• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २३, २०८२ Thu, Oct 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
बुढीगंगा नगरपालिकामा २०७४ मै जितेको कांग्रेस गठबन्धन हुँदा किन भयो पराजित?
64x64
डिबी खड्का आइतबार, असार २६, २०७९  १५:५६
1140x725

काठमाडौं-  वैशाख ३० गतेको मतदानमा धाँधली भएको भन्दै असार २३ मा पुन: निर्वाचन गरिएको बाजुराको बुढीगंगा नगरपालिकामा एमालेले जितेको छ। नगरप्रमुखमा रामबहादुर बानियाँ र नगर उपप्रमुखमा माया कुमारी खड्का (कुँवर) विजयी भएका हुन्। 

आइतबार सम्पन्न मतगणनाअनुसार  एमालेका उम्मेदवार बानियाँले ४ हजार ७ सय ७७ मत ल्याएका छन्। कांग्रेसका नगर प्रमुख रंगबहादुर खातीले ३ हजार ७ सय ७४ मत ल्याएर पराजित भएका छन्। उपप्रमुखमा एमालेकी कुँवरले ४ हजार ७ सय २७ मत ल्याएकी छन्। कांग्रेस उम्मेदवार बनेकी रिता शाहीले ३ हजार ७ सय ५५ मत ल्याएकी छिन्। १० वडामध्ये ७  वटामा नेकपा एमालेका वडाअध्यक्षका उम्मेदवारले जितेका छन्। 

उक्त नगरपालिका २०७४ को निर्वाचनमा कांग्रेसले जितेको थियो। यसपल्ट सत्ता गठबन्धनका रुपमा माओवादी केन्द्र र एकीकृत समाजवादीले समेत सघाउँदा पनि कांग्रेसले विरासत जोगाउन सकेन। 

मतको अंकगणित निकै फराकिलो देखिएको छ। जसले संघ र प्रदेशको निर्वाचनमा समेत असर पार्ने देखिन्छ। निर्वाचन प्रतिस्पर्धापूर्ण हुने अनुमान गरिएको थियो तर सुरुदेखि नै एमालेले एकलौटी गर्‍यो।

जम्मा ९ हजार १ सय १७ मत खसेकोमा एक हजार ४ मतको अन्तरले एमाले विजयी भयो। जुन मतको एमालेले समेत अपेक्षा गरेको थिएन। एमालेप्रति एकाएक यस्तो लहर देखिनुको मुख्य कारण नै पुन: मतदान हो। सहायक कारण अरु पनि छन्,  जसले वैशाख ३० कै मतगणना गर्नुपर्ने अडानमा रहेको एमालेका लागि असार २३ पनि फलिफापपूर्ण रह्यो।

आफैँतिर फर्किएको आरोप
अघिल्लो चरणमा भएकै मतदानलाई आधिकारिकता दिन एमालेले अन्तिमसम्म प्रयास गर्‍यो। सोही मत गणना गराउन उच्चदेखि सर्वोच्च अदालतसम्म मुद्दा दर्ता गर्‍यो। कांग्रेसले भने सुरुदेखि नै पुन: मतदानको माग राख्यो। अन्त्यमा कांग्रेसले भनेअनुसार नै निर्वाचन आयोगले पुन: मतदानको निर्णय गरिदियो।

अघिल्लो चरणमा दुवै पक्षबाट आ-आफ्नो प्रभाव क्षेत्रका बुथ कब्जा गरिएको थियो र अविश्वसनीय संख्यामा मतदान भएको थियो। कांग्रेस प्रभाव क्षेत्र वडा नं ४ मा त ९९ प्रतिशत भन्दा बढी मत खसेको थियो।

वैशाख ३० को निर्वाचनमा एमाले तर्फबाट धाँधली भएको आरोप कांग्रेसले जोडतोडका साथ उठायो। एमालेले धाँधली गरेको भनिएका २, ३, ५ र ९ नम्बर वडामा ९१ देखि ९३ प्रतिशतसम्म मत खसालेको देखियो। तर कांग्रेसले कब्जा गरेको ४ नम्बर वडाको बुथमा ९९ प्रतिशत भन्दा बढी मत खसेको थियो। त्यसकारण धाँधलीको आरोप एमालेको काँधमा पनि परेन,  केही भागहिस्सा कांग्रेसतिरै फर्कियो। 

