संयुक्त राष्ट्रसंघ–आगामी नोभेम्बर १५ सम्ममा विश्वको जनसंख्या आठ अर्ब पुग्ने प्रक्षेपण गरिएको छ।
संयुक्त राष्ट्रसंघका अधिकारीले सोमबार विश्व जनसंख्या दिवसका अवसरमा दिएको जानकारी अनुसार सन् २०२३ मा भारतले चीनलाई सबैभन्दा बढी जनसंख्या भएको मुलुकको रूपमा उछिन्ने प्रक्षेपण पनि गरिएको छ ।
उक्त अवसरमा राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेर्रेसले भने, ‘पृथ्वीको हेरचाह गर्ने हाम्रो साझा जिम्मेवारी हो। यो हामी अझै पनि एक अर्काप्रति प्रतिबद्धताहरू पूरा गर्न चुकेका छौं भन्ने कुरा मनन गर्ने क्षण हो।'
‘वर्ल्ड पपुलेसन प्रस्पेक्ट्स २०२२’ अनुसार सन् १९५० देखि अहिलेसम्म आइपुग्दा जनसङ्ख्या वृद्धि दरमा सुस्तता आएको छ। सन् २०२० मा यो दर एक प्रतिशतभन्दा कम भएको थियो। विश्वको जनसङ्ख्या सन् २०३० मा लगभग आठ अर्ब ५० करोड, सन् २०५० मा नौ अर्ब ७० करोड र सन् २०८० को दशकमा करिब १० अर्ब ४० करोड पुग्ने अनुमान वल्र्ड पपुलेसन प्रस्पेक्ट्स २०२२ ले गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।