• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

सर्वोच्चको भवन निर्माण : अयोग्य कम्पनीलाई चोलेन्द्रको अग्रसरतामा दिइएको थियो ठेक्का

64x64
दुर्गा दुलाल मंगलबार, साउन ३, २०७९  ०९:३१
1140x725

काठमाडौं– सर्वोच्च अदालतको नयाँ भवन निर्माणका लागि बोलपत्र कागजात मूल्यांकनको सर्त विपरीत निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाकै अगुवाइ र जोडबलमा ‘अयोग्य’ कम्पनीलाई ठेक्का दिइएको खुलेको छ।

अख्तियार र सर्वोच्चसँग भएका विवरणहरू अनुसार राणाले ठेक्का प्रक्रियाबाट हटाउनुपर्ने कालिका समानान्तर ज्वाइन्ट भेन्चर (जेभी) लाई ठेक्का दिलाएका हुन्। बोलपत्र कागजातको मूल्यांकन खण्डको बुँदा ३०.६ मा भएको व्यवस्था विपरीत कालिका समानान्तर जेभिलाई ठेक्का दिइएको पाइएको छ। उक्त बुँदामा भनिएको छ, ‘संयुक्त उपक्रम (जेभी) को कुनै साझेदारविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दायर भएको अवस्थामा बोलपत्र मूल्यांकनबाट हटाइने छ।’

अख्तियारले उक्त जेभीको एउटा कम्पनी कालिका निर्माण सेवाविरुद्ध विशेष अदालतमा दायर गरेको भ्रष्टाचार मुद्दा ठेक्का दिइएको समयमा विचाराधीन थियो। सिक्टा सिचाइँ आयोजनामा कमसल कार्य गरेर भ्रष्टाचार गरेको आरोपमा अख्तियारले कालिकाका अध्यक्ष विक्रम पाण्डेसहित १२ जनाविरुद्ध आठ अर्ब बिगो दावी गर्दै २०७५ सालमा मुद्दा दायर गरेको थियो। 

सर्वोच्चले २०७७ पुस ६ गते ठेक्काका लागिबोलपत्र आह्वान गरेको थियो। मुद्दा विचाराधीन भएकाले कालिका र समानान्तर उपक्रमले बोलपत्रमा जनाएको सहभागिता प्रारम्भमै बदर हुनुपर्ने थियो। तर, राणाले ‘सेटिङ’ गरेर कालिका समानान्तर जेभीलाई नै ठेक्का दिइएको पाइएको अख्तियार स्रोतले जनाएको छ। उक्त भवन निर्माण ठेक्कामा अनियमितता भएको उजुरी परेपछि अख्तियारले पनि छानबिन गरिरहेको छ।

कालिकाले सिक्टा भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट २०७९ असार ५ गते मात्र सफाइ पाएको थियो। सफाइ पाउनुअघि नै उक्त जेभीले भवन निर्माण ठेक्का पाइसकेको थियो।

यसअघि सर्वोच्चले नै भ्रष्टाचारमा संलग्न भएको कम्पनीलाई ठेक्कामा सहभागी गराउन नमिल्ने मापदण्ड बनाएको थियो। तर, त्यसविपरीत कालिका जेभीलाई आर्थिक चलखेलको आधारमा ठेक्का दिएको हुनसक्ने अख्तियार उच्चस्रोतको भनाइ छ।

सिफारिस
सर्वोच्चको भवन निर्माणमा सेटिङ : चोलेन्द्रले दिएको ठेक्का छानबिन गर्न कस्सिए कामु प्रधानन्यायाधीश

स्रोतका अनुसार उक्त कम्पनीले ठेक्का पाउन नसक्ने भएपछि बोलपत्र रद्द गरेर फेरि आह्वान गर्नुपर्ने थियो। तर, प्रधानन्यायाधीश राणाको जोडबलमा अयोग्य कम्पनीलाई नै ठेक्का दिइयो। सर्वोच्चले उपलब्ध गराएको विवरण र लिखित जवाफको अध्ययनपछि अख्तियारले भवन निर्माणमा राणाको ‘अतिरिक्त चासो’ शंकास्पद देखिएको र दिनै नमिल्ने कम्पनीलाई ठेक्का दिइएको प्रारम्भिक निष्कर्ष निकालेको छ। 

राणाविरुद्ध सर्वोच्चमा आन्दोलन भइरहँदा कालिका निर्माण सेवाविरुद्धको मुद्दामा पनि राणाले ‘सेटिङ’ गरेको आरोप लागेको थियो। राणाले कालिाकाको मुद्दा फैसला गर्नकै लागि विशेष अदालतमा न्यायाधीश नियुक्ती नगरेको चर्चा थियो। फागुन १ गते राणाविरुद्ध महाभियोग दर्ता भएर दीपककुमार कार्की कामु प्रधानन्यायाधीश भएपछि मात्र विशेषमा नयाँ न्यायाधीश सिफारिस गरिएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

प्रधानमन्त्री कार्यालयबाट आएको पत्र नै हरायो 
आफूले निर्माण गरेको मापदण्डले कालिका समानान्तर जेभीले ठेक्का नपाउने अवस्था देखेर सर्वोच्चले २०७७ माघ २७ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्र पठाएको थियो। पत्रमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा विचाराधीन रहेको कालिका निर्माण सेवासँग समानान्तरको जेभी हुने भएकाले सोही कम्पनीलाई ठेक्का दिन उपयुक्त हुने कि नहुने भनेर राय मागिएको थियो। उक्त पत्रमा कालिका समानान्तर जेभीलाई दिँदा आइपर्ने समस्याबारे पनि राय मागिएको थियो। जवाफमा प्रधानमन्त्री कार्यालयले सर्वोच्चबाटै आवश्यक निर्णय हुनसक्ने पत्र पठाएको थियो । 