Ncell 2
Ncell 2

निर्वाचनको दिन एमालेले धाँधली गरेको आरोप लगाउँदै नेपाल प्रहरी र सशस्त्र प्रहरीले दिउँसो नै केही बुथ छाड्यो। आर्मीको सुरक्षामा ल्याइएका मतपेटिका कांग्रेसको दबाबमा तत्कालीन मुख्य निर्वाचन अधिकृतले बुझ्न मानेनन्।  तर कांग्रेसले ९९ प्रतिशत भन्दा बढी मत खसाएको ठाउँमा भने शान्तिपूर्ण निर्वाचन भएको भन्दै प्रहरीकै संरक्षणमा मतपेटिकाल ल्याउने र बुझ्ने काम भयो। 

प्रहरी दिउँसै फर्किएको भनिएका वडा नं. २, ३, ५ र ९ को निर्वाचन रद्द गरी पुनः मतदान गर्नुपर्ने मागसहित निवेदन नेपाली कांग्रेसको तर्फबाट नगर प्रमुखका उम्मेदवार रंगबहादुर खातीले गरे। कांग्रेसकै पकड क्षेत्रमा ९९ प्रतिशत मत खसाइएको कुरा 'हाइलाइट्स' भएपछि एमालेले यी चार मतदान केन्द्रमा 'एकलौटी' गरेको आरोप छायाँमा पर्‍यो। धाँधलीको अपजससमेत कांग्रेसले बोक्नुपर्‍यो। उक्त निर्वाचन क्षेत्रमा यसपल्ट ७० प्रतिशत मत मात्रै खसेको छ। 

सत्ताको दुरुपयोग,  प्रजिअ र  डिएसपीको सरुवा
चुनाव विवादित भएपछि निर्वाचन आयोगले आयुक्त सगुन समशेर राणाको नेतृत्वमा स्थलगत अध्ययन टोली नै बनायो। आयुक्त राणाले तयार पारेको प्रतिवेदन औपचारिक रुपमा सार्वजनिक भएन। तर, अनौपचारिक रुपमा विभिन्न सञ्चारमाध्यमबाट सार्वजनिक प्रतिवेदनमा कांग्रेसले सत्ताको 'दुरुपयोग' गरेको झल्काउने कुराहरु समेटिए। 

प्रतिवेदनमा तत्कालीन प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्याल, प्रहरी प्रमुख डीएसपी चतुर्भूज ओझा र सशस्त्रका प्रमुख डीएसपी दिपक बिष्टले आफ्नो जिम्मेवारी सही तवरले पूरा गरेको नदेखिएको उल्लेख छ। जसका कारण तिनैजनाको तत्काल सरुवा भयो। 

निर्वाचनको बीचमा प्रहरीका डीएसपीले आफ्नो टोली फिर्ता हुन लागेको बताउँदै 'सहयोग गर्न' नेपाली सेनालाई पनि अनुरोध गरेको बाजुरामा कार्यरत नेपाली सेनाका सेनानी वीरेन्द्रकुमार महर्जनले स्थलगत अध्ययनका लागि पुगेको आयुक्त राणाको टोलीलाई बताए। तर, नेपाली सेना अन्तिमसम्म बुथको सुरक्षामै बसेर मतपेटिका सँगै फर्केको प्रतिवेदनमा उल्लेख छ। जसले सत्ताको आडमा कांग्रेसले धाँधली गर्न खोजेको सन्देश स्थानीयहरुमा प्रवाह भयो। 

महान्याधिवक्ता खातीको अनावश्यक चासो
नेपाल सरकारका महान्यायाधिवक्ता खम्मबहादुर खातीका दाइ रंगबहादुर खाती कांग्रेसका तर्फबाट मेयरका उम्मेदवार थिए। लामो समय प्राध्यापनमा बिताएका खाती जिल्लामै 'लोकप्रिय' थिए। बाजुराको शिक्षा क्षेत्रको विकासमा उनले गरेको योगदानको चौतर्फी प्रशंसा हुन्छ। 

वैशाख ३० मै धाँधलीरहित निर्वाचन हुँदा उनको त्यो लोकप्रियताले परिणाममा फरक पार्थ्यो। तर, उक्त निर्वाचन सामान्य तरिकाले भएन। दुवै पक्षले आफ्नो पकड क्षेत्रमा हस्तक्षेप गरे। पुन: मतदानको अवस्थामा पुग्यो।

