• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

नागरिकता  विधेयक  संशोधन : एनआरएनका माग कति भए सम्बोधन? 

64x64
डिबी खड्का आइतबार, साउन १, २०७९  २०:१७
1140x725

काठमाडौं-नेपाल सरकारले नागरिकता ऐन २०६३ संशोधन विधेयक फिर्ता लिएर निश्चित प्रावधानमा मात्रै संशोधनसहित प्रतिनिधि सभामा पेश गरेको छ। सरकारले फेरि पेश गरेको विधेयकअनुसार ऐन संशोधन हुँदा गैरआवासीय नेपाली (एनआरएन) हरूले नागरिकता प्राप्त गर्नेछन्। 

लामो समयदेखि प्रतिनिधि सभामै रोकिएको विधेयकको संसदमा पुन: प्रवेश भएको  छ। त्यसलाई  पारित  गर्नुका साथै केही प्रावधानमा संशोधनको अपेक्षा गैरआवासीय नेपालीहरुले  गरेका छन्। 

नेपालको संविधान २०७२ को धारा १४ मा एनआरएनका हकमा आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपयोग गर्न पाउनेगरी 'गैरआवासीय नेपाली नागरिकता' पाउने उल्लेख छ। यद्यपि  एनआरएनहरुले पूर्ण दोहोरो नागरिकताको अपेक्षा गरिरहेका छन्। त्यसका लागि पहल गर्दै अहिले संविधानबाट प्राप्त अधिकारको संरक्षण र कार्यान्वयन  लागि आफूहरु सक्रिय रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुल आचार्यले  बताए।

नेपाल लाइभसँग कुरा गर्दै उनले भने,  'विश्वका ८० भन्दा बढी देशमा  दोहोरो नागरिकताको व्यवस्था भइसकेको छ। हाम्रो माग भनेको त्यही हो। अहिले संविधानले  गरेको व्यवस्थाअनुसारको नागरिकता पाउने कुरालाई स्वागत गर्दै हामी दोहोरो नागरिकताका लागि पहल गरिरहने छौं ।'

बेलायतमा बसोबास गर्ने कानूनविद् गोबिन्द वेलबासे पनि संविधानको प्रावधान अनुसार गैरआवासीय नेपालीले नागरिकता पाउने गरी कानुन बन्नु नै हालका लागि उपलब्धिपूर्ण हुने बताउँछन्। 'यति प्राप्त गरिसकेपछि थप प्राप्तिका लागि अगाडि बढ्न सकिन्छ। संविधानकै प्रावधानमा पनि कमजोरी छन्। ती संशोधनका लागि पहल त्यसपछि गर्नुपर्छ,' उनी भन्छन्, 'उठाउनुपर्ने थुप्रै विषय बाँकी भए पनि अहिले विधेयक पास हुनु नै उपलब्धि हुनेछ।'
संविधानमा के छ, ऐनमा के गरिँदैछ?

संविधानमा भनिएको छ, ‘विदेशी मुलुकको नागरिकता प्राप्त गरेको दक्षिण एसियाली सहयोग संगठनका सदस्य राष्ट्र बाहेकका देशमा बसोवास गरेको साविकमा वंशजको जन्मको आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बजै, नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिलाई संघीय कानुन बमोजिम आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपयोग गर्न पाउनेगरी गैरआवासीय नागरिकता प्रदान गर्न सकिनेछ।’

संविधानको यही प्रावधान अनुकूल हुने गरी  नागरिकता ऐन २०६३ को दफा ७ पछि दफा ७ क थपेर एनआरएनहरुलाई नागरिकता दिने व्यवस्था गरिएको छ।

७ (क) को उपदफा १ मा भनिएको छ, 'विदेशी मुलुकको नागरिकता प्राप्त गरी दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठनकाे सदस्य राष्ट्र बाहेकका देशमा बसोबास गरेको र साविकमा वंशजको वा जन्मको आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्नेछ।'

Ncell 2
Ncell 2
nimb
nimb

उपदफा २ मा 'गैरआवासीय नेपाली नागरिकता' लिने प्रावधान छ। नागरिकता लिन चाहनेले निम्न प्रमाण सहित गृहमन्त्रालयमा निवेदन दिने भनिएको छ।  जुन यसप्रकार छन् :

(क) निवेदन दिने व्यक्ति वा निजको बाबु वा आमा, बाजे वा बज्यै साविकमा नेपालको नागरिक रहेको प्रमाण, 

(ख) सम्बन्धित व्यक्तिले साबिकमा नेपालको नागरिकता लिएको भए सो नागरिकता त्याग गरेको प्रमाण,

(ग) विदेशी मुलुकको नागरिकता भएको प्रमाण,

(घ) दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनका सदस्य राष्ट्र बाहेकको देशमा बसोबास गरेको प्रमाण, 

(ड) नेपालको संविधान र कानुनको परिपालना गर्ने प्रतिबद्धतापत्र।

यसैगरी दफा ३ मा पहिले नेपालको नागरिकता लिई नागरिकताको प्रमाणपत्र फिर्ता नबुझाएको व्यक्तिले गैरआवासीय नेपाली नागरिकताको निवेदन दिँदा पहिले लिएको नेपाली नागरिकताको प्रमाणपत्र समेत पेश गर्नुपर्ने उल्लेख छ।

नागरिकतापछि खुल्ने बाटो
गैरआवासीय नेपालीहरु संसारको  जुन ठाउँमा रहेपनि आफू 'नेपाली' रहेको भावनाबाट अलग हुन नदिन यसले महत्वपूर्ण भूमिका खेल्ने र गैरआवासीय नेपालीले 'नागरिक'को अनुभूति गर्न पाउने गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्य  बताउंछन् ।  यसले नेपालमा लगानी बढ्ने र संसारभरिका नेपालीसंग रहेको  सीप र श्रोत  नेपाल भित्र्याउन कोसेढुंगा सावित हुने उनले  विश्वास व्यक्त गरे। 

आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपयोग गर्न पाउने भनेर संविधानमै उल्लेख गरिएका कारण एनआरएनहरु अहिले नागरिकता पाउने कुराले उत्साहित भएको आचार्यले बताए । 'नीति तथा कार्यक्रम र बजेटमा धेरै कुरा समेट्ने प्रयास गरिएको छ। तर नागरिकताको ग्यारेन्टी नहुँदा बाहिर बस्ने नेपालीहरु अलिकति डराएको अवस्था थियो। गैरआवासीय नेपाली नागरिकता पाउनेगरी संशोधन अघि बढेको खबरपछि उनीहरु एकदमै उत्साहित भएका छन्।'

एनआरएनहरुले पहिलेदेखि नै  नेपालमा सरल रुपमा पैसा  लिएर आउन पाउने र चाहिएको बेलामा फिर्ता गर्न पाउने गरी विदेशी मुद्रामा  (डलर) खाता खोल्ने व्यवस्थाका  लागि आवाज उठाउँदै आएका थिए। नेपाल सरकारले त्यसका लागि बाटो सहज बनाइदिएको छ। नागरिकताका  प्राप्तिले त्यसलाई अझ प्रोत्साहित गर्ने आचार्यको बुझाइ छ।
'मुलुकको समृद्धिको लागी लगानी भित्र्याउने र पूँजी पलायन हुने कुरालाई रोक्नुका साथसाथै हामीले सुरु गरेको इन्फास्ट्रक्चर डेभलेपमेन्ट  फन्डको पनि सदुपयोग हुनेछ,' आचार्यले भने, 'गैरआवासीय नेपालीले पनि नेपाली सरह लगानी गर्ने अवसर पाएमा सानाठूला ठाउँहरुमा लगानी गर्नेछौं।' 

के सबै  माग सम्बोधन भए?
नागरिकताका ऐनलाई  संविधान अनुकूल बनाउन संशोधन गर्न लागिएको हो। त्यसैले संविधानले दिएका अधिकार मात्रै उपयोग गर्न पाउनेगरी एनआरएनले नागरिकता पाउनेछन्। 

एनआरएनले अपेक्षा गरेका सवै माग भने सम्बोधन नभएको एनआरएनएका अध्यक्ष आचार्य बताउँछन्। राजनीतिक अधिकारका साथै राहदानी पाउनु पर्ने लगायत आफूहरुको माग रहेको उनले  बताए। 

संविधानसभा सदस्य समेत रहेका कानुनविद् तथा सांसद राधेश्याम अधिकारी अहिले यसको सफल प्रयोग नै महत्वपूर्ण हुने बताउँछन्। 'अहिले जति छ, तिनमा कुरा गर्नुपर्छ। नातिसम्मले पाउने प्रावधानको प्रयोग सफल भयो भने पनातिले पाउने व्यवस्था हुन सक्ला। पनातिको कुरा गरेर अल्झिनुहुँदैन,' उनले भने। 

त्यस्तै गैरआवासीय नेपाली संघका नागरिकतासम्बन्धी फोकल पर्सन सरोज दाहाल पनि नागरिकता ऐन संशोधनसँगै अन्य ऐन संशोधन गर्नुपर्ने बताउँछन्। ‘त्यसपछि एनआरएनहरुले पासपोर्ट पाउने बाटो खुल्ने हामीले विश्वास लिएका छौं । यसका लागि  गृह मन्त्रालयसंग पनि पहल भै रहेको छ , उनले भने।

केही प्रावधानमा संशोधनको अपेक्षा
गैरआवासीय नेपालीलाई आवश्यक कागजात राखेर गृह मन्त्रालयमा निवेदन दिन भनिएको छ। त्यसको अर्थ नागरिकता नेपालको गृह मन्त्रालयबाट मात्रै प्राप्त गर्ने बुझिएको छ। त्यसमा गैरआवासीय नेपालीले संशोधन चाहेका छन्।

'नागरिकता गृहमन्त्रालयबाट लिने भनेको छ। त्यो अलिक जटिल छ। हामी बाहिर (विदेश) बस्छौं। त्यसैले सरल रुपमा नागरिकता पाउने व्यवस्था गरिनुपर्छ,' अध्यक्ष आचार्यले भने। नेपालकै विभिन्न जिल्लाका प्रशासन कार्यालय र देशबाहिरका दूतावासबाट नागरिकता पाउनुपर्ने प्रावधानका लागि अहिले लबिङ भइरहेको छ।  सांसद अधिकारी पनि  मन्त्रालयमा वा राजपत्रमा प्रकाशित गरी तोकिएका स्थलमा भनेर संशोधन गरे राम्रो हुने बताउँछन्।
 

प्रकाशित मिति: आइतबार, साउन १, २०७९  २०:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
बाढी उद्धारमा खटिने सुरक्षाकर्मीलाई जोखिम भत्ता, मृत्यु भए परिवारलाई १० लाख आज बसेको मन्त्रिपरिषद् बैठकले उद्धारका क्रममा घाइते भएमा निःशुल्क औषधि उपचारको व्यवस्था गर्ने तथा मृत्यु भएमा मृतकका परिवारलाई १० ला... बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर आर्थिक वर्ष ०७८/७९ मा गाउँपालिका र प्रगतिशील कृषक समूह औरही– ४ बिच १५ लाख रुपैयाँ लागतमा माछा पकेट विकास कार्यक्रम सञ्चालन गर्न सम्झ... बिहीबार, भदौ १८, २०८३
रसुवा बाढीपछि बंगलादेश पठाउने बिजुली रोकियो, भारत निर्यात पनि कटौती भारततर्फको विद्युत् निर्यात पनि घटेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । बिहीबार, भदौ १८, २०८३
ताजा समाचारसबै
सामाजिक सञ्जालमा सरकारले सबै गरिसक्यौं भनेको छ तर अझै पाँचवटा टनेलभित्र उद्धार भएको छैन : सांसद शाही बिहीबार, भदौ १८, २०८३
बाढीपीडितका लागि नेशनल प्याथ ल्याबद्वारा १५ लाख ५५ हजार सहयोग बिहीबार, भदौ १८, २०८३
सरकारले भोटेकोशी बाढी प्रभावित व्यवसायलाई राहत र कर छुटसहितको सुविधा दिने बिहीबार, भदौ १८, २०८३
बाढी उद्धारमा खटिने सुरक्षाकर्मीलाई जोखिम भत्ता, मृत्यु भए परिवारलाई १० लाख बिहीबार, भदौ १८, २०८३
मन्त्रिपरिषद् बैठक: यस्ता छन् सात निर्णय बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
मन्दिरको जग्गा व्यक्तिको नाममा दर्ता, मालपोत प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा बुधबार, भदौ १७, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
कृष्णभीरमा सडक भासिएको ८२ घण्टापछि डाइभर्सन निर्माण सुरु बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्