• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

बुढीगंगा नगरपालिकामा २०७४ मै जितेको कांग्रेस गठबन्धन हुँदा किन भयो पराजित?

64x64
डिबी खड्का आइतबार, असार २६, २०७९  १५:५६
1140x725

काठमाडौं-  वैशाख ३० गतेको मतदानमा धाँधली भएको भन्दै असार २३ मा पुन: निर्वाचन गरिएको बाजुराको बुढीगंगा नगरपालिकामा एमालेले जितेको छ। नगरप्रमुखमा रामबहादुर बानियाँ र नगर उपप्रमुखमा माया कुमारी खड्का (कुँवर) विजयी भएका हुन्। 

आइतबार सम्पन्न मतगणनाअनुसार  एमालेका उम्मेदवार बानियाँले ४ हजार ७ सय ७७ मत ल्याएका छन्। कांग्रेसका नगर प्रमुख रंगबहादुर खातीले ३ हजार ७ सय ७४ मत ल्याएर पराजित भएका छन्। उपप्रमुखमा एमालेकी कुँवरले ४ हजार ७ सय २७ मत ल्याएकी छन्। कांग्रेस उम्मेदवार बनेकी रिता शाहीले ३ हजार ७ सय ५५ मत ल्याएकी छिन्। १० वडामध्ये ७  वटामा नेकपा एमालेका वडाअध्यक्षका उम्मेदवारले जितेका छन्। 

उक्त नगरपालिका २०७४ को निर्वाचनमा कांग्रेसले जितेको थियो। यसपल्ट सत्ता गठबन्धनका रुपमा माओवादी केन्द्र र एकीकृत समाजवादीले समेत सघाउँदा पनि कांग्रेसले विरासत जोगाउन सकेन। 

मतको अंकगणित निकै फराकिलो देखिएको छ। जसले संघ र प्रदेशको निर्वाचनमा समेत असर पार्ने देखिन्छ। निर्वाचन प्रतिस्पर्धापूर्ण हुने अनुमान गरिएको थियो तर सुरुदेखि नै एमालेले एकलौटी गर्‍यो।

जम्मा ९ हजार १ सय १७ मत खसेकोमा एक हजार ४ मतको अन्तरले एमाले विजयी भयो। जुन मतको एमालेले समेत अपेक्षा गरेको थिएन। एमालेप्रति एकाएक यस्तो लहर देखिनुको मुख्य कारण नै पुन: मतदान हो। सहायक कारण अरु पनि छन्,  जसले वैशाख ३० कै मतगणना गर्नुपर्ने अडानमा रहेको एमालेका लागि असार २३ पनि फलिफापपूर्ण रह्यो।

आफैँतिर फर्किएको आरोप
अघिल्लो चरणमा भएकै मतदानलाई आधिकारिकता दिन एमालेले अन्तिमसम्म प्रयास गर्‍यो। सोही मत गणना गराउन उच्चदेखि सर्वोच्च अदालतसम्म मुद्दा दर्ता गर्‍यो। कांग्रेसले भने सुरुदेखि नै पुन: मतदानको माग राख्यो। अन्त्यमा कांग्रेसले भनेअनुसार नै निर्वाचन आयोगले पुन: मतदानको निर्णय गरिदियो।

अघिल्लो चरणमा दुवै पक्षबाट आ-आफ्नो प्रभाव क्षेत्रका बुथ कब्जा गरिएको थियो र अविश्वसनीय संख्यामा मतदान भएको थियो। कांग्रेस प्रभाव क्षेत्र वडा नं ४ मा त ९९ प्रतिशत भन्दा बढी मत खसेको थियो।

वैशाख ३० को निर्वाचनमा एमाले तर्फबाट धाँधली भएको आरोप कांग्रेसले जोडतोडका साथ उठायो। एमालेले धाँधली गरेको भनिएका २, ३, ५ र ९ नम्बर वडामा ९१ देखि ९३ प्रतिशतसम्म मत खसालेको देखियो। तर कांग्रेसले कब्जा गरेको ४ नम्बर वडाको बुथमा ९९ प्रतिशत भन्दा बढी मत खसेको थियो। त्यसकारण धाँधलीको आरोप एमालेको काँधमा पनि परेन,  केही भागहिस्सा कांग्रेसतिरै फर्कियो। 

