कोलम्बो–श्रीलंकाका सहरी विकास तथा आवासमन्त्री प्रसन्न रणतुंगाले श्रीलंकामा नयाँ राष्ट्रपतिको चयन जुलाई २० मा हुने बताएका छन्।
रणतुंगाले जुलाई १३ गतेमा राष्ट्रपति गोटाबाया राजापाक्षेले राजीनामा दिएमा पार्टीका नेताहरूले जुलाई २० मा नयाँ राष्ट्रपति चयन गर्ने निर्णय गरेको बताएका छन्। पार्टीले निर्णय गरेबमोजिम १३ जुलाईमा राष्ट्रपतिले राजीनामा दिएमा प्रक्रिया त्यसअनुरुप अगाडि बढ्ने उनले बताएका छन्।
शनिबार राष्ट्रपति भवनमा हजारौं मानिसहरू पसेपछि यहाँको राजनीतिक घटनाक्रम नयाँ ढंगले विकास भएको हो। तीव्र विरोध र प्रदर्शनका बीच प्रधानमन्त्री रनिल विक्रमासिंघेले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । राष्ट्रपति र प्रधानमन्त्रीको निवास कब्जामा लिएका आन्दोलनकारीले भने देशको बिग्रँदै गएको आर्थिक अवस्थाले तनाव बढाएको र राजनीतिक नेतृत्व त्यसका निम्ति जिम्मेवार रहेको बताएका छन्।
पछिल्ला केही हप्ताहरूमा इन्धन पसलहरूमा सर्वसाधारण र प्रहरीबीच भिडन्तका समाचार पनि सार्वजनिक भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।