• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

श्रीलंका संकट : अब के हुन्छ? 

एम. मणिकन्दन/बीबीसी सोमबार, असार २७, २०७९  १०:३०
1140x725

तामिलनाडु–श्रीलंकाको इतिहासमै पहिलो पटक यस्तो भयो, जब सरकारविरुद्ध प्रदर्शन गरिरहेका मानिसहरु राष्ट्रपति भवन र प्रधानमन्त्रीको निजी आवासभित्र छिरेर दुवै भवनलाई आफ्नो नियन्त्रणमा लिए।

राष्ट्रपति गोटाबाया राजपाक्षेले शनिबार दिउँसो प्रदर्शनकारीहरु प्रवेश गर्नुअगावै राष्ट्रपतिनिवास छाडेका थिए। उनी हाल कहाँ छन् भन्ने कुराको स्पष्ट जानकारी अहिलेसम्म छैन।

जब प्रदर्शनकारीहरु प्रधानमन्त्रीको निजी आवासमा प्रवेश गरे, त्यहाँ पनि कोही पनि थिएनन्।

राष्ट्रपति भवनमा अहिले पनि प्रदर्शनकारीहरु छन्। जसका कारण त्यहाँबाट कुनै पनि आधिकारिक काम हुन सकेका छैनन्। त्यसबाहेक प्रधानमन्त्री रनिल विक्रमसिंघेले पनि शनिबार आफू राजीनामा दिन तयार रहेको घोषणा गरेका छन्।

यस्तोमा अब देशको नेतृत्वको विषयलाई लिएर प्रश्न पैदा भएको छ। यो विषयमा कैयौं किसिमका अनुमान लगाइएका छन्, जसमध्ये एक देशको नेतृत्व कसको हातमा हुन्छ भन्ने पनि छ।

श्रीलंकाको राजनीतिक भविष्य कस्तो हुन्छ भन्ने कुरा गम्भीर प्रश्न बनेको छ। देश ऐतिहासिक आर्थिक संकटबाट गुज्रिरहेका बेला उक्त प्रश्न थप मुख्य बनेको छ। मानिसलाई खानेपिउनेकै समस्या भइरहेको छ। इन्धन उपलब्ध छैन। झन् विकराल रुपमा औषधि पनि उपलब्ध छैनन्।

के गर्लान् गोटाबाया राजपाक्षे?
गोटाबाया राजपाक्षे हाल आफ्नो सरकारी आवासमा छैनन्। उनको कार्यालयमा पनि प्रदर्शनकारीहरुले कब्जा गरेका छन्। यहीकारण राष्ट्रपति कुनै पनि किसिमका आधिकारिक काम गर्न असमर्थ रहेका छन्। श्रीलंकाको राजनीतिलाई निकै नजिकबाट बुझेका राजनीतिक विश्लेषक निक्सन भन्छन्, ‘अब उनीसँग एक मात्र विकल्प बाँकी छ, त्यो हो उनले राजीनामा दिनु ।’

गोटाबायाले राजीनामा दिएपछि के हुन्छ?
श्रीलंकाको संविधानअनुसार राष्ट्रपतिले राजीनामा दिएमा प्रधानमन्त्रीले अन्तरिम राष्ट्रपतिको रुपमा कार्यभार सम्हाल्न सक्छन्। तर, उनको नियुक्तिलाई समर्थन गर्न एक महिनाभित्रमै संसदको बैठक बस्न अनिवार्य हुन्छ। त्यसो नभएमा उनी पदमा बसिरहन पाउँदैनन्।

Ncell 2
Ncell 2
nimb
nimb

के रनिल विक्रमसिंघेलाई संसदले समर्थन गर्नेछ?
विश्लेषक निक्सनका अनुसार यस्तो हुनेमा कुनै आशाका संकेत छैनन्।

उनी भन्छन्, ‘संसदमा उनी आफ्नो पार्टीका एक मात्र सदस्य हुन्। विपक्षी पार्टी उनको विरुद्धमा छन्। विपक्षी दलको नेतृत्व सजिथ प्रेमदासाले गरिरहेका छन्। उनले दाबी गरेअनुसार २२५ सांसदहरुमध्ये उनलाई ११३ जनाको समर्थन छ।’

रनिल विक्रमसिंघे राष्ट्रपति नबने के होला?
श्रीलंकाको संविधानअनुसार प्रधानमन्त्रीपछि सभामुखलाई राष्ट्रपति बनाउने घोषणा गर्न सकिन्छ ।

हाल महिन्द्रा यप्पा अभयवद्र्धना सभामुखका रुपमा रहेका छन्। उनी गोटाबायाकै दलबाट हुन्। यस्तोमा उनलाई विपक्षी दलका नेताहरुले समर्थन गर्ने आशा निकै धुमिल हुन्छ।

Xtrem

Xtrem

त्यसो त संविधानअनुसार सभामुखपछि सर्वोच्च अदालतका प्रधानन्यायाधीश पनि राष्ट्रपति बन्न सक्छन्। तर, यसका लागि पनि संसदले प्रस्ताव पारित गर्नुपर्ने हुन्छ। यस्तोमा विपक्षी दलको सहयोग पाउनु पनि निकै आवश्यक हुन्छ।

विपक्षको योजना के छ? 
सजिथ प्रेमदासाको पार्टी समागी जन बालावेजया (एसजेपी) र जनता भिमुक्ती पेरामुना (जेविपी)ले संयुक्त रुपमा विज्ञप्ति निकाल्दै आफूहरुले सरकार बनाउन सक्ने बताएका छन्।

आफूहरुलाई ११३ सांसदको समर्थन रहेको उनीहरुको दाबी छ। उनको माग पनि राष्ट्रपति र प्रधानमन्त्री दुवैले आफ्नो आफ्नो पदबाट राजीनामा दिनुपर्ने नै रहेको छ।

गोटाबायाले राजीनामा नदिए के हुन्छ? 
विश्लेषक निक्सन भन्छन्, ‘यस्तो अवस्थामा राजनीतिक संकट थप बढ्नेछ। तर, उनले आफ्नो पद छोड्नन नमाने केही गर्न सकिँदैंन। अर्को समस्या उनी राष्ट्रपति पदमा रहेर पनि केही काम गर्न सक्दैनन्, किनकी उनको कार्यालयमा प्रदर्शनकारीहरुले कब्जा गरेका छन्।’

निक्सन सत्तामा बस्नकै लागि सेनाको सहयोग लिनसक्ने सम्भावना पनि रहेको कुरालाई नकार्दैनन्।

यो कुरा पूर्ण रुपमा विपक्षी दलहरुको हातमा छ। विपक्षी दलले पहिले बोलाएका सबै सर्वदलीय बैठकमा भाग लिएका छैनन्। तर, उनीहरु आफ्नो नेतृत्वमा सरकार गठन हुनुपर्ने कुरालाई लिएर निकै गम्भीर बनेका छन्।

के चुनावको घोषणाको सम्भावना छ?
हाललाई यस्तो कुनै पनि सम्भावना देखिएको छैन।

वास्तवमा श्रीलंका पहिलेबाट नै आर्थिक संकटको सामना गर्दै आएको छ। सरकारसँग चुनाव गर्नका लागि आवश्यक पैसा पनि छैन्। यस्तो अवस्थामा चुनाव हुनसक्ने सम्भावना छैन्।

राष्ट्रपति परिवर्तनसँगै आर्थिक संकटको समाधान निस्किन्छ?

हाललाई सरकारसँग आवश्यक सेवा र सुविधाहरु उपलब्ध गराउनका लागि पनि पैसा छैन। अस्पतालमा औषधि छैन। इन्धनको कमि छ। खाद्यान्नको कमि छ। अवस्था यति खराब भएको छ कि सरकारी कार्यालय र स्कुल पनि बन्द गर्नु परेको छ।

यस्तो अवस्थामा श्रीलंकाको राष्ट्रपति जो सुकै बनेमा पनि खासै फरक पर्ने देखिदैंन।

विश्लेषक निक्सन भन्छन्, ‘श्रीलंकाको आर्थिक स्थिति तत्कालै फेरिने सम्भावना छैन, यदि राजनीतिक संकट अहिलेकै अवस्थामा रह्यो भने आईएमएफसहित वित्तीय संस्थानहरुबाट वित्तिय सहायता पाउन पनि अप्ठेरो हुनेछ।’
बीबीसी हिन्दीमा प्रकाशित सामग्रीको भावानुवाद 
 

प्रकाशित मिति: सोमबार, असार २७, २०७९  १०:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल
सम्बन्धित सामग्री
यमनी शहर ताइज जाने सडक हुथी आक्रमणपछि अवरूद्ध क्षेत्रका एक प्रहरी स्रोतले एएफपीलाई भने, “हामीलाई जानकारी भए अनुसार हुथीहरूले अल–सफिया क्षेत्र कब्जा गरेका छन्। त्यहाँ उनीहरूले प्र... आइतबार, असोज १८, २०८३
होर्मुज जलडमरूमध्यमा इरानद्वारा सात तेल ट्यांकरलाई निशाना बनाएको दाबी फर्सका अनुसार आईआरजीसीले दैनिक एकभन्दा बढी तेल ट्यांकरलाई निशाना बनाएको छ। यो घटनाक्रम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज ज... आइतबार, असोज १८, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ उपबिजेता भई कास्य पदक प्राप्त गरेको जीतमा खुशी व्यक्त गर्दै चिनियाँ फुटबलको ‘अत्यन्त उज्ज्वल भविष्य’ रहेको ‘पुरुष अन्डर–२३’ का प्रशि... शनिबार, असोज १७, २०८३
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह सोमबार, असोज १९, २०८३
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्