भारत- नयाँ दिल्लीबाट सुरु भएको आम आद्मी पार्टी (आप)ले भारतमा आफूलाई विस्तार गर्दै लगेको छ। मध्य प्रदेश नगर निकाय चुनावमा आपले संगरौली नगरपालिका जितेको छ।
आपका तर्फबाट उम्मेदवार बनेकी रानी अग्रवालले भारतीय जनता पार्टीका उम्मेदवार चन्द्रप्रतापलाई झन्डै १० हजार भोटले हराएकी हुन्।
रानी अग्रवालले ३४ हजार ३८ मत ल्याउँदा भाजपाका चन्द्र प्रापले २४ हजार ८ सय ७० र कांग्रेसका अरविन्द सिंह २४ हजार ६ सय ७० मत ल्याएका छन्।
अरबिन्द केजरीवाल चुनावको समय त्यहाँ पुगेर रोड शो गरेका थिए। उनको रोड शोमा जम्मा भएको भीडले नै आप भारतीय कांग्रेस र भाजपालाई भारी पर्ने संकेत देखिएको थियो।
आपले यो जितलाई मध्य प्रदेशमा इमानदार राजनीतिको प्रवेश भनेको छ। मुख्यमन्त्री तथा पार्टी प्रमुख अरविन्द केजरीवालले बधाई दिँदै मेहनतका साथ जनताको काम गर्न भनेका छन्।
केजरीवालले देशको हरक कुनामा आपको काम र इमानदार राजनीति मन पराइरहेको अर्को प्रमाण यसलाई ठानेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।