Ncell 2
Ncell 2
nimb
nimb

निर्वाचनको दिन एमालेले धाँधली गरेको आरोप लगाउँदै नेपाल प्रहरी र सशस्त्र प्रहरीले दिउँसो नै केही बुथ छाड्यो। आर्मीको सुरक्षामा ल्याइएका मतपेटिका कांग्रेसको दबाबमा तत्कालीन मुख्य निर्वाचन अधिकृतले बुझ्न मानेनन्।  तर कांग्रेसले ९९ प्रतिशत भन्दा बढी मत खसाएको ठाउँमा भने शान्तिपूर्ण निर्वाचन भएको भन्दै प्रहरीकै संरक्षणमा मतपेटिकाल ल्याउने र बुझ्ने काम भयो। 

प्रहरी दिउँसै फर्किएको भनिएका वडा नं. २, ३, ५ र ९ को निर्वाचन रद्द गरी पुनः मतदान गर्नुपर्ने मागसहित निवेदन नेपाली कांग्रेसको तर्फबाट नगर प्रमुखका उम्मेदवार रंगबहादुर खातीले गरे। कांग्रेसकै पकड क्षेत्रमा ९९ प्रतिशत मत खसाइएको कुरा 'हाइलाइट्स' भएपछि एमालेले यी चार मतदान केन्द्रमा 'एकलौटी' गरेको आरोप छायाँमा पर्‍यो। धाँधलीको अपजससमेत कांग्रेसले बोक्नुपर्‍यो। उक्त निर्वाचन क्षेत्रमा यसपल्ट ७० प्रतिशत मत मात्रै खसेको छ। 

सत्ताको दुरुपयोग,  प्रजिअ र  डिएसपीको सरुवा
चुनाव विवादित भएपछि निर्वाचन आयोगले आयुक्त सगुन समशेर राणाको नेतृत्वमा स्थलगत अध्ययन टोली नै बनायो। आयुक्त राणाले तयार पारेको प्रतिवेदन औपचारिक रुपमा सार्वजनिक भएन। तर, अनौपचारिक रुपमा विभिन्न सञ्चारमाध्यमबाट सार्वजनिक प्रतिवेदनमा कांग्रेसले सत्ताको 'दुरुपयोग' गरेको झल्काउने कुराहरु समेटिए। 

प्रतिवेदनमा तत्कालीन प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्याल, प्रहरी प्रमुख डीएसपी चतुर्भूज ओझा र सशस्त्रका प्रमुख डीएसपी दिपक बिष्टले आफ्नो जिम्मेवारी सही तवरले पूरा गरेको नदेखिएको उल्लेख छ। जसका कारण तिनैजनाको तत्काल सरुवा भयो। 

निर्वाचनको बीचमा प्रहरीका डीएसपीले आफ्नो टोली फिर्ता हुन लागेको बताउँदै 'सहयोग गर्न' नेपाली सेनालाई पनि अनुरोध गरेको बाजुरामा कार्यरत नेपाली सेनाका सेनानी वीरेन्द्रकुमार महर्जनले स्थलगत अध्ययनका लागि पुगेको आयुक्त राणाको टोलीलाई बताए। तर, नेपाली सेना अन्तिमसम्म बुथको सुरक्षामै बसेर मतपेटिका सँगै फर्केको प्रतिवेदनमा उल्लेख छ। जसले सत्ताको आडमा कांग्रेसले धाँधली गर्न खोजेको सन्देश स्थानीयहरुमा प्रवाह भयो। 

महान्याधिवक्ता खातीको अनावश्यक चासो
नेपाल सरकारका महान्यायाधिवक्ता खम्मबहादुर खातीका दाइ रंगबहादुर खाती कांग्रेसका तर्फबाट मेयरका उम्मेदवार थिए। लामो समय प्राध्यापनमा बिताएका खाती जिल्लामै 'लोकप्रिय' थिए। बाजुराको शिक्षा क्षेत्रको विकासमा उनले गरेको योगदानको चौतर्फी प्रशंसा हुन्छ। 

