• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, मंसिर ११, २०८२ Thu, Nov 27, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

नागरिकता  विधेयक  संशोधन : एनआरएनका माग कति भए सम्बोधन? 

64x64
डिबी खड्का आइतबार, साउन १, २०७९  २०:१७
1140x725

काठमाडौं-नेपाल सरकारले नागरिकता ऐन २०६३ संशोधन विधेयक फिर्ता लिएर निश्चित प्रावधानमा मात्रै संशोधनसहित प्रतिनिधि सभामा पेश गरेको छ। सरकारले फेरि पेश गरेको विधेयकअनुसार ऐन संशोधन हुँदा गैरआवासीय नेपाली (एनआरएन) हरूले नागरिकता प्राप्त गर्नेछन्। 

लामो समयदेखि प्रतिनिधि सभामै रोकिएको विधेयकको संसदमा पुन: प्रवेश भएको  छ। त्यसलाई  पारित  गर्नुका साथै केही प्रावधानमा संशोधनको अपेक्षा गैरआवासीय नेपालीहरुले  गरेका छन्। 

नेपालको संविधान २०७२ को धारा १४ मा एनआरएनका हकमा आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपयोग गर्न पाउनेगरी 'गैरआवासीय नेपाली नागरिकता' पाउने उल्लेख छ। यद्यपि  एनआरएनहरुले पूर्ण दोहोरो नागरिकताको अपेक्षा गरिरहेका छन्। त्यसका लागि पहल गर्दै अहिले संविधानबाट प्राप्त अधिकारको संरक्षण र कार्यान्वयन  लागि आफूहरु सक्रिय रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुल आचार्यले  बताए।

नेपाल लाइभसँग कुरा गर्दै उनले भने,  'विश्वका ८० भन्दा बढी देशमा  दोहोरो नागरिकताको व्यवस्था भइसकेको छ। हाम्रो माग भनेको त्यही हो। अहिले संविधानले  गरेको व्यवस्थाअनुसारको नागरिकता पाउने कुरालाई स्वागत गर्दै हामी दोहोरो नागरिकताका लागि पहल गरिरहने छौं ।'

बेलायतमा बसोबास गर्ने कानूनविद् गोबिन्द वेलबासे पनि संविधानको प्रावधान अनुसार गैरआवासीय नेपालीले नागरिकता पाउने गरी कानुन बन्नु नै हालका लागि उपलब्धिपूर्ण हुने बताउँछन्। 'यति प्राप्त गरिसकेपछि थप प्राप्तिका लागि अगाडि बढ्न सकिन्छ। संविधानकै प्रावधानमा पनि कमजोरी छन्। ती संशोधनका लागि पहल त्यसपछि गर्नुपर्छ,' उनी भन्छन्, 'उठाउनुपर्ने थुप्रै विषय बाँकी भए पनि अहिले विधेयक पास हुनु नै उपलब्धि हुनेछ।'
संविधानमा के छ, ऐनमा के गरिँदैछ?

संविधानमा भनिएको छ, ‘विदेशी मुलुकको नागरिकता प्राप्त गरेको दक्षिण एसियाली सहयोग संगठनका सदस्य राष्ट्र बाहेकका देशमा बसोवास गरेको साविकमा वंशजको जन्मको आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बजै, नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिलाई संघीय कानुन बमोजिम आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपयोग गर्न पाउनेगरी गैरआवासीय नागरिकता प्रदान गर्न सकिनेछ।’

संविधानको यही प्रावधान अनुकूल हुने गरी  नागरिकता ऐन २०६३ को दफा ७ पछि दफा ७ क थपेर एनआरएनहरुलाई नागरिकता दिने व्यवस्था गरिएको छ।

७ (क) को उपदफा १ मा भनिएको छ, 'विदेशी मुलुकको नागरिकता प्राप्त गरी दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठनकाे सदस्य राष्ट्र बाहेकका देशमा बसोबास गरेको र साविकमा वंशजको वा जन्मको आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्नेछ।'

Ncell 2
Ncell 2

उपदफा २ मा 'गैरआवासीय नेपाली नागरिकता' लिने प्रावधान छ। नागरिकता लिन चाहनेले निम्न प्रमाण सहित गृहमन्त्रालयमा निवेदन दिने भनिएको छ।  जुन यसप्रकार छन् :

(क) निवेदन दिने व्यक्ति वा निजको बाबु वा आमा, बाजे वा बज्यै साविकमा नेपालको नागरिक रहेको प्रमाण, 

(ख) सम्बन्धित व्यक्तिले साबिकमा नेपालको नागरिकता लिएको भए सो नागरिकता त्याग गरेको प्रमाण,