महान्याधिवक्ता रहेका खातीले आफ्नो दाइलाई जिताउन सत्ताको दुरुपयोग गर्न खोजेको आयोगले स्थलगत अध्ययनका लागि पठाएको राणाको टोलीले प्रतिवेदनमै लेख्यो। उक्त प्रतिवेदनमा भनिएको छ, 'खातीले बाजुरा जिल्लाका मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी र बुढीगंगा नगरपालिकाका निर्वाचन अधिकृतलाई बारम्बार फोन सम्पर्क गरी अनावश्यक दबाब दिएको र निर्वाचनको काममा हस्तक्षेत गरेको पाइएको छ।'

उनले पदीय मर्यादाविपरीतको कार्य गरेको पाइएकोले निर्वाचन आचारसंहिता, २०७८ उल्लंघन गरेको देखिएकाले सो विषयमा स्पष्टीकरण माग गर्नुपर्ने धारणासमेत उक्त टोलीले दियो। उक्त प्रतिवेदन सार्वजनिक भएपछि भने आमजनमा रहेको 'सत्ताविरोधी' भावना अझै सतहमा आयो।

कांग्रेसप्रति सहानुभूति राख्ने मतदाताहरु पनि भन्न थाले,  'टिकट पनि भाइले दिलाउने र जितका लागि पनि भाइले नै बलजफ्ती गर्ने भएपछि हाम्रो योगदान कहाँ देखिन्छ? उसैले (खम्मबहादुर खाती)ले जिताओस्।'

कांग्रेसका तर्फबाट उक्त नगरपालिकाको मेयरका आकांक्षी केही नेताहरुमा सभापति शेरबहादुर देउवासँग भाइ (खम्म)को निकटताले दाइले टिकट पाएको पहिल्यै परिसकेको थियो। प्राध्यापनबाट अवकाश पाएलगत्तै रंगबहादुर खातीले राजनीतिमा अवसर पाएको कुरा पार्टीभित्रै पचाउन सहज भइरहेको थिएन। त्यसैमाथि पछिल्ला दिनहरुमा महान्यायधिवक्ता खातीले स्वतन्त्र रुपमा काम गर्न नसकेका घटना निरन्तर सार्वजनिक भइरहे। त्यसले पनि दाइ (रंग)माथि सद्भाव राख्ने अन्य दलनिकट मतदाता भड्किए र व्यक्ति नहेरी 'कांग्रेस हराउने'तर्फ सक्रिय भए। 

पूर्व मेयरको असफलता र एमालेबीचको एकता
२०७४ सालको निर्वाचनमा कांग्रेसका उम्मेदवार दिपकविक्रम शाहले जितेका थिए। 'पढेलेखेका युवा'का रुपमा उनको पहिचानले एमालेकै मतसमेत क्रस भएको थियो। तर, उनको कार्यकाल बिबादै बिबादमा बित्यो। कतिपय अवस्थामा त उनले नगरसभा नै गर्न नसकेर आलोचित भए। कार्यकाल सकिँदै गर्दासम्म कार्यकुशलतामा जिल्लाकै कमजोर मेयरका रुपमा उनको पहिचान बनिसकेको थियो। 

सत्ताबिरोधी जनमत बढ्दो थियो, तर त्यही नगरपालिकामा माविदेखि स्नातकोत्तरसम्मको क्याम्पस चलाएर देखाइसकेका 'हेडसर' रंग खातीले त्यसलाई रोक्ने आंकलन कांग्रेसवृत्तमा थियो। त्यसैले सक्रिय राजनीतिमा आएको छोटो समयमै अवसरमाथि अवसर पाउँदा पनि चर्को बिरोध भएन। नगरपालिकाको 'हेड'का रुपमा हेडसरले राम्रै काम गर्ने अपेक्षा थियो।

यता एमालेले भने उक्त नगरपालिकाको निर्वाचनलाई साखका रुपमा लिएको थियो। एमाले स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री कर्ण थापा, प्रतिनिधि सभा सदस्य लालबहादुर थापा र पूर्वमन्त्री तथा प्रदेश सभा सदस्य प्रकाशबहादुर शाहको नगरपालिकाको गृहनगर हो। यसपल्ट बाजुरामै एमालेका लागि राम्रो नतिजा दिलाएका उनीहरु आफ्नो पार्टीको उम्मेदवार जिताउन एक भएर सक्रिय रहे। गएका निर्वाचनमा उनीहरुबीच हुने 'गुटगत' मनमुटाव यसपल्ट देखिएन। त्यसले पनि एमालेका कार्यकर्ताको मनोबल बढ्यो।

