काठमाडौं– थाइल्याण्ड भ्रमणमा रहेको नेपालको 'ए' डिभिजन क्लब न्यूरोड टिम (एनआरटी) ले आज बुधबार तेस्रो मैत्रीपूर्ण खेल खेल्दैछ ।
प्रि-सिजनको तयारीका लागि थाइल्याण्ड पुगेको एनआरटीले बुधबार थाइल्याण्डको तेस्रो डिभिजनको क्लब थोनबुरी एफसीसँग प्रतिस्पर्धा खेल्ने तय भएको छ। खेल नेपाली समय अनुसार दिउँसो २:४५ बजे सुरु हुनेछ।
एनआरटीले यसअघि शीर्ष डिभिजनको क्लब चोनबुरी एफसी र तेस्रो डिभिजनको कासेम बन्डित युनिभर्सिटी एफसीसँग मैत्रीपूर्ण खेलेको थियो। एनआरटी चोनबुरीसँग ९-० र कासेमसँग ५-२ गोल अन्तरले पराजित भएको थियो।
थाइल्याण्ड जानुअघि एनआरटीले मलेसियामा टुवान याङ टेरुतमा (टीवाईटी) कप फुटबल प्रतियोगिता खेलेको थियो। उक्त प्रतियोगिताका दुवै खेलमा पनि एनआरटी पराजित भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।