काठमाडौ– सशस्त्र प्रहरी निरीक्षकबाट नायव उपरीक्षक (डीएसपी)मा बढुवा भएकाहरुलाई सामेबार दर्ज्यानी चिह्न प्रदान गरिएको छ। सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकमा बढुवा भएका ५७ जना डीएसपीलाई दर्ज्यानी चिह्न प्रदान गरे।
महानिरीक्षक अर्यालले बढुवा भएका अधिकृतहरुलाई बधाई दिँदै कार्य सफलताको शुभकामना व्यक्त गरे। उनले व्यवसायिक जीवनमा पदोन्नति बृत्ति विकासको महत्वपूर्ण पाटो रहेको चर्चा गर्दै संगठनमा खाली रहेका सबै पदहरुमा तत्कालै बढुवा गर्ने गरी काम गरिएको बताए।
खाली पदहरु सीमित रहँदा सबैले एकैपटक पदोन्नति प्राप्त गर्न नसके पनि लामो समयसम्म एउटै पदमा रहेर कार्य गरिरहेका अधिकृतहरुको बृत्ति विकासका लागि कार्यसम्पादन मूल्यांकन प्रणालीलाई वस्तुपरक र बैज्ञानिक बनाउँदै लगिने महानिरीक्षक अर्यालको भनाइ छ।
संगठन व्यवस्थापन तथा सर्वेक्षण वा विशेष पद सिर्जना गर्नेतर्फ समेत पहल भइरहेको उनको भनाइ थियो। बढुवा भएका अधिकृतहरुलाई पूर्ण व्यवसायक भएर काम गर्न समेत उनले निर्देशन दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।