• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

१२ वर्षीया बालिकाले निलेको ‘डटपेन’को बिर्को ६ दिनपछि निकालियो

६ दिनमा ६ अस्पताल धाए, वीरमा भयो निःशुल्क उपचार
कमला गुरुङ बिहीबार, असार २३, २०७९  १९:३७
1140x725

काठमाडौं– उदयपुरकी १२ वर्षीया रमिलालाई एक साताअघि ज्वरो आउने, श्वास फेर्न गाह्रो हुने समस्या भयो। उनलाई न कुनै रोग लागेको थियो, न कुनै चोटपटक नै। 

उनका बुवा सबिन विश्वकर्माले सोधपुछ गर्ने क्रममा रमिलाले डटपेनको पछाडीको बिर्को निलेको बताइन्। रमिला कक्षा सातमा अध्ययन गर्छिन्। बुवा सबिनका अनुसार छोरीले ज्वरो आउनु एक दिनअघि डटपेनको बिर्को निलेकी थिइन्। 

‘कक्षामा लेख्दै गर्दा छोरीको कलमको मसी सकिएछ। साथीसँग डटपेनको सुइरो सापटी मागिछन्। पछाडीबाट पेनको बिर्को खोल्नै लाग्दा त्यतिखेर नै सर आउनु भएछ। उसले डरले ला! भनेर लामो श्वास फेर्दा सड्केर मुखभित्र बिर्को पसेछ,’ रमिलाका बुवा सबिनले भने। 

डटपेनको बिर्को निलेको दिन रमिलालाई त्यति गाह्रो भएन। तर अर्को दिनबाट भने ज्वरो आउन थालेको सबिन बताउँछन्। ज्वरो आउन थालेपछि सबिनले घर नजिकैको क्लिनीकमा छोरीलाई लगे। त्यहाँ ज्वरोको औषधि मात्र दिएर पठाएको उनले बताए।

No description available.

औषधिले पनि काम नगरेपछि उनीहरुले विभिन्न घरेलु उपाय पनि नअपनाएका होइनन्। तर रमिलाको स्वास्थ्य अवस्था सुध्रनुको साटो झन् बिग्रदै गयो। छोरीलाई गाह्रो हुन थालेपछि उनीहरु धरानको एक अस्पतालमा पुगे। त्यहाँ रमिलाको एक्सरे भयो। एक्सरेमा केही नदेखिएपनि भिडियो एक्सरे गरियो। भिडियो एक्सरेमा भने रमिलाको देब्रे फोक्सोको नलीमा अड्किएको पेनको बिर्को देखियो। 

उनलाई तत्काल आइसीयू भर्ना गर्नुपर्ने थियो। तर त्यहाँ आईसीयू नभएकाले विराटनगरको एक अस्पतालमा रेफर गरियो। त्यहाँ पनि रमिलाको भिडियो एक्सरे र अन्य जाँचहरु सबै भयो। तर, फोक्सोमा अड्किएको डटपेनको बिर्को निकाल्ने प्रविधि आफूसँग नभएको भन्दै उनीहरुले पनि काठमाडौं रेफर गरे। 

निकै आशा र भरोसा लिएर सबिन छोरी रमिलालाई लिएर त्रिवि शिक्षण अस्पताल पुगे। तर त्यहाँ पनि उपचार भएन। आइसीयू खाली नभएको भन्दै छोरी रमिलालाई त्रिवि शिक्षण अस्पतालले भर्ना लिन मानेन। 

Ncell 2
Ncell 2
nimb
nimb

‘मेरो छोरी एकदम सिरियस भइसकेको थिइन्। मैले धेरै आग्रह गरेँ तर टिचिङ अस्पतालले यहाँ उपचार गर्न पनि सक्दैनौं, आइसीयू पनि खाली छैन भन्यो’,उनले भने। 

त्रिवि शिक्षण अस्पतालपछि उनी मेट्रो सिटी अस्पताल पुगे। त्यहाँ रमिलाको आईसीयूमा भर्ना भयो। चिकित्सकले सबै चेकजाँच गरेपछि वीर अस्पतालमा इण्डोस्कोपी गर्न सुझाव दिए। र, छोरीको उपचारका लागि सबिन अस्पताल धाएको छैठौं नम्बरमा वीर अस्पताल थियो। 

छातिरोग विशेषज्ञ डा सुरज गुप्ताले वीर अस्पतालका छातिरोग विशेषज्ञ डा प्रज्वल श्रेष्ठसँग रमिलाको उपचार बारे छलफल गरेका थिए। डा श्रेष्ठले रमिलाको सबै रिपोर्ट हेरेपछि वीर अस्पतालमा उपचार गर्ने निधो गरे। 

No description available.

