भक्तपुर-भक्तपुरको सूर्यविनायकबाट एक हजार दरका १३ थान नक्कली नोटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले विशेष सूचनाका आधारमा आइतबार सूर्यविनायक–८ भुलाँचा चोक राष्ट्रिय वाणिज्य बैंक पछाडि घर भएका ३० वर्षीय नीरविकार प्रजापतिलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।
नक्कली नोट रहेको सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरी टोलीले एक हजारका १३ थान नक्कली नोटसहित पक्राउ गरेको वृत्त जगातीको सूचना शाखाले जानकारी दिएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।