काठमाडौं– गृह मन्त्रालयले ट्राफिक तथा यातायात क्षेत्रको व्यवस्थापन गर्न र सफा, सुरक्षित र सभ्य यातायात क्षेत्र निर्माण गर्ने प्रयोजनार्थ विभिन्न निर्णय गर्दै यससँग सम्बन्धित मन्त्रालय र निकायलाई कार्यान्वयन गर्न पत्र पठाएको छ।
मन्त्रालयका सचिव टेकनारायण पाण्डेको (सचिवस्तर)को निर्णयबाट सडक पूर्वाधारहरूको कमजोर अवस्था, सवारी साधनको आवधिक मर्मत सम्भारको अभाव, सवारी साधनमा आवश्यक न्यूनतम पूर्वाधारको कमी, जथाभावी सवारी साधनमा लेखन गर्दै स्वरुप बिगार्ने, सवारी साधनमा काम गर्ने जनशक्ति तथा यात्रुहरुमा सचेतनाको कमी, पर्याप्त ट्राफिक पूर्वाधारहरुको अभावबाट हुने समस्यालाई न्यूनिकरण गर्न यो निर्णय गेर कार्यान्वयनका लागि सम्वन्धित मन्त्रालय र निकायलाई पठाइएको जानकारी दिए।
मन्त्रालयले सफा, सुरक्षित सभ्य यातायात क्षेत्र निर्माण सम्बन्धमा भन्ने विषय राखेर सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शहरी विकास मन्त्रालय, प्रहरी प्रधान कार्यालय र सबै जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएको छ।
पत्रमा भनिएको छ, ‘सफा, सुरक्षित र सभ्य यातायात क्षेत्र निर्माण गर्न देहायका विषयमा तहाँ/अन्तर्गतका सम्बन्धित निकाय, व्यक्ति र नागरिकहरूबाट आवश्यक सुधारका कार्य हुन यस मन्त्रालय (सचिवस्तर) को निर्णयानुसार पठाइएको अनुरोध गरिएको छ।’
मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सवै स्थानीय तहरुमा परिपत्र गर्न र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सातवटै प्रदेशहरुमा परिपत्र हुन भन्दै पत्र पठाएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।