अक्सिजन जान नपाएपछि रमिलाको देब्रे फोक्सो वीर अस्पताल पुग्दासम्म पुरै खुम्चिसकेको थियो। डा श्रेष्ठ र अर्का छातिरोग विशेषज्ञ डा अशेष ढुंगानाको नेतृत्वमा रमिलाको उपचार सुरु भयो। रमिलाको बिना अपरेशन ब्रोन्कोस्कोपी मार्फत फोक्सोको देब्रे नलीमा अड्किएको पेनको बिर्को निकालिएको डा श्रेष्ठले बताए। 

‘फोक्सोको एउटा मुख्य नली हुन्छ। देब्रे फोक्सो र दाहिने फोक्सोमा जाने अर्को दुई वटा नली हुन्छन्। ती बालिकाको देब्रे फोक्सोको नलीमा पेनको पछाडीको बिर्को अड्किएको थियो,’ उनले भने, ‘१२ वर्षीया बालिकाको नली त सानो हुन्छ। त्यसैले सानो बिर्कोले पनि देब्रे फोक्सो पूरै ब्लक भयो। अक्सिजन जान नपाउँदा उनलाई श्वास फेर्न गाह्रो हुने, ज्वरो आउने भएको थियो।’

६ दिनदेखि फोक्सोमा अड्किएको पेनको बिर्को निकाल्न उनीहरुलाई सहज थिएन। तर डा श्रेष्ठ र डा ढुंगानाको नेतृत्वमा खटिएको टिमले ३५ मिनेटमा पेनको बिर्को निकाल्न सफल भयो। 

उपचारपछि रमिलालाई अक्सिजनको सहायतामा आईसीयूमा राखिएको थियो। हाल उनको खुम्चिएको फोक्सोमा सुधार आएको डा श्रेष्ठले बताए। उनलाई बिहीबार नै वार्डमा सारिएको छ। शनिबारसम्म डिस्चार्ज गर्ने तयारी भएको डा श्रेष्ठले बताए। रमिलाको आर्थिक अवस्था कमजोर भएकाले उनको उपचार वीर अस्पतालले निःशुल्क गरिदिएको छ। 

No description available.

डा श्रेष्ठ र डा ढुंगानाको नेतृत्वमा भएको उपचारमा छातिरोग विशेषज्ञ डा कमलराज थापा, डा रितम्बरा ओली, डा दिपा श्रेष्ठ, एनेस्थेसिस्ट डा विधुर बराल र डा पुष्पराज पौडेल संग्लन थिए। 

वीर अस्पतालमा गरिएको यस किसिमको उपचार पहिलो होइन। यसअघि पनि श्वासनलीमा अड्किएको पिन, हड्डी पनि निकाल्न सफल भएको छ। वीर अस्पतलमा छातिरोग सम्बन्धी सबै किसिमको विशिष्टीकृत उपचार हुने गरेको डा श्रेष्ठ बताउँछन्। ‘हप्ताको तीन दिन हामीले छातिरोग सम्बन्धी विशिष्टीकृत ओपिडी सेवा दिइरहेका छौँ। यहाँ सबै किसिमको उपचार हुन्छ’ उनले भने।
 

प्रकाशित मिति: बिहीबार, असार २३, २०७९  १९:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
एसीसी प्रिमियर कपमा नेपाल ६ विकेटले विजयी
पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कहाँबाट जाने ? विभागले देखायो वैकल्पिक बाटो
रास्वपाको सचिवालय बैठक जारी
सम्बन्धित सामग्री
भोटेकोशी बाढी : ग्राउण्ड जीरोमा गोल्याण फाउण्डेशन, खानादेखि मनोपरामर्शसम्म होल्डिङ सेन्टरमा देवीघाट क्षेत्रका ६८ घरपरिवार रहेका छन् । ती परिवारका सदस्यसहित आसपासका बासिन्दासमेत गरी दैनिक करिब ४ सय जनाका लागि... बुधबार, भदौ १७, २०८३
बाबुआमा फर्किने आशाले थामिएकी छिन् पामु मंगलबार नेपालको सबैभन्दा ठूलो शैक्षिक अस्पतालको परिसरमा देखिएको पामुको पीडा अपवाद थिएन। सयौं मानिस आफ्ना बेपत्ता बुबा, आमा, श्रीमान... बुधबार, भदौ १७, २०८३
आफन्तको खोजीमा भौतारिदै बाढी प्रभावित, हालसम्म ‘अत्तोपत्तो’ छैन बाढीपछि बेपत्ता आफन्तको खोजीमा काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा आइपुगेकी धादिङ गंगाजमुना—४ की रमीता बस्नेत बाँनियाले बाढीपछि मानस... शनिबार, भदौ १३, २०८३
ताजा समाचारसबै
एसीसी प्रिमियर कपमा नेपाल ६ विकेटले विजयी बिहीबार, भदौ १८, २०८३
पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कहाँबाट जाने ? विभागले देखायो वैकल्पिक बाटो बिहीबार, भदौ १८, २०८३
रास्वपाको सचिवालय बैठक जारी बिहीबार, भदौ १८, २०८३
बाढी प्रभावित क्षेत्रमा पुगेर फर्केपछि गगनले दिए भिडियाे सन्देश, के छ सन्देशमा ? बिहीबार, भदौ १८, २०८३
देउवा पक्षको छुट्टै महाधिवेशन तयारीपछि कांग्रेस अनुशासन समिति बैठक बोलाइयो बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मन्दिरको जग्गा व्यक्तिको नाममा दर्ता, मालपोत प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा बुधबार, भदौ १७, २०८३
पत्रकार बशन्त उपाध्यायको निधन बुधबार, भदौ १७, २०८३
कृष्णभीरमा सडक भासिएको ८२ घण्टापछि डाइभर्सन निर्माण सुरु बिहीबार, भदौ १८, २०८३
उपत्यकामा व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्रीमा रोक बुधबार, भदौ १७, २०८३
सदनमा प्रधानमन्त्रीको कार्यशैलीमाथि प्रचण्डको प्रश्न– ‘यहाँ आउनुहुन्छ, कसैको अनुहार नहेरी जानुहुन्छ, यो के तरिका हो ?’ बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्