काठमाडौं–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाली मूलका बेल्जियन नागरिक अवैध युरोसहित पक्राउ परेका छन्।
कतार एयरवेजको उडानद्वारा काठमाडौंबाट दोहा हुँदै बेल्जियम जान लागेका नेपाली मूलका सतमान पुन ८ हजार २३० युरोसहित पक्राउ परेका हुन्।
उनले साथमा लिएको खैरो रंगको जेन्स साइड ब्याग चेकजाँच गर्ने क्रममा उक्त रकम अवैध रुपमा लुकाईछिपाई लैजान लागेको अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ। पुनलाई आवश्यक अनुसन्धान एवं कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोकमा बुझाइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।