• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २३, २०८२ Thu, Oct 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
जनार्दनको मुखै ‘बैरी’
64x64
डिबी खड्का बुधबार, असार २२, २०७९  २०:२२
1140x725

काठमाडौं-जनार्दन शर्मा बुधबारदेखि पूर्व अर्थमन्त्री बनेका छन्। शेरबहादुर देउवाको बलियो 'आड' र पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को अटुट 'भरोसा' हुँदाहुँदै पनि बाहिरिनुमा उनको कर्म मात्रै होइन, बोलीको समेत योगदान छ। 

असार ५ गते ऋषि धमलासँगको अन्तवार्तामा शर्माले एमालेलाई चुनौती दिँदै भने, 'एमालेले सीसी क्यामेरा हेर्न चाहँदैमा हेर्न दिनुपर्छ भन्ने के छ?  सीसी क्यामेरा हेर्ने ती को हुन्?  आवश्यक परे सरकारले हेर्ला नि त।'

विरोधको स्वर समयले सुकाउँदै गएको अवस्थामा जनार्दनको 'मुखै बैरी' भयो। त्यो चुनौतीलाई एमालेले सामान्य रुपमा लिने कुरा भएन। त्यसपछि फेरि अर्थमन्त्री शर्मालाई पदबाट हटाउनुपर्ने माग जोडतोडका साथ उठाउन थाल्यो।

जेठ १४ गते बजेट निर्माण गर्दा करका दर हेरफेर गर्न अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालय भित्र्याएको समाचार बजेटमाथि छलफल चल्दै गर्दा सार्वजनिक भयो। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले त्यसैलाई आधार बनाएर विरोध गर्‍यो। अर्थमन्त्री शर्मालाई बहिस्कार गरिरह्यो। तर, सुरुमा  त्यसको खास प्रभाव देखिएन। 

प्रभाव कमजोर हुनुको पहिलो कारण प्रतिपक्षको काम नै विरोध ठानियो। दोस्रो कारण सञ्चारमाध्यममा आएको उक्त विषयलाई प्रमाणित गर्ने थप आधार भेटिएनन्। विस्तारै एमालेको विरोध पनि 'औपचारिक' हुन थालेको थियो। जेठ १४ गतेको सीसी टीभी फुटेज हेर्नुपर्ने माग मसिनो हुँदै गएको थियो।

बजेट पास गराउन प्रधानमन्त्री शेरबहादुर देउवाको 'आड' र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको 'भरोसा' पाइसकेका थिए शर्माले। एमालेको विरोधकै बीच असार २ गