काठमाडौं- पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय समितिको बैठक आइतबार अर्थमन्त्रालयका दुई सचिवसँग सोधपुछ गरिरहेको छ।
सिंहदरबारमा जारी बैठकमा राजस्व सचिव कृष्णहरि पुस्करसँग सोधपुछ गरिसकेको छ। अर्थ सचिव मधु मरासिनीसँग अहिले सोधपुछ चलिरहेको समितिका एक सदस्यले जानकारी दिएका छन्।
आर्थिक वर्ष २०७९/०८० को बजेटमा अनधिकृत व्यक्तिको प्रवेश गराएर राजस्व दरमा हेरफेर गराएको आरोपपछि तत्कालीन अर्थमन्त्री शर्माले राजीनामा दिएका छन्। उनको राजीनमा सँगै बनेको समितिले गत मंगलबारदेखि छानबिन थालेको थियो।
समितिले सुरुमा विवरण र तीन महिनाको सीसीटीभी फुटेज मगाएको थियो। तीन महिनाको सीसीटीभी फुटेजमा बजेट निर्माणको समय जेठलाई केन्द्रमा राखिएको थियो। त्यसअघि वैशाख र त्यसपछि असारको मागिएको थियो।
तर, समितिले भने असारको मात्रै पठाएको समितिका एक सदस्यले बताए। दुईचोटी पत्र लेख्दा पनि असारको फुटेज उपलब्ध गराउन नसकेको उनको भनाइ छ। विवरण माग्ने, बजेट निर्माणमा संलग्नसँग सोधपुछ गर्ने र सीसी टीभी फुटेज हेर्ने समितिको कार्यविधिमा छ। अर्थ मन्त्रालयका सचिवपछि पूर्वअर्थमन्त्री शर्मा सँगसमेत सोधपुछ गर्ने समितिको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।