काठमाडौं- हरेक वर्ष ११ जुलाईलाई विश्व जनसंख्या दिवसको रुपमा मनाइने गरिएको छ। यो सिलसिला सन् १९९०देखि चलिरहेको छ। १९८९ मा युनाइटेड नेशन्स डेभलपमेन्ट प्रोग्रामको गवर्निङ काउन्सिलले ११ जुलाईलाई विश्व जनसंख्या दिवसको रुपमा मनाउने निर्णय गर्यो। यस पछि १९९० मा विश्वमा पहिलो पटक 'विश्व जनसंख्या दिवस' मनाइएको थियो।
१९८७ को ११ जुलाईमा विश्वको जनसंख्या ५ अर्ब पुगेको थियो। यस्तोमा बढ्दो जनसंख्यासँग जोडिएको मुद्दा र पर्यावरण, विकास माथि यसको असरलाई लिएर विश्वभरका मानिसलाई जागरूक गर्नु पर्ने महसुस गरिएको थियो। यसलाई ध्यानमा राखेर संयुक्त राष्ट्र संघले विश्व पर्यावरण दिवस मनाउन सुरु गरेको थियो।
संयुक्त राष्ट्र संघीय जनसंख्या परिषद्ले विश्व जनसंख्या दिवसलाई मानवीय प्रगतिको उत्सको रुपमा मनाउनु पर्ने जनाएको छ।
विश्व जनसंख्या कोषको आँकडा अनुसार विश्वको कुल जनसंख्या अहिले करिब ७ अर्ब ९५ करोड ४० लाख रहेको छ।
जसमध्ये ६५ प्रतिशत १५ देखि ६४ वर्ष उमेर समूहको रहेको छ। ६५ वर्ष भन्दा माथिको उमेर समूहको १० प्रतिशत र १४ वर्ष भन्दा कम उमेरका २५ प्रतिशत हिस्सेदारी रहेको छ। युएनएफपीएका अनुसार आगामी केही महिनामा विश्वको जसंख्या ८ अर्ब पुग्न सक्छ।
विश्वको जनसंख्या १ अर्ब हुन लाखौं वर्ष लागेको थियो तर १ अर्बबाट ७ अर्ब पुग्न करिब २ सय वर्ष लागेको छ।

सन् २०११ मा विश्वको जनसंख्या ७ अर्ब थियो जबकी २०२१ मा यो संख्या बढेर ७.९ अर्ब भएको छ। संयुक्त राष्ट्र संघका अनुसार सन् २०३० सम्म विश्वको जनसंख्या ८.५ अर्ब, २०५० सम्ममा ९.७ र सन् २१०० सम्म १०.९ अर्ब पुग्न सक्ने छ।
संयुक्त राष्ट्र संघका अनुसार जनसंख्या वृद्धिको पछाडि प्रजननको उमेरसम्म जीवित रहने मानिसको बढ्दो संख्या, प्रजनन दरमा आएको बदलाव, शहरीकरण र बसाइसराई जस्ता कारण छन्।
पछिल्लो केही दशरकमा प्रजनन दर र मानिसको जीवन प्रत्याशामा भारी बदलाव देख्न सकिन्छ। १९७० को दशको सुरुआतमा महिलाको औसत ४.५ बच्चा थिए।
जो २०१५ सम्म प्रजनन क्षमता प्रति महिला २.५ बच्चा भन्दा कम भएको छ। त्यस्तै विश्वकमा सरदर आयु १९९० को दशकको सुरुआतमा ६४.६ वर्ष थियो जुन २०१९ मा बढेर ७२.६ वर्ष भएको छ।
त्यस्तै २००७ पहिलो वर्ष थियो जतिबेलाबाट ग्रामीण क्षेत्रको तुलनामा शहरी क्षेत्रमा धेरै मानिस बस्न थाले। एक अनुमानका अनुसार २०५० सम्म विश्वका करिब ६६ प्रतिशत मानिस शहरमा हुनेछन्।

वर्ल्ड पपुलेशन प्रोस्पेक्ट्स, २०१९ का अनुसार विश्वको कुल आबादीको ६० प्रतिशत भन्दा बढी हिस्सेदारी एशियाको छ। चीन र भारत विश्वको सबैभन्दा धेरै जनसंख्या भएको देश हो।
२०२७ को आसपास जनसंख्यामा भारतले चीनलाई पछाडि पार्दै विश्वको सबैभन्दा धेरै जनसंख्या भएको देश बन्ने अनुमान गरिएको छ। युएनएफएका अनुसार यतिबेला चीनको जनसंख्या करिब १ अर्ब ४४ करोड छ भने भारतको जनसंख्या १ अर्ब ४० करोड आसपास छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।