काठमाडौं– बिर्तामोड शनिश्चरे सडकखण्डमा आइतबार बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा पाँचथरको फिदिम नगरपालिका–५ का २६ वर्षीय कुमार खनाल रहेको विर्तामोड इलाका प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीले दुर्घटनास्थलमा भेटिएको नागरिकताका आधारमा उनी फिदिमको रहेको जनाएको हो। उनी सवार बा४२प १२८ नम्बरको मोटरसाइकल सडकको किनारमा पल्टिएको र खनाल सडकमै मृत भेटिएको प्रहरीको भनाइ छ।
दुर्घटना र मृत्युका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।