(ग) विदेशी मुलुकको नागरिकता भएको प्रमाण,

(घ) दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनका सदस्य राष्ट्र बाहेकको देशमा बसोबास गरेको प्रमाण, 

(ड) नेपालको संविधान र कानुनको परिपालना गर्ने प्रतिबद्धतापत्र।

यसैगरी दफा ३ मा पहिले नेपालको नागरिकता लिई नागरिकताको प्रमाणपत्र फिर्ता नबुझाएको व्यक्तिले गैरआवासीय नेपाली नागरिकताको निवेदन दिँदा पहिले लिएको नेपाली नागरिकताको प्रमाणपत्र समेत पेश गर्नुपर्ने उल्लेख छ।

नागरिकतापछि खुल्ने बाटो
गैरआवासीय नेपालीहरु संसारको  जुन ठाउँमा रहेपनि आफू 'नेपाली' रहेको भावनाबाट अलग हुन नदिन यसले महत्वपूर्ण भूमिका खेल्ने र गैरआवासीय नेपालीले 'नागरिक'को अनुभूति गर्न पाउने गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्य  बताउंछन् ।  यसले नेपालमा लगानी बढ्ने र संसारभरिका नेपालीसंग रहेको  सीप र श्रोत  नेपाल भित्र्याउन कोसेढुंगा सावित हुने उनले  विश्वास व्यक्त गरे। 

आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपयोग गर्न पाउने भनेर संविधानमै उल्लेख गरिएका कारण एनआरएनहरु अहिले नागरिकता पाउने कुराले उत्साहित भएको आचार्यले बताए । 'नीति तथा कार्यक्रम र बजेटमा धेरै कुरा समेट्ने प्रयास गरिएको छ। तर नागरिकताको ग्यारेन्टी नहुँदा बाहिर बस्ने नेपालीहरु अलिकति डराएको अवस्था थियो। गैरआवासीय नेपाली नागरिकता पाउनेगरी संशोधन अघि बढेको खबरपछि उनीहरु एकदमै उत्साहित भएका छन्।'

एनआरएनहरुले पहिलेदेखि नै  नेपालमा सरल रुपमा पैसा  लिएर आउन पाउने र चाहिएको बेलामा फिर्ता गर्न पाउने गरी विदेशी मुद्रामा  (डलर) खाता खोल्ने व्यवस्थाका  लागि आवाज उठाउँदै आएका थिए। नेपाल सरकारले त्यसका लागि बाटो सहज बनाइदिएको छ। नागरिकताका  प्राप्तिले त्यसलाई अझ प्रोत्साहित गर्ने आचार्यको बुझाइ छ।
'मुलुकको समृद्धिको लागी लगानी भित्र्याउने र पूँजी पलायन हुने कुरालाई रोक्नुका साथसाथै हामीले सुरु गरेको इन्फास्ट्रक्चर डेभलेपमेन्ट  फन्डको पनि सदुपयोग हुनेछ,' आचार्यले भने, 'गैरआवासीय नेपालीले पनि नेपाली सरह लगानी गर्ने अवसर पाएमा सानाठूला ठाउँहरुमा लगानी गर्नेछौं।' 

के सबै  माग सम्बोधन भए?
नागरिकताका ऐनलाई  संविधान अनुकूल बनाउन संशोधन गर्न लागिएको हो। त्यसैले संविधानले दिएका अधिकार मात्रै उपयोग गर्न पाउनेगरी एनआरएनले नागरिकता पाउनेछन्। 

एनआरएनले अपेक्षा गरेका सवै माग भने सम्बोधन नभएको एनआरएनएका अध्यक्ष आचार्य बताउँछन्। राजनीतिक अधिकारका साथै राहदानी पाउनु पर्ने लगायत आफूहरुको माग रहेको उनले  बताए। 

संविधानसभा सदस्य समेत रहेका कानुनविद् तथा सांसद राधेश्याम अधिकारी अहिले यसको सफल प्रयोग नै महत्वपूर्ण हुने बताउँछन्। 'अहिले जति छ, तिनमा कुरा गर्नुपर्छ। नातिसम्मले पाउने प्रावधानको प्रयोग सफल भयो भने पनातिले पाउने व्यवस्था हुन सक्ला। पनातिको कुरा गरेर अल्झिनुहुँदैन,' उनले भने। 

त्यस्तै गैरआवासीय नेपाली संघका नागरिकतासम्बन्धी फोकल पर्सन सरोज दाहाल पनि नागरिकता ऐन संशोधनसँगै अन्य ऐन संशोधन गर्नुपर्ने बताउँछन्। ‘त्यसपछि एनआरएनहरुले पासपोर्ट पाउने बाटो खुल्ने हामीले विश्वास लिएका छौं । यसका लागि  गृह मन्त्रालयसंग पनि पहल भै रहेको छ , उनले भने।

