन गरेर पठाएको दुई हप्ता बित्न लाग्दा पनि अर्थ मन्त्रालयले यो कार्यविधिको बारेमा बोर्डलाई केही ‘रेस्पोन्स’ नगरेको बोर्ड श्रोतले जानकारी दियो। ‘अर्थ मन्त्रालयमा पनि यो विषयमा अहिलेसम्म कुनै कुरा चलेको छैन। हामीले यहाँबाट कार्यविधि संशोधन गरेर पठाएका छौं। अर्थ मन्त्रालयको जिम्मामा गइसकेको विषय के हुन्छ भनेर हामीलाई थाहा हुँदैन’, बोर्ड स्रोतले भन्यो। 

बोर्डले ल्याएको योजना पूरा हुनलाई केही समय लाग्ने बोर्ड श्रोत बताउँछ। स्टक ब्रोकर एशोसिएसन अफ नेपालले भने बोर्डले लिएको सपना पूरा गर्न सहज वातावरण नभएको बताएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

बोर्डले संशोधन गरेर पठाएको नियमावली कार्यान्वयनमा आउन धेरै समय लाग्न सक्ने बोर्डका एक पूर्वअध्यक्ष बताउँछन्। उनी भन्छन्, ‘अहिले नै त्यो नियमावली पास हुन सक्ने अवस्था छैन। हामीले बैंकको सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने कुरा लामो समयदेखि उठाउँदै आएका हौंं। तर, अहिलेसम्म पनि त्यसको कार्यविधि बनेको छैन।’

ब्रोकरलाई दोष लगाएर समस्याको समाधान हुँदैन : अध्यक्ष मैनाली
स्टक ब्रोकर एशोसिएसन अफ नेपालका अध्यक्ष सन्तोष मैनाली ब्रोकरलाई दोष दिएर समस्याको समाधान नहुने बताउँछन्। नियमावलीका विषयमा आफ्नो असन्तुष्टिहरू बोर्डमा राखिसकेको उनले बताए।

ब्रोकर कम्पनीहरूको पहिलो असन्तुष्टि भनेको अहिले धितोपत्र बजारमा सञ्चालनमा रहेका ५० वटा ब्रोकर कम्पनीको संख्या कम भयो भन्ने हो। प्रभावकारी काम भएन, सीमित क्षेत्रमा मात्र सञ्चालनमा रहे, थप सेवा प्रवाह गर्न सकेनन्, सेवा गुणस्तरीय भएन भन्ने आरोप ब्रोकर कम्पनीलाई लगाएको विषयमा पनि असन्तुष्टि रहेको मैनाली बताउँछन्। 

उनी भन्छन्, ‘यो आरोप पुष्टि गर्न हामीले बोर्डमा माग पनि राखेका छौं। किनभने हामीले ब्रोकरको शाखा खोल्न चाहँदा चाहँदै पनि धितोपत्र बोर्डले हामीलाई शाखा खोल्न दिएको छैन। शाखा खोल्न दिए पनि अनुमति प्रक्रिया पूरा गर्न वर्षौं लगाउने गरेको छ।’ 

Xtrem

Xtrem

बाहिरी मुलुकमा ब्रोकरलाई लाइसेन्स लिने अधिकार स्टक एक्सचेन्जलाई हुने गरेको उनी बताउँछन्। उनी भन्छन्, ‘हाम्रोमा बोर्डमा किन पठाइएको छ? यो पनि प्रश्न गर्नुपर्ने कुरा रहेको छ। त्योसँगै पहुँच विस्तारका लागि शाखा मात्र नभएर अन्य मोडल पनि अपनाउन सकिन्छ। जस्तै, ब्रोकर एजेन्ट राख्ने, सब ब्रोकर राख्ने, आधिकारिक प्रतिनिधिको माध्यम लगायतका माध्यमबाट ब्रोकरको पहुँच विस्तार गर्न सकिन्छ।’

यस्ता कुरामा बोर्डले कुनै चासो नराखेको उनको भनाइ छ। मैनाली भन्छन्, ‘यस विषयमा सेबोनले कुनै छलफल नै चलाउन चाहेको छैन। एकातिर पहुँच विस्तारमा सेबोनको अनिश्चिता देखिन्छ। अनि त्यसको आरोप चाहिँ ब्रोकर व्यवसायीलाई लगाएको छ।’ 

व्यवसाय सेवा विस्तारको किसिम पनि अन्तर्राष्ट्रिय प्रक्रिया अनुसार ब्रोकर मात्र नभएर ब्रोकर कम्पनीले अन्य सेवा पनि विस्तार गर्न पाउनु पर्छ भन्ने उनीहरूको माग छ। ब्रोकर कम्पनीहरूले उक्त माग राखेको १० वर्ष भइसकेको उनी बताउँछन्। 

ब्रोकर कम्पनीको असन्तुष्टि यतिमा सीमित छैन। बोर्डले नियमावली संशोधन गरेर २० करोडदेखि १५० करोडसम्मको चुक्ता पूँजीको सीमा बनाएका विषयमा पनि उनीहरूको असन्तुष्टि छ।

