काठमाडौं– ललितपुरस्थित नख्खु कारागारको सुरक्षा जिम्मेवारी पुनः सशस्त्र प्रहरी बलले लिएको छ। यसअघि पनि कारागारको सुरक्षा जिम्मेवारी सशस्त्र प्रहरीले गर्दै आएकोमा दुई वर्षअघि नेपाली सेनाले कारागारको सुरक्षा जिम्मा लिएको थियो।
नेपालमा कोरोना संक्रमण (कोभिड–१९) को स्थिति भयावह देखिन थालेपछि भने नख्खुलगायतका कारागारको सुरक्षा नेपाली सेनाले गरेको थियो।
कोरोना संक्रमण न्यूनीकरण तथा लकडाउन कार्यान्वयन गराउन सशस्त्र प्रहरी फिल्डमा खटिनुपर्ने भएकाले दुई वर्षअघि कारागारको जिम्मा सेनालाई दिइएको थियो।
पछिल्लो दुई वर्षदेखि सेनाले सुरक्षा गर्दै आएको थियो। गत स्थानीय निवार्चनअघि नै नख्खुलगायत कारागारको सुरक्षा जिम्मा पुन सशस्त्रलाई हस्तारण गर्न लागिए पनि चुनावका कारण त्यतिबेला हस्तान्तरण हुन पाएको थिएन।
अहिले भने सशस्त्रले नख्खुलगायत कारागारको सुरक्षा जिम्मेवारी सम्हालिसकेको सशस्त्र प्रहरी बलका प्रवक्ता तथा डीआईजी विदुर खड्काले जानकारी दिए।
मन्त्रीस्तरीय निर्णयबाट पुनः सशस्त्रलाई कारागारको सुरक्षा गर्न आदेश आएपछि पठाइएको उनले बताए। नख्खु कारागारमा डीएसपीको कमाण्डमा सशस्त्रले टोली पठाएको तथा डीआईजी विदुर खड्काले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।