• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ २६, २०८३ Fri, Sep 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ विशेष

अपांगता भएका मानिस कहाँ हिँड्ने?

64x64
ईश्वर बराल शुक्रबार, असार ३१, २०७९  ११:५७
1140x725

काठमाडौं– काठमाडौं गोकर्णेश्वर नगरपालिका–५ का ३९ वर्षीय कृष्ण भण्डारी अपांगताका कारण ‘व्हीलचेयर’ मा हिँड्छन्। दुर्घटनाका कारण दुईवटै खुट्टा गुमाएपछि भण्डारीले ‘व्हीलचेयर’को सहाराले जिन्दगी चलाइरेहका छन्। 

सुरुका दिनमा उनी परिवारको सहयोगले मात्र हिँडडुल गर्न सक्थे। विस्तारै उनले आफ्नो हातको सहाराले ‘व्हीलचेयर’लाई धकेल्दै हिँडडुल गर्न थाले। ‘सुरुमा दिन बडा कठिन थिए। काहीँ हिँड्नु पर्‍यो भने परिवारका सदस्यले ‘व्हीलचेयर’ ठेलीदिन्थे’ भण्डारी भन्छन्, ‘तर, सँधै अरूको भर परेर पनि भएन। विस्तारै आफैं हातको सहाराले ‘व्हीलचेयर’लाई गुडाउन थालेँ।’

घरबाट सडक आइपुग्न जति सजिलो छ, सडकमा यात्रा गर्न त्योभन्दा कयौं गुणा अप्ठ्यारो हुने गरेको भण्डारी बताउँछन्। उनलाई सडक र त्यहाँ भएका खाल्टाखुल्टिले साह्रै हैरान बनाउँछ। 

भण्डारी आफ्नो घरबाट चाबहिल तथा काठमाडौंका मुख्य स्थान आउनलाई दुईवटा बाटा रहेको बताउँछन्। एउटा जोरपाटी–बौद्ध हुँदै चाबहिल निस्किने र अर्को बागमती करिडोर हुँदै मित्रपार्क निस्किने। तर, ती बाटा अपांगता भएका मानिसलाई हिँड्नलाई सहज नहुने बताउँछन् भण्डारी।

‘मैले हिँड्ने यी बाटाहरू यति कुरुप छन् नि हाम्रा लागि, शब्दमा बयान गर्न सकिन्न। जब जब म कामको शिलशिलामा बाटोमा निस्किन्छु तब मलाई मेरो अपांगतालाई लिएर आफैंसँग दिक्दारी लागेर आउँछ’ उनी भन्छन्, ‘गाडीका चाप उत्ति नै छ। त्यसमाथि सडकमा रहेका खाल्टाखुल्टिले यात्रा जोखिमपूर्ण रहन्छ।’

khalda_khuhldi-sadak1657861757.jpg

भण्डारीले भनेजस्तै बागमतीको किनारै किनार गुह्वेश्वरी हुँदै मित्रपार्क निस्किने बाटोमा केही खण्ड कालोपत्रे छ केही ठाउँमा छैन। पानी परेको बेला कालोपत्रे नगरेको सडकमा पानी जम्ने ठूला ठूला खाल्टा रहने गरेका छन्। त्यसमाथि मालबाहक गाडीहरू हिँडेपछि सडक यसैपनि भत्किने,उप्किने गर्दछ। 

यता, चाबहिल–चुच्चेपाटी–बौद्ध–जोरपाटी सडकखण्ड सडक विस्तारको क्रममा लामो समयपछि कालोपत्रे त भएको छ। तर, कालोपत्रे गुणस्तरीय छैन। कालोपत्रे सडकका बीचमा साना–साना खाल्टा, काहीँ कालोपत्रे सडक नै कोल्टे परेको हुनाले आफूहरूलाई ‘व्हीलचेयर’ गुढाएर हिँड्न आप्ठ्यारो हुने बताउँछन् भण्डारी।

