• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

आफ्नो भूगोल, कथा र पात्र खोज्दै जाँदा फिल्म बनाउन जुम्ला पुगेँः दिनेश राउत [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ बिहीबार, असार ३०, २०७९  ०७:०९
1140x725

आगामी भदौ १० बाट चलचित्र ‘प्रकाश’ प्रदर्शनमा आउँदै छ। ‘आईएम सरी’ बाट निर्देशनमा डेब्यु गरेका दिनेश राउत नै यो फिल्मका निर्देशक हुन्। उनले पछिल्लो समय यर्थाथपरक फिल्म निर्देशन गरिरहेका छन्। राउतकै निर्देशनमा बनेर सन् २०१८ मा प्रदर्शनमा आएको ‘प्रसाद’ले बहस नै सिर्जना गरेको थियो। प्रदर्शनको संघारमा रहेको ‘प्रकाश’लाई लिएर पनि राउत उत्साहित छन्। यो फिल्ममा उनले प्रायः प्रेम केन्द्रित फिल्ममा अभिनय गर्ने प्रदीप खड्कालाई फरक अवतारमा प्रस्तुत गरेका छन्। निर्देशक राउतसँग फिल्म ‘प्रकाश’को सेरोफेरोमा रहेर नेपाल लाइभका लागि युवराज भट्टराईले गरेको संवाद:

‘प्रकाश’ प्रदर्शनको संघारमा छ, कस्तो अपेक्षा गर्नुभएको छ?
एक हदसम्म मैले फिल्मलाई लिएर राम्रै अपेक्षा गरेको छु। प्रचार सामग्री आएपछि फिल्मको पोस्टर, लुक्स, कलाकारको चरित्र, मुख्य कलाकारदेखि चरित्र केन्द्रित भएर गरिएको कामलाई लिएर पाएको सकरात्मक प्रतिक्रियाले पनि उत्साहित छु। यो किसिमको फिल्म पनि व्यवसायिक हिसाबमा सफल हुन सक्छ भन्ने अपेक्षा गरेको छु। 

‘प्रकाश’को टिजर तथा पोस्टरबाट यो अन्य फिल्मभन्दा फरक भएको अनुमान गर्न सकिन्छ। यसो गर्दा हलमा नचल्ने जोखिम हुँदैन? 
हाम्रोमा मुख्य समस्या नै यही हो। केलाई व्यावसायिक फिल्म भन्ने र केलाई नभन्ने? फिल्मलाई हलमा प्रदर्शन गरेपछि त्यो त व्यापारिक भइगयो। तर, हामीले गाउँको कथालाई उठाउँदा वा यथार्थवादी भएर कथा भन्न खोज्दा ‘अर्को धारको फिल्म भयो’ वा ‘कमर्सियल भएन’ भनेको सुनिन्छ। म यो कुरामा समर्थन गर्दिनँ। यो फिल्म पनि कमर्सियल नै हो। यसको कथा जुम्लाको होला, पात्र त्यहाँको होला, प्रस्तुतीकरण फरक ढंगको होला। तर, फिल्म कमर्सियल होइन भन्न मिल्दैन।

दर्शकको स्वाद कस्तो छ भन्ने कुरा हामी फिल्मकर्मीहरूले सोच्ने हो। दर्शकले जुन हिसाबको फिल्म रुचाइरहेका छन्, त्यही रुपमा हामी जानुपर्छ वा त्यसरी नै गएमा मात्रै जोखिम हुन्न भन्ने कुरा मलाई असहज राख्छ। दर्शकको स्वादअनुसार मात्र गरिन्थ्यो भने यो फिल्म नै बन्दैन थियो होला। दर्शकको स्वादभन्दा फरक किसिमको फिल्म बनाएर दर्शकलाई यसको बानी पारेर हाम्रो आफ्नो कथा भन्नुपर्छ भन्ने लागेर ‘प्रकाश’ बनाइएको हो। 

हामी विशेष गरी बलिउड प्रभावित भएर त्यस किसिमका फिल्म खोजिरहेका छौँ र त्यस्ता फिल्मलाई हाम्रो मानिरहेका छौँ। तर, हाम्रो कथा त्यो होइन। हाम्रो आफ्नो फिल्मको परिचय खोज्दा ‘प्रकाश’जस्ता फिल्महरु बनेका हुन्। यस्ता फिल्मलाई मूलधारको बनाउनु पर्छ र यसलाई कमर्सियल रुपमा पनि सफल बनाउनुपर्छ भन्ने मेरो मान्यता हो।
 