‘ब्रोकर कम्पनीलाई त्यत्रो पुँजीको आवश्यकता किन पर्‍यो? अहिले २ करोडको चुक्ता पूँजी भएको कम्पनीले गरेको काम गर्नलाई बोर्डले ६० करोडको सीमा तोकेको छ। नियामकले तोक्ने पूँजी भनेको जहिले पनि जोखिमसँग जोडिएको हुनुपर्छ’, मैनाली भन्छन्, ‘अहिले सञ्चानलमा रहेका ब्रोकर कम्पनीमा यस्तो ठूलो जोखिम के देखिएर बोर्डले कार्यविधि संशोधन गरेको हो?’ मन्त्रिपरिषद्‌बाट यो कार्यविधि संशोधन भयो भने अहिले भइरहेको ब्रोकर कम्पनीले १० गुणा बढी पूँजी बढाउनुपर्ने हुन्छ।’ 

बोर्डको योजनाले अहिलेका ब्रोकरलाई कस्तो असर पर्छ? 
ब्रोकर कम्पनीको चुक्ता पूँजी बढ्दा त्यसको असर अहिले सञ्चालनमा रहेका ब्रोकरलाई मात्र नभएर नयाँ आउने ब्रोकर कम्पनीमा पनि देखिने स्टक ब्रोकर एसोसियसन अफ नेपालका अध्यक्ष मैनाली बताउँछन्। उनी भन्छन्, ‘यसको असर अहिले भएका समग्र ब्रोकर कम्पनीलाई पर्ने देखिन्छ। पूँजी ह्वात्तै बढाउने, संख्या बढाउन प्रतिस्पर्धा हुने हुँदा यसले भइराखेको कम्पनीहरूलाई एकदमै च्यालेन्ज हुन्छ।’ 

कोभिडकालको दुई वर्षको पूँजी बजारलाई झिकेर हेर्दा पूँजी बजारको सम्भावना के हो? त्यसले प्रष्ट देखाएको उनी बताउँछन्। ‘कोभिड कालको भन्दा अहिलेको अवस्था अलि राम्रो नै होला। तर, यो नै पूँजी बजारको सुधारका लागि पर्याप्त छैन’, उनी भन्छन्, ‘गत वर्ष २२ अर्बमा पुगेको कारोबारलाई ८३ करोडसम्मा झरेको पनि देख्यौं। त्यो भनेको ९६ प्रतिशतसम्मले कारोबार घटेको हो।’ 

अहिले सञ्चालनमा रहेका ५० वटा ब्रोकर कम्पनीको ५५ वटा शाखा छन्। ब्रोकर शाखा खोल्न एकदमै खर्चिलो हुने उनले बताए। 

‘यसले गर्दा कहाँको सेयर कारोबार व्यवसाय कस्तो छ, त्यो हेरेर शाखा सञ्चालनमा ल्याउने हो। अब शाखा सञ्चालन गरेर खर्च नै उठ्ने व्यवसाय भएन भने त्यस्तो ठाउँमा किन खर्च गर्ने? भन्ने ब्रोकर व्यवसायीहरूको भनाइ हो’, मैनाली भन्छन्।

अहिले सञ्चालनमा रहेका ब्रोकर कम्पनीले सेवा विस्तारमा पनि आफूलाई सुधार गर्दै लगेका उनले बताएका छन्। ‘अहिले डिपोजिट पार्टिसिपेन्ट (डीपी)को सेवा दिइरहेका छौं। डीपी चलाउनका लागि कुनै पनि छुट्टै संस्थाको आवश्यकता पर्दैन। मार्जिन पनि पाँचको नेटवर्कमा भइरकेको छ। त्यो बेसिक व्यवसाय गर्नका लागि १० गुणा पूँजी बढाउन पर्ने, फुल सर्भिस ब्रोकर हुनका लागि ३० गुणा चुक्ता पूँजी बढाउनु पर्ने व्यवस्था गरेको छ’, उनी भन्छन्। 

हाल धितोपत्र दलाल कम्पनी ब्रोकरको संख्या ५० वटा रहेको छ। यिनका ५५ वटा शाखा छन्। सञ्चालनमा रहेका १३ वटा ब्रोकर कम्पनीको चुक्ता पूँजी २ करोड रुपैयाँ हाराहारीमा रहेको नेपाल स्टक एक्सचेन्जले जानकारी दिएको छ। 

धितोपत्र दलाल कम्पनी ब्रोकरको संख्या र चुक्ता पुँजी:

प्रकाशित मिति: आइतबार, साउन ८, २०७९  ०७:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ... मंगलबार, असोज २०, २०८३
घट्यो सुनको मूल्य आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार, असोज १९, २०८३
राष्ट्र बैंकले ३० करोड थान २ रुपैयाँका सिक्का टकमारी गर्ने नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरका ३० करोड थान चल्तीका सिक्का टकमारी गरी आपूर्ति गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। राष्ट... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
१५ लाख बढीको अवैध खरबुजाको बीउ नियन्त्रणमा मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
गाजामा इजरायलको कडा चेतावनी मंगलबार, असोज २०, २०८३
कांग्रेस उपसभापतिमा सीता गुरुङकाे उम्मेदवारी दर्ता मंगलबार, असोज २०, २०८३
वरिष्ठ उपसभापतिमा विश्वप्रकाशको उम्मेदवारी मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
गगनलाई अमरेशको जवाफ– पार्टी ठग, भ्रष्टाचारी र ठेकेदारको हातमा सुम्पिएपछि कांग्रेस छाडेका हौं सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्