Ncell 2
Ncell 2
nimb
nimb

‘यो खोला किनारको बाटो पुरै कालोपत्रे छैन। त्यसमाथि त्यहाँको बाटोमा ठूलाठूला पानी जम्ने खाल्टा छन्। अर्को मुलबाटो कतै एकछेउ भिरालो, कतै साना साना खाल्टा छन्’,  भण्डारी भन्छन्, ‘मेरो त यहीँ घर छ। आर्थिकरुपमा त्यति गाह्रौ छैन। तर, दैनिक ज्याला गरेर खाने मान्छेलाई यी बाटा छिचोलेर गरिखाना बहुत जोखिम छ। यी समस्यामा बोलिदिने कोही छैन।’

अपांगता भएका त्यसमाथि ‘व्हीलचेयर’को सहारामा हिँड्ने, दृष्टिविहीन जो लौरोको सहारामा हिँड्छन् यस्ता बाटामा तिनीहरूको ज्यानै जोखिममा राखेर यात्रा गर्नुपर्ने अवस्था रहेको बताउँछन् भण्डारी।

‘दुई पाङ्ग्रे, चार पाङ्ग्रे गाडीहरूले पेल्छन्। कहिलेकाहीँ बत्तिएर सडकका भित्तामा पुगिन्छ’,  उनी भन्छन्, ‘यो व्यवस्था सपाङ्ग भएका, बल भएकाका लागि मात्र हो। हामीजस्ता शारीरिक रुपमा कमजोर र अपांगता भएका लागि बाँच्न मुस्किल छ।’

Shakya-Teku-disable1657861757.jpg

काठमाडौं महानगरपलिका अन्तर्गत पर्ने लगन टोल टेकु छेउका २९ वर्षीय विष्णु शाक्य दृष्टिविहीन हुन्। उनि सेतो छडीको सहयोगले हिँड्छन्। शंकरदेव कलेजमा स्नातकोत्तर तृतीय सेमेस्टरमा अध्ययन गर्दै गरेका शाक्यलाई काठमाडौंको सडक छिचोलेर आफ्नो गन्तव्य तय गर्न एकदमै कठिन पर्छ। 

उनी अपांगता भएका मानिसको अधिकार संरक्षणमा काम गर्ने गैरसरकारी संस्थाका कर्मचारी पनि हुन्। र, साथै अपांगताको हकहितका लागि पनि सक्रिय छन्। विशेषगरि उनको मुद्दा अपांगता भएका मानिसलाई सडक सुरक्षाको पक्षमा केन्द्रित हुने गरेको बताउँछन्।

‘अपांगता हुनु परिस्थितिजन्य दुर्घटनाबाट हो। उनीहरूको पनि अरू बराबर जिउने अधिकार हुन्छ’, शाक्य भन्छन्, ‘त्यसका लागि राज्यले बनाउने संरचनाहरूमा अपांगता भएका मानिसको जटिलतालाई सम्बोधन गरेर तयार गर्नु पर्छ। हामीले निर्माण गर्ने सामाजिक, भौतिक संरचनाहरू पनि अपांगमैत्री हुन आवश्यक छ।’

शाक्य काठमाडौंका सडकलाई लिएर धेरै आक्रोशित सुनिन्छन्। दृष्टिविहीनलाई सडकको फुटपाथमा बाटो निर्धारण गरिएको हुन्छ। तर, त्यस्ता बाटाहरू पनि आफूहरूको लागि निकै आप्ठ्यारा रहेको उनी बताउँछन्। 

‘कतै हिँड्दा हिँड्दै टुंगिन्छन्। कहिँ हिँड्दै गर्दा दुई पाङ्ग्रेले छेकिदिन्छन्। भौतिक संरचना निर्माणका लागि थुपारेका सामग्रीले बाटाहरू बीचैमा टुङ्याइदिन्छन्’, शाक्य भन्छन्, ‘कतिचोटी त आजै जिन्दगीको अन्तिम दिन हो जस्तो लाग्छ। गाडीको तोडले, मानिसहरूको हुलहुज्जतले हाम्रा बाटा अवरोध गर्दिन्छन्। यसले गर्दा मलाई घर बाहिर हिँड्न सँधै हैरानी महसुस हुन्छ।’

शाक्यले बाटो हिँड्दा सँधै तर्साउने घटना स्मरण गरे। केही समय पहिला उनी कामको शिलशिलामा रामशाहपथबाट सिंहदरबारको पर्खालतिरको बाटौ हुँदै लोकसेवा कार्यालय आउँदै थिए। फुटपाथको बाटो सकेर अलि भिरालो आयो। उनी सचेतताका साथ अघि बढ्दै थिए। आफ्नो अगाडि घ्याच्च गाडी रोकिएको आवाज सुने। उनलाई पछि थाहा भयो उनको अगाडि बस बिसौनी पो रहेछ। 

Anamnagar-bus-station1657864704.jpg

त्यतिबेला गाडीका कर्मचारीले उनलाई नराम्रो शब्द प्रयोग गरेर झपारे। छेउछाउका मान्छेले भाग्यले बाँचेको भनेर सुनाए। ‘बाटोमा बस बिसौनी रहेछ। झण्डै मलाई गाडीले उडाएन। त्यो दिन म बालबालले जेगिएँ’, शाक्य भन्छन्, ‘यस्ता घटना त हाम्रा लागि नियमित हो। तर, ज्यानै जानसक्नेगरि भने कमै हुन्छ। सडक हाम्रा लागि सुरिक्षत छैन। र, यो देशमा सडक सुकिला मुकिला सद्दे मान्छेका लागि मात्र बनेको हो।’

भण्डारी र शाक्य दुई प्रतिनिधि पात्र मात्र हुन्। यो रिर्पोटिङका क्रममा भेटिएका अधिकांश अपांगता भएका मानिसको समस्या एकै किसिमका छन्।

सडकमा अपांगता भएका मानिस हिँड्नु भनेको निरासा र जिन्दगीबाट दिग्दारी हुनु रहेको सुकेधाराकी विजया (उनकै अनुरोधमा थर नराखिएको-सं) बताउँछिन्। उनी स्नातक तहको अन्तिम वर्षकी विद्यार्थी हुन्। उनी सानै हुँदा एउटा खुट्टा धान मिलले पेलिदिएको थियो। केही समय वैशाखीको सहाराले हिँड्ने गरिकी उनी अहिले भने प्लाष्टिकको कृत्रिम खुट्टाका सहाराले हिँड्छिन। तर, प्राकृतिक खुट्टाजस्तो छरितो, सजिलो नहुने उनी बतउँछिन्। 

‘यसै त अपांगता भएको मान्छे। नेपालका कुनै पनि निकाय हामीमैत्री छैनन्’, विजया भन्छिन्, ‘हौसला, सहयोगको आवश्यकता पर्ने हामीलाई सडक हिँड्दा अरूको व्यवहारले निरासा हुनु, दिग्दारी हुनु स्वाभाविक हो। हाम्रा ठाउँबाट तपाईंले नै सोच्नु होस् न।’

राष्ट्रिय अपांग महासंघका अध्यक्ष मित्रलाल शर्मा काठमाडौंका सडक अपांगता भएका मानिसका लगि नभएकोले यो सडक कस्तो छ भनेर छलफल गर्न नै बेकार रहेको बताउँछन्। 

‘काठमाडौं मात्र हैन नपालकै सडकहरू अपांगमैत्री, अपांग भएका मानिसको सहजताका लागि बनेकै हैनन्’, शर्मा भन्छन्, ‘काठमाडौं उपत्यकामा जनसंख्या धेरै छन्। त्यसहिसाबले अपांगता भएका मनिस पनि धेरै छन्। तर, यहाँका सडक यति भद्रगोल छन् कि यहाँ अपांगता भएका मानिसलाई आवगमन गर्न बहुत चुनौती छ।’

‘तपाईंरूले देख्नु भएकै छ। आफैं विचार गर्नुहोस् न यो सडकमा व्हीलचेयरमा हिँड्ने, सेतो छडी टेकेर हिँड्ने मानिस कसरी आवागमन गर्न सक्छन्’, शर्मा थप्छन्, ‘बाटोमा निर्माण सामग्री थुपारेका हुन्छन्। आकाशे पुलमा व्हीलचेयर कसरी चढाउने? यस्ता समस्या पाइला पाइलामा छन्। कसले कतिको दुःख झेल्छ भन्ने मात्र हो।’

अपांगता अधिकार ऐनलाई कार्यान्वयन गर्न सरकार उदासिन भएकाले कानुनले प्रदत्त व्यवस्था पनि सक्रिय नहुने गरेको अध्यक्ष शर्मा बताउँछन्। जसका कारण तुरुन्तै अपांगतामैत्री संरचना निर्माणमा हुनेमा थुप्रै आशंका रहेको शर्माको भनाइ छ। 

यस श्रृंखलाका थप सामग्री :
पैदलयात्रीको लापरबाही : माथि आकाशे पुल, सडकबाटै वारपार
हिँड्न असुरक्षित काठमाडौं उपत्यका: सवारी साधनले फुटपाथ र जेब्राक्रसमै दिन्छन् ठक्कर
पैदलयात्री हिँड्न नपाउने फुटपाथ

प्रकाशित मिति: शुक्रबार, असार ३१, २०७९  ११:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
दशक ७० मा राजनीति : संविधान, नाकाबन्दीदेखि संसद् विघटनसम्म नेपालले राजनीतिक रुपमा यो दशक कसरी पार गर्‍यो? कस्ता उतारचढाबहरू बेहोर्नुपर्‍यो? त्यसको आकलन गर्न सहज हुने गरी नेपाल लाइभले यस दशकका... मंगलबार, चैत २८, २०७९
०८ सालयताका प्रधानन्यायालयको फैसला उतारिरहेका दिनेशराज पन्त अक्षरहरू ‘गुँथिए’ झैँ लाग्ने पुराना नेपाली कागज टेबलमा राखिएका छन्। हत्तपत्त ठम्याउन नसकिने शब्दहरूलाई उनी पावरवाल चस्माको सहारामा ह... बिहीबार, फागुन १८, २०७९
बबई पुल कसका कारण भयो अलपत्र? सर्वोच्च पुग्यो पप्पु, सडक विभाग नयाँ बोलपत्रको हिम्मत नै गर्दैन पप्पु कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको उक्त पुल भासिनुमा सडक विभाग निर्माण कम्पनीलाई दोष दिएर पन्छिँदै आएको छ भने निर्माण कम्पनील... सोमबार, फागुन १५, २०७९
ताजा समाचारसबै
सिभिल सहकारी ठगी प्रकरण : पूर्वसांसद इच्छाराज तामाङलाई अदालतले दियो पाँच वर्ष ६ महिना कैद सजाय बिहीबार, भदौ २५, २०८३
भक्तपुरमा एलपी ग्यास कालोबजारी गर्ने दुई जना पक्राउ बिहीबार, भदौ २५, २०८३
आठौंपटक ३५ टन राहत सामग्री बोकेर नेपाल आइपुग्यो भारतीय वायुसेनाको विमान बिहीबार, भदौ २५, २०८३
भारतसँग १९० परमाणु हतियार, थप ३५ बनाउन सक्ने अनुमान बिहीबार, भदौ २५, २०८३
भदौभित्रै कृष्णभीरमा यातायात सञ्चालन गर्ने गरी काम तीव्र बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध महाभियोगको सूचना संसद् सचिवालयमा दर्ता बिहीबार, भदौ २५, २०८३
राप्रपा संसदीय दलका नेता उद्धव थापासहित ४ सांसद पदमुक्त नहुने बुधबार, भदौ २४, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, यस्ता विषयमा हुँदैछ छलफल बिहीबार, भदौ २५, २०८३
ग्यास उद्योगीलाई पाता फर्काउने मन्त्रीको बोली ‘बढी’ बुधबार, भदौ २४, २०८३
पदभारपछि नवनियुक्त उद्योगमन्त्रीले भने–‘जनताको आवश्यकता जति ग्यास दिनैपर्छ’ बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
क्षणभरमै सत्ता खरानी हुन सक्छ भन्ने जेन्जी विद्रोहको सन्देश नभुलौँ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्