त्यसपछि, प्रधानन्यायाधीश राणाले २०७७ फागुन ३ मा कालिका संयुक्त उपक्रमको बोलपत्र मूल्यांकनमा समावेश गर्ने निर्णय गरेका थिए। उनले २०७७ चैत ७ गते कालिका समानान्तर जेभीले पाउने गरी बोलपत्र स्वीकृत गरेका थिए। 
यता, प्रधानमन्त्री कार्यालयवाट आएको पत्र मुख्य रजिष्ट्रारले प्रधानन्यायाधीशलाई पेश गरेका थिए। उक्त पत्र लामो समयसम्म सचिवालयमै गायव भयो। पछि उक्त पत्रको खोजी कामु प्रधानन्यायाधीश दिपककुमार कार्कीले  गरेका थिए। 
कालिका समानान्तर जेभीलाई ठेक्का नदिदाँ फेरि प्रतिस्पर्धा गराउनुपर्ने र नयाँ विवरण बुझाएर प्रतिश्पर्धा गराउँदा समानान्तर कम्पनी नपर्ने हुँदा राणाले हतारमा ठेक्का लगाएका थिए। किनभने, समानान्तरले ठेक्का पाउनका लागि कालिकाबाहेक नयाँ ज्वाइन्ट भेन्चर खोज्नुपर्ने थियो। कालिकासँग अन्तराष्ट्रिय निर्माणको प्रमाणपत्रलगायत अनुभव भएकाले सोही अनुसारको कम्पनी खोजी गर्न समानान्तरलाई मुस्किल थियो। राणा जसरी पनि समानान्तरलाई ठेक्का दिन चाहन्थे। 

सिफारिस
सर्वोच्चको भवन निर्माणमा अख्तियारका ७ प्रश्न : निलम्बित प्रधानन्यायाधीशले गैरकानुनी काम गरेका हुन्?

त्यसैले राणाले प्रधानमन्त्री कार्यालयसँग राय लिएर आफू सुरक्षित हुन खोजेका थिए। तर, प्रधानमन्त्री कार्यालयले उनको योजनालाई मद्दत पुग्ने गरी जवाफ नदिएपछि त्यसलाई पन्छाएर ठेक्का दिने निर्णय भएको थियो। तर, यसरी ठेक्का दिँदा पनि सार्वजनिक खरिद ऐन मिचिएको थियो।

ठेक्का दिँदा न्यूनतम तीन कम्पनीबीच प्रतिस्पर्धा गराउनुपर्ने सार्वजनिक खरिद ऐनमा उल्लेख छ। तर, अन्य तीन कम्पनीलाई अनुभवका कारण अयोग्य बनाउँदै एकल रुपमा कालिका समानान्तर जेभीलाई ठेक्का दिइएको थियो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘एकमात्र बोलपत्र न्यूनतम मूल्यांकित सारभूत रूपमा प्रभावग्राही मानेर स्वीकृत गर्दा प्रतिस्पर्धा सीमित भई निर्माण कार्यको स्वीकृत लागत अनुमानको हाराहारी पर्ने भएकाले यसलाई मिलेमतो नै मानिन्छ,’ अख्तियार स्रोतले भन्यो, ‘कालिका समानान्तर जेभीले पनि यसैगरी ठेक्का पाएको देखिन्छ।’ उक्त कम्पनीले ०.३९ प्रतिशत मात्र न्यून रकममा गरेको कबोल स्वीकृत भएको छ। 

महालेखाले पनि उठायो प्रश्न
महालेखा परीक्षकको कार्यालयले पनि ठेक्का नै दिन नमिल्ने र अयोग्य करार गरेर बोलपत्र अस्वीकार गर्नुपर्ने कम्पनीलाई ठेक्का दिइएको जनाएको छ। खरिद कार्य प्रतिस्पर्धी एवं मितव्ययी भन्न सकिने अवस्था नरहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ। यो प्रक्रिया मिलेमतोमा भएको टिप्पणी पनि महालेखाको छ। 

आर्थिक वर्ष २०७८/७९को प्रतिवेदनको सर्वोच्च अदालत खण्डको बुँदा नं. ४.२ मा महालेखाले सर्वोच्च आफैंले बनाएको ठेक्का बोलपत्र स्वीकृति सम्बन्धी मापदण्डमा भ्रष्टाचार मुद्दा दायर भएको कम्पनीसँग जेभी गरेमा ठेक्का रद्द हुने भनिए पनि सर्वोच्चबाटै उल्लंघन भएको जनाएको छ। 

महालेखाले निलम्बित प्रधानन्यायाधीश राणाले आफैँ ठेक्का दिन अग्रसरता लिएको र भवन निर्माण विभागबाट बनाउन पनि सकिने अवस्थामा सर्वोच्च आफैँ अगाडि बढेकोबारे पनि प्रश्न उठाएको छ।

प्रकाशित मिति: मंगलबार, साउन ३, २०७९  ०९:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
ताजा समाचारसबै
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र बुधबार, असोज २८, २०८३
रास्वपा पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धी सूचना बुधबार, असोज २८, २०८३
नेपालबाट बाहिरियो मनसुन बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्