वैशाख ३० मै धाँधलीरहित निर्वाचन हुँदा उनको त्यो लोकप्रियताले परिणाममा फरक पार्थ्यो। तर, उक्त निर्वाचन सामान्य तरिकाले भएन। दुवै पक्षले आफ्नो पकड क्षेत्रमा हस्तक्षेप गरे। पुन: मतदानको अवस्थामा पुग्यो।

महान्याधिवक्ता रहेका खातीले आफ्नो दाइलाई जिताउन सत्ताको दुरुपयोग गर्न खोजेको आयोगले स्थलगत अध्ययनका लागि पठाएको राणाको टोलीले प्रतिवेदनमै लेख्यो। उक्त प्रतिवेदनमा भनिएको छ, 'खातीले बाजुरा जिल्लाका मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी र बुढीगंगा नगरपालिकाका निर्वाचन अधिकृतलाई बारम्बार फोन सम्पर्क गरी अनावश्यक दबाब दिएको र निर्वाचनको काममा हस्तक्षेत गरेको पाइएको छ।'

उनले पदीय मर्यादाविपरीतको कार्य गरेको पाइएकोले निर्वाचन आचारसंहिता, २०७८ उल्लंघन गरेको देखिएकाले सो विषयमा स्पष्टीकरण माग गर्नुपर्ने धारणासमेत उक्त टोलीले दियो। उक्त प्रतिवेदन सार्वजनिक भएपछि भने आमजनमा रहेको 'सत्ताविरोधी' भावना अझै सतहमा आयो।

कांग्रेसप्रति सहानुभूति राख्ने मतदाताहरु पनि भन्न थाले,  'टिकट पनि भाइले दिलाउने र जितका लागि पनि भाइले नै बलजफ्ती गर्ने भएपछि हाम्रो योगदान कहाँ देखिन्छ? उसैले (खम्मबहादुर खाती)ले जिताओस्।'

कांग्रेसका तर्फबाट उक्त नगरपालिकाको मेयरका आकांक्षी केही नेताहरुमा सभापति शेरबहादुर देउवासँग भाइ (खम्म)को निकटताले दाइले टिकट पाएको पहिल्यै परिसकेको थियो। प्राध्यापनबाट अवकाश पाएलगत्तै रंगबहादुर खातीले राजनीतिमा अवसर पाएको कुरा पार्टीभित्रै पचाउन सहज भइरहेको थिएन। त्यसैमाथि पछिल्ला दिनहरुमा महान्यायधिवक्ता खातीले स्वतन्त्र रुपमा काम गर्न नसकेका घटना निरन्तर सार्वजनिक भइरहे। त्यसले पनि दाइ (रंग)माथि सद्भाव राख्ने अन्य दलनिकट मतदाता भड्किए र व्यक्ति नहेरी 'कांग्रेस हराउने'तर्फ सक्रिय भए। 

पूर्व मेयरको असफलता र एमालेबीचको एकता
२०७४ सालको निर्वाचनमा कांग्रेसका उम्मेदवार दिपकविक्रम शाहले जितेका थिए। 'पढेलेखेका युवा'का रुपमा उनको पहिचानले एमालेकै मतसमेत क्रस भएको थियो। तर, उनको कार्यकाल बिबादै बिबादमा बित्यो। कतिपय अवस्थामा त उनले नगरसभा नै गर्न नसकेर आलोचित भए। कार्यकाल सकिँदै गर्दासम्म कार्यकुशलतामा जिल्लाकै कमजोर मेयरका रुपमा उनको पहिचान बनिसकेको थियो। 

सत्ताबिरोधी जनमत बढ्दो थियो, तर त्यही नगरपालिकामा माविदेखि स्नातकोत्तरसम्मको क्याम्पस चलाएर देखाइसकेका 'हेडसर' रंग खातीले त्यसलाई रोक्ने आंकलन कांग्रेसवृत्तमा थियो। त्यसैले सक्रिय राजनीतिमा आएको छोटो समयमै अवसरमाथि अवसर पाउँदा पनि चर्को बिरोध भएन। नगरपालिकाको 'हेड'का रुपमा हेडसरले राम्रै काम गर्ने अपेक्षा थियो।

यता एमालेले भने उक्त नगरपालिकाको निर्वाचनलाई साखका रुपमा लिएको थियो। एमाले स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री कर्ण थापा, प्रतिनिधि सभा सदस्य लालबहादुर थापा र पूर्वमन्त्री तथा प्रदेश सभा सदस्य प्रकाशबहादुर शाहको नगरपालिकाको गृहनगर हो। यसपल्ट बाजुरामै एमालेका लागि राम्रो नतिजा दिलाएका उनीहरु आफ्नो पार्टीको उम्मेदवार जिताउन एक भएर सक्रिय रहे। गएका निर्वाचनमा उनीहरुबीच हुने 'गुटगत' मनमुटाव यसपल्ट देखिएन। त्यसले पनि एमालेका कार्यकर्ताको मनोबल बढ्यो।

जिल्लामै उल्टिएको नतिजा
गठबन्धनका कारण एमालेले प्राय: जिल्लामा हानी बेहोरेको छ। समग्र परिणाम त २०७४ को भन्दा कम ल्याएको छ। तर, बाजुरा जिल्लामा भने एमालेले अनपेक्षित नतिजा हासिल गरेको छ। २०७४ सालमा जम्मा तीन पालिका जितेको एमालेले यसपल्ट दोब्बर अर्थात् ६ पालिका जित्यो। बडिमालिका, बुढीगंगा र बुढीनन्दा गरी तीन नगरपालिका र गौमुल, जगन्नाथ र छेडदह गाउँपालिका जितेको छ। कांग्रेस भने त्रिवेणी नगरपालिका, हिमाली र स्वामीकार्तिक गाउँपालिका गरी जम्मा तीन पालिकामा समेटिएको छ। 

प्रकाशित मिति: आइतबार, असार २६, २०७९  १५:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
कुलमानले प्रधानमन्त्री बालेनलाई सिकाए सुरुङभित्र फसेकाको उद्धार गर्ने तरिका भेटमा अध्यक्ष घिसिङले बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका क्रममा देखेका, बुझेका र गर्नुपर्ने विषयमा सुझाव दिएका छन् । बिहीबार, भदौ १८, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने गरी बैठक आह्वान गरिएको मन्त्रिपरिषद् सचिवालयले जनाएको छ। बिहीबार, भदौ १८, २०८३
रास्वपाको सचिवालय बैठक जारी पार्टी सभापति रवि लामिछानेले बिहान १० बजे बोलाएको बैठक पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा जारी रहेको हो । बिहीबार, भदौ १८, २०८३
ताजा समाचारसबै
कुलमानले प्रधानमन्त्री बालेनलाई सिकाए सुरुङभित्र फसेकाको उद्धार गर्ने तरिका बिहीबार, भदौ १८, २०८३
विनाशकारी बाढीपछि तत्काल उद्धार, राहत र दीर्घकालीन पुनर्स्थापनाका लागि समन्वित पहल गर्न नेपाल डेभलपमेन्ट वाचले गर्यो आग्रह बिहीबार, भदौ १८, २०८३
कृष्णभीरमा सडक सञ्चालनका लागि रुख कटान शुरु बिहीबार, भदौ १८, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक बिहीबार, भदौ १८, २०८३
रसुवा बाढी अपडेट : १ हजार २५२ शव फेला बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
मन्दिरको जग्गा व्यक्तिको नाममा दर्ता, मालपोत प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा बुधबार, भदौ १७, २०८३
कृष्णभीरमा सडक भासिएको ८२ घण्टापछि डाइभर्सन निर्माण सुरु बिहीबार, भदौ १८, २०८३
पत्रकार बशन्त उपाध्यायको निधन बुधबार, भदौ १७, २०८३
उपत्यकामा व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्रीमा रोक बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्