जिल्लामै उल्टिएको नतिजा
गठबन्धनका कारण एमालेले प्राय: जिल्लामा हानी बेहोरेको छ। समग्र परिणाम त २०७४ को भन्दा कम ल्याएको छ। तर, बाजुरा जिल्लामा भने एमालेले अनपेक्षित नतिजा हासिल गरेको छ। २०७४ सालमा जम्मा तीन पालिका जितेको एमालेले यसपल्ट दोब्बर अर्थात् ६ पालिका जित्यो। बडिमालिका, बुढीगंगा र बुढीनन्दा गरी तीन नगरपालिका र गौमुल, जगन्नाथ र छेडदह गाउँपालिका जितेको छ। कांग्रेस भने त्रिवेणी नगरपालिका, हिमाली र स्वामीकार्तिक गाउँपालिका गरी जम्मा तीन पालिकामा समेटिएको छ। 

प्रकाशित मिति: आइतबार, असार २६, २०७९  १५:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी 
बीएण्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
सम्बन्धित सामग्री
देउवाले बोलाए पदाधिकारी बैठक बिहीबार दिउँसो १ बजे बस्ने गरी देउवाले पदाधिकारी बैठक बोलाएका हुन् । बुधबार, असोज २२, २०८२
फूलपातीकै दिनदेखि मलाई पक्राउ गर्न प्रयास भइरहेको छ, बालेनको योजनामा ओलीसहित लेखकलाई पनि पक्राउ गर्ने षड्यन्त्र हुँदैछ : महेश बस्नेत पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गरेर बालेनकै योजनामा आफूसहित केपी ओली र रमेश लेखकलाई पक्राउ गर्नुपर्छ भनेर दबाब अभियान चलाइ... बुधबार, असोज २२, २०८२
विशेष महाधिवेशनका लागि २४ असोजसम्म हस्ताक्षर गरिसक्न विश्वप्रकाशको आग्रह २६ गते कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ । कतिपयले केन्द्रीय समितिको बैठकपछि हस्ताक्षर गरे हुन्न भन्ने गरेको उल्लेख गर्दै तिन... मंगलबार, असोज २१, २०८२
ताजा समाचारसबै
टी–२० विश्वकप छनोट : कुवेतमाथि ५८ रनको जित बुधबार, असोज २२, २०८२
टी–२० विश्वकप छनोट : कुशल भुर्तेलको अर्धशतकमा कुवेतलाई १४२ रनको मध्यम लक्ष्य बुधबार, असोज २२, २०८२
देउवाले बोलाए पदाधिकारी बैठक बुधबार, असोज २२, २०८२
टी-२० विश्वकप छनोट: नेपालले टस हार्‍यो, कुवेतविरुद्ध पहिला ब्याटिङ गर्दै बुधबार, असोज २२, २०८२
आन्दोलनभन्दा वार्ता र संवादबाट समस्या समाधान गर्न गृहको अनुरोध बुधबार, असोज २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन मंगलबार, असोज २१, २०८२
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
आन्दोलनभन्दा वार्ता र संवादबाट समस्या समाधान गर्न गृहको अनुरोध बुधबार, असोज २२, २०८२
फूलपातीकै दिनदेखि मलाई पक्राउ गर्न प्रयास भइरहेको छ, बालेनको योजनामा ओलीसहित लेखकलाई पनि पक्राउ गर्ने षड्यन्त्र हुँदैछ : महेश बस्नेत बुधबार, असोज २२, २०८२
देउवाले बोलाए पदाधिकारी बैठक बुधबार, असोज २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विपद जोखिम नरहेका जिल्लामा सार्वजनिक सेवा सुचारु गर्न गृहको निर्देशन आइतबार, असोज १९, २०८२
वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित, विश्वकप क्वालिफायर भने खेल्ने बुधबार, असोज १५, २०८२
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन मंगलबार, असोज २१, २०८२
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
आन्दोलनभन्दा वार्ता र संवादबाट समस्या समाधान गर्न गृहको अनुरोध बुधबार, असोज २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्