१. संवैधानिक परिषद्सम्बन्धी विधेयकको कांग्रेसभित्रै विरोध, तुरून्त फिर्ता लिनुपर्ने शेखर कोइरालाको माग, तत्कालीन प्रधानमन्त्री ओलीको पालामा गलत भएको कुरा देउवाको पालामा पनि गलत हुने महामन्त्रीद्वयको भनाइ। (कांग्रेसभित्रै विरोध)
२. सरकार सरले चलाउनु हुन्छ कि मेडमले भन्दै एमाले अध्यक्ष ओलीले गरे प्रधानमन्त्रीपत्नी आरजुमाथि व्यंग्य, गठबन्धन मरिसकेकाले अब पनि बोकेर हिँडे समाजमा हैजा फैलने टिप्पणी । (ओलीको व्यंग्य)
३. चालु आर्थिक वर्षको ११ महिनामा समग्र मूल्यवृद्धि ८.५६ प्रतिशत, काठमाडौंमा झण्डै तीन गुणाले बढ्यो, ११ महिनामा भित्रियो ९ खर्ब बढी रेमिट्यान्स । (मूल्यवृद्धि ८.५६ प्रतिशत)
४. श्रीलंकामा राष्ट्रपति र प्रधानमन्त्रीले राजीनामा नदिए कब्जा गरिएको घरबाट ननिस्किने प्रदर्शनकारीको अडान, आन्दोलनकारीको दबाबपछि राजीनामा दिने तयारीमा राष्ट्रपति गोटाबाय राजापाक्ष । (श्रीलंकामा प्रदर्शनकारीको अडान)
५. र, क्रिस्टियानो रोनाल्डो नयाँ सिजनका लागि ‘आफ्नो योजनामा’ रहेको र ‘बिक्रीको लागि नभएको’ म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ह्यागको प्रतिक्रिया, पारिवारिक कारण थाइल्याण्डको प्रि–सिजन टुरमा नभएको उल्लेख । (म्यानचेस्टरका प्रशिक्षक ह्यागको प्रतिक्रिया)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।