काठमाडौं– बलात्कारको घटनामा दुई वर्ष हदम्याद बढाउने प्रस्ताव गरिएको छ।
प्रतिनिधिसभाको कानुन न्याय तथा मानवअधिकार समितिको शुक्रबार बसेको बैठकमा यो प्रस्ताव गरिएको हो।
मुलुकी फौजदारी अपराध संहिता, २०७४ मा बलात्कारको घटनामा हदम्याद एकवर्षको मात्रै व्यवस्था गरिएको छ। आठ वर्षअघि आफू माथि सुन्दरी प्रतियोगिताका आयोजकले पटक–पटक बलात्कार गरेको भन्दै एक युवतीको उजुरीपछि हदम्यादको विषयमा कानुन संशोधन हुनुपर्ने माग उठेको थियो।
बालिगले घटना भएको दुई वर्षभित्र उजुरी दिन सक्ने प्रस्ताव गरिएको छ। समितिले बालबालिका अपांग, अशक्त, मानसिक अवस्था कमजोर भएको भए त्यसमा ३ वर्षको हदम्याद राख्ने प्रस्ताव राखेको छ।
बलात्कारमा परेका नाबालिगले बालिग भएको ३ वर्षपछि अर्थात् २१ वर्षको उमेर हुँदासम्म उजुरी दिन सक्ने प्रस्ताव गरिएको हो। प्रतिनिधिसभाको शुक्रबार बस्ने बैठकमा समितिको उक्त प्रस्तावसहितको प्रतिवेदन पेस हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।