‘प्रकाश’मा नेपाली फिल्ममा सामान्यता नदेखिएको वा नदेखाइएको पश्चिम भेगलाई समेटिएको छ। तपाईं आफ्नो कथा भन्न किन पश्चिमतर्फ जानुभयो? 
हामीले आफ्नो फिल्म बनाउन खोज्दा, आफ्नो भूगोलमा, आफ्नो कथामा, आफ्नो पात्र लिन खोज्दा पश्चिम पुगिएको हो। त्यो क्षेत्रमा पुग्नुको पछाडि केही न केही कारण त अवश्य छ, जुन फिल्ममा पनि देखिने छ। हामीले निम्न वर्गीय पात्रलाई लिएर काम गरिरहँदा त्यहाँ भूगोलको हिसाबले पनि कति कठिन छ, त्यहाँको समस्या कस्तो छ? भन्ने कुराहरुले भूमिका खेलेको छ। तर, नेपालका अन्य ठाउँमा पनि गरिबीका कारण जीवनयापनमा कठिनाइ छ। ‘प्रकाश’का लागि पश्चिमकै भूगोल छान्नुमा त्यहाँको कष्टकर जीवन संघर्षसँगै अन्य विषय पनि छन्, जुन फिल्ममा देखिनेछ। 

प्रदीप खड्का एक किसिमको भूमिकामा देखिएका कलाकार थिए। अर्कातिर, फरक भूगोलमा पुर्‍याउनुभयो। कलाकारलाई फरक भूमिका र भूगोलमा काम गराउँदाको अनुभव कस्तो रह्यो? 
प्रदीपले गरिरहेको काम र विधा झट्ट हेर्दा र जुन किसिमको फिल्ममा उनले सफलता पाएका छन्, त्यो आधारमा उनले यस्तै फिल्म गर्नुपर्छ भन्ने बुझाइ आम मान्छेमा होला। तर, प्रदीपसँग काम गर्दा उनलाई फरक काम गर्नुपर्छ भन्ने हुटहुटी भएको पाएको छु। मेरो मात्रै सोच भएको र प्रदीपमा यस्तो काम गर्ने सोच नभएको भए ‘प्रकाश’ जस्तो फिल्म र भूमिकामा उनी तयार नै हुँदैन थिए होलान्। उनको रुची र पात्रकेन्द्रित काम गरेर राम्रो कलाकारको रुपमा स्थापित हुनपर्छ भन्ने बुझाइ भएकाले नै काम गरिएको हो। 

जुम्लाको भूगोलमा ४२ दिनसम्म छायांकन गरेर काम गर्दाको कठिनाइ त थुप्रै थिए। त्यहाँ हामीलाई बस्नका लागि होटेलसमेत थिएन। हामीले स्थानीयको घरमा बास मागेर बसेका थियौं। बासस्थानदेखि प्राविधिक कुराहरुमा निकै कठिनाइ थियो। 

‘प्रकाश’ कस्ता दर्शकका लागि बनेको फिल्म हो?
‘प्रकाश’ फिल्म हेर्ने सम्पूर्ण दर्शकले हेर्ने फिल्म हो। यो वर्गले हेर्नुपर्छ वा यो वर्ग केन्द्रित भएर फिल्म बनाएको भन्ने नभएर फिल्म हेर्न रुचाउने सम्पूर्णले हेर्न मिल्छ।

Ncell 2
Ncell 2
nimb
nimb

नोभेम्बर रेनबाट प्रकाशसम्म आइपुग्दा तपाईंले निर्देशन गर्ने फिल्मको प्रस्तुति शैली परिवर्तन भएका छन्। विधाका रुपमा पनि तपाईंको काम फेरिएको छ। बढी यथार्थपरक फिल्ममा केन्द्रित हुनु भएको छ। किन यसरी बद्लिनुभयो?
त्यसरी भन्नुभन्दा पनि म अहिले आफूलाई अलि परिपक्व भएको महसुस गरेको छु। सिनेमा बुझ्दै जाँदा सिक्दै गइयो, धेरै कुरा थाहा पाइयो। फिल्म भनेको एउटा सोचमा बन्ने कुरा हो। सोचमा परिवर्तन आउँदा काममा पनि परिवर्तन देखियो। काम गर्दै जाँदा आउने परिपक्वता त छँदै छ। त्यो हिसाबमा मैले गरिहेको काम परिवर्तन भएको हो जस्तो लाग्छ। बुझाइअनुसार परिपक्वता आउँदा काममा पनि बढी जिम्मेवार देखिएको छु जस्तो लाग्छ।

सुरुवाती समयमा मैले गरेका फिल्महरु हेर्दा किन बनाएँ भन्ने त लाग्दैन। तर, ती फिल्म गर्दा आफूले ती विधामा पनि कत्तिको जिम्मेवार भएर काम गरेँ, कति न्यायपूर्ण रुपमा प्रस्तुत भएँ भन्ने कुरा सोच्छु। ती फिल्ममा अहिलेको बुझाइ अनुसार काम भएको भए थप राम्रो हुन्थ्यो भन्ने लाग्छ। 

यो वर्ष प्रदर्शनमा आइरहेका फिल्महरू सबै फरक खालका छन्। यसले फिल्म बनाउने शैली फेरिँदै गएको बुझिन्छ। के अब यथार्थपरक फिल्मको संख्या वृद्धि भएको हो?
अहिले एकसाथ यी फिल्महरू आउनु एउटा संयोग हो। कोरोना महामारीका कारण फिल्महरू लामो समयसम्म बन्न पाएनन्। त्यसअघि बनेका फिल्म र कोरोनापछि बनेका फिल्म एकसाथ प्रदर्शनमा आउँदा हामीलाई फरक किसिमका फिल्म धेरै बनेका हुन् कि जस्तो लागेको हो। तर, विगतका वर्षहरुमा पनि यस्ता फिल्म दुई/तीन वटाको संख्यामा बनिरहेका थिए।

तर, व्यापारिक सफलता हासिल नभएसम्म दर्शकमाझ स्थापित हुन सकिँदैन। यस्ता फिल्महरुले पनि व्यापारिक सफलता हासिल गरे मात्रै यी विधा र यस्तो प्रस्तुतिका फिल्महरु स्थापित हुन्छन्। फिल्मकर्मीहरुको व्यक्तिगत कोसिस हो यो। तर, यो कोसिसले निरन्तरता पाउनका लागि फिल्मको व्यापारले महत्त्व राख्छ। त्यसैले, फिल्मको व्यापारिक सफलता भए मात्रै हामीले यस्ता फिल्म स्थापित भएका छन् भन्ने सकिएला। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

नेपालमा फिल्महरु दर्शकबाट निर्देशित भएर बनिरहेका हुन्छन्। अधिकांश फिल्मकर्मीले आफूले कस्तो बनाउने भन्दा पनि बजारमा कस्तो चलिरहेको छ भन्ने विषय ध्यानमा राखेर फिल्म बनाइरहेका हुन्छन्। त्यसैको परिणाम हामीले देखिरहेको हो। तर, आफूले गरेको काममा आत्मविश्वास भए बजारमा चलेका फिल्मतर्फ दौडनु पर्दैन, फरक गर्न सकिन्छ।

प्रकाशित मिति: बिहीबार, असार ३०, २०७९  ०७:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेन सरकारका सात दिनका उपलब्धि : ६११ नियुक्ति, ७१४ कर्मचारीमाथि कारबाहीको निर्देशन
गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित
बीपी र नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसका ३०–३० सिट थप
सम्बन्धित सामग्री
दसैंमा कलाकारको व्यस्त तालिका : कोही गाउँतिर, कोही हलतिर आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएर पूर्णिमासम्म मनाइने यस पर्वले असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको सन्देश दिन्छ । बिहीबार, असोज २९, २०८३
‘सारथी’ को प्रोमो सार्वजनिक अभिनेत्री निरुता सिंहलाई फरक र गम्भीर अवतारमा प्रस्तुत गर्दै सिनेमा ‘सारथी’ को प्रोमो सार्वजनिक गरिएको छ । किम्भे प्रोडक्सनको आधिकार... मंगलबार, असोज २७, २०८३
विजय बराल भन्छन्– पाटेकरलाई एकपटक भेट्ने चाहना पूरा हुन पाएन अभिनेता नाना पाटेकरको निधनको खबर सुनेपछि नेपाली अभिनेता विजय बरालले आफू स्तब्ध भएको बताएका छन्। बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
बालेन सरकारका सात दिनका उपलब्धि : ६११ नियुक्ति, ७१४ कर्मचारीमाथि कारबाहीको निर्देशन शुक्रबार, असोज ३०, २०८३
गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित शुक्रबार, असोज ३०, २०८३
बीपी र नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसका ३०–३० सिट थप शुक्रबार, असोज ३०, २०८३
सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना: चालकको मृत्यु, दुई जना घाइते शुक्रबार, असोज ३०, २०८३
खुर्कोटमा बस १० मिटर तल खस्यो, ९ जना घाइते शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्