१. कसैले कांग्रेसको बुइँ चढ्यो, कसैले चढायो भने पनि आफूहरुले हातेमालो गरिरहेको एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको भनाइ, पार्टी निर्माणको औचित्यलाई घटनाक्रमले पुष्टि गरिसकेको तर्क । (माधव नेपालको तर्क)
२. नेकपा माओवादी केन्द्रले प्रदेश समिति र केन्द्रको बीचमा समन्वय कायम गर्नका लागि बनायो समन्वय समिति, स्थानीय तहको निर्वाचनमा भएको अन्तर्घात छानबिन गर्न समिति गठन । (माओवादीले बनायो समिति)
३. काठमाडौं महानगरपालिकाले ¥यापर यम बुद्धको शालिक निर्माणका लागि बजेट विनियोजन गरेकोप्रति चौतर्फि विरोध, आफ्नै तलबबाट यम बुद्धको शालिक निर्माण गर्ने मेयर बालेन शाहको घोषणा । (मेयर बालेनको घोषणा)
४. श्रीलङ्कामा राष्ट्रपति गोटाबय राजपक्षको सरकारी निवासमा प्रदर्शनकारीको प्रवेश, राजपक्षलाई ’सुरक्षित स्थानमा’ लगियो, राष्ट्रपति गोटाबय र प्रधानमन्त्री रनिल विक्रमसिङ्ग विरूद्धका प्रदर्शनहरू थप चर्कँदै । (श्रीलंकामा चुलिदैं संकट)
५. र, अर्जेन्टिनी मिडफिल्डर एन्जल डी मारिया इटालियन क्लब युभेन्ट्समा फ्री ट्रान्सफरमा अनुबन्धित, इंग्लिस क्लब टोटेनहमले फ्रेन्च डिफेन्डर लेन्ग्लेटलाई लोनमा लियो । (डी मारिया युभेन्ट्समा अनुबन्धित)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।