केही प्रावधानमा संशोधनको अपेक्षा
गैरआवासीय नेपालीलाई आवश्यक कागजात राखेर गृह मन्त्रालयमा निवेदन दिन भनिएको छ। त्यसको अर्थ नागरिकता नेपालको गृह मन्त्रालयबाट मात्रै प्राप्त गर्ने बुझिएको छ। त्यसमा गैरआवासीय नेपालीले संशोधन चाहेका छन्।

'नागरिकता गृहमन्त्रालयबाट लिने भनेको छ। त्यो अलिक जटिल छ। हामी बाहिर (विदेश) बस्छौं। त्यसैले सरल रुपमा नागरिकता पाउने व्यवस्था गरिनुपर्छ,' अध्यक्ष आचार्यले भने। नेपालकै विभिन्न जिल्लाका प्रशासन कार्यालय र देशबाहिरका दूतावासबाट नागरिकता पाउनुपर्ने प्रावधानका लागि अहिले लबिङ भइरहेको छ।  सांसद अधिकारी पनि  मन्त्रालयमा वा राजपत्रमा प्रकाशित गरी तोकिएका स्थलमा भनेर संशोधन गरे राम्रो हुने बताउँछन्।
 

प्रकाशित मिति: आइतबार, साउन १, २०७९  २०:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी 
बीएण्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
सम्बन्धित सामग्री
एक एआईजी र दुई डिआईजीलाई दर्ज्यानी चिह्न प्रदान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच तीन अधिकृतलाई आज दर्ज्यानी चिह्न प्रदान गरेका छन्... बुधबार, मंसिर १०, २०८२
सर्वोच्च जलाएको आरोपमा ल क्याम्पसका पूर्वस्ववियू सभापति ढुंगेल पक्राउ पूर्वमाओवादी केन्द्रका नेतासमेत रहेका ढुंगेललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले पक्राउ गरेको हो। अदालत जलाए... बुधबार, मंसिर १०, २०८२
वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएर साढे ९ हजार बनाइयो तत्कालीन श्रम मन्त्री शरतसिंह भण्डारीले शुल्क बढाउने निर्णय गरेका थिए। त्यसअघि स्वास्थ्य व्यवसायीले वैदेशिक रोजगारीमा जाने श्रमिकबाट... बुधबार, मंसिर १०, २०८२
ताजा समाचारसबै
के हो स्ट्रेस इटिङ्ग? बिहीबार, मंसिर ११, २०८२
फेरि सर्‍यो काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार, मंसिर १०, २०८२
एक एआईजी र दुई डिआईजीलाई दर्ज्यानी चिह्न प्रदान बुधबार, मंसिर १०, २०८२
विशेष महाधिवेशन पक्षधरको सभा सम्पन्न बुधबार, मंसिर १०, २०८२
थाइल्यान्ड र मलेसियामा भीषण बाढी: ३० भन्दा बढीको मृत्यु, हजारौँ विस्थापित बुधबार, मंसिर १०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रास्वपाले ७ वटै प्रदेश इन्चार्जलाई जिम्मेवारीबाट हटायो बुधबार, मंसिर १०, २०८२
आलोचनासँगै प्रधानमन्त्रीको सचिवालय २० बाट घटाएर अब जम्मा ६ जनामा सीमित बुधबार, मंसिर १०, २०८२
सर्वोच्च जलाएको आरोपमा ल क्याम्पसका पूर्वस्ववियू सभापति ढुंगेल पक्राउ बुधबार, मंसिर १०, २०८२
एनपीएल-२ : विराटनगरको पहिलो हार, रञ्जितले लिए पाँच विकेट बुधबार, मंसिर १०, २०८२
वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएर साढे ९ हजार बनाइयो बुधबार, मंसिर १०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य सागर पौडेल
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल इंग्ल्यान्डसँग मंगलबार, मंसिर ९, २०८२
रास्वपाले ७ वटै प्रदेश इन्चार्जलाई जिम्मेवारीबाट हटायो बुधबार, मंसिर १०, २०८२
अमेरिकाबाट डिपोर्ट भएका थप ३५ नेपाली काठमाडौं फर्किए बिहीबार, मंसिर ४, २०८२
सुमनराज अर्याल मुख्यसचिव नियुक्त सोमबार, मंसिर ८, २०८२
महेश बस्नेत सवार गाडीमा जेनजी युवाले छ्यापे रातो मसी, दुई जना पक्राउ आइतबार, मंसिर ७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्