काठमाडौं– चालु आर्थिक वर्ष २०७८/०७९ को ११ महिना (साउनदेखि जेठ मसान्तसम्म)को अवधिमा वैदेशिक मुद्राको सञ्चिति १५.९ प्रतिशतले घटेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार २०७९ जेठ मसान्तसम्म वैदेशिक विनिमय सञ्चिति ११ खर्ब ७६ अर्ब ८४ करोड रुपैयाँमा खुम्चिएको छ।
२०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २०७९ जेठ मसान्तमा आउँदा ११ खर्ब ७६ अर्ब ८४ करोड रुपैयाँ कायम भएको हो।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७९ जेठ मसान्तमा १९.६ प्रतिशतले कमी आइ ९ अर्ब ४५ करोड कायम भएको छ। कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा रु.१२ खर्ब ४४ अर्ब ६३ करोड रुपैयाँ रहेकोमा २०७९ जेठ मसान्तमा १७.१ प्रतिशतले कमी आई १० खर्ब ३१ अर्ब ८९ करोड कायम भएको छ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा एक अर्ब ५४ अर्ब ३९ करोड रुपैयाँ रहेकोमा २०७९ जेठ मसान्तमा ६.१ प्रतिशतले कमी आई एक खर्ब ४४ अर्ब ९५ करोड रुपैयाँ कायम भएको छ। २०७९ जेठ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २५.० प्रतिशत रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।