काठमाडौं– पछिल्लो एक सातादेखि निरन्तर रुपमा उकालो लाग्दै आएको सेयर बजार यो साताको दोस्रो कारोबार दिन आज (सोमबार) दोहोरो अंकले बढेको छ।
हप्ताको पहिलो तथा नयाँ आर्थिक वर्ष २०७९/०८० को पनि पहिलो कारोबार दिन (आइतबार) झिनो अंकले बढेको सेयर बजार परिसूचक (नेप्से) सोमवार १८.०३ अकंले बढेर २०२९.४३ बिन्दुमा पुग्यो।
यस्तै, ठूला कम्पनीको कारोबार मापक सेन्सिटिभ इण्डेक्स पनि २.८३ अंक बढ्यो।
सोमबार समग्र परिसूचकसँग कारोबार रकम पनि केही बढ्यो। अघिल्लो दिन आइतबार १ अर्ब २३ करोड २४ लाख रुपैयाँ बराबरको कारोबार भएको सेयर बजारमा सोमाबर भने कारोबार रकम पनि केही बढ्यो।
सोमबार कारोबारमा आएका २११ कम्पनीको ३१ लाख ४२ हजार ४०२ कित्ता सेयर १ अर्ब ३१ करोड ९६ लाख २९ हजार ९६० रुपैयाँमा खरिदबिक्री भयो।
नेप्सेका १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ भने २ वटा उपसमूहको परिसूचकमा गिरावट आएको छ। जसमा होटल तथा पर्यटन उपसमूहको परिसूचक सबैभन्दा बढी ४.९३ प्रतिशत बढेको छ। त्यस्तै, अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने निर्जीवन बीमा, जीवन बीमा, लगानी, जलविद्युत र वित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। व्यापार र म्यूचुअल फण्ड उपसमूहको परिसूचक घटेको छ।
सोमबार बरुण हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, इमर्जिङ्ग नेपालको सेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ भने चन्द्रागिरी हिल्सको सेयरमूल्य ६ प्रतिशतभन्दा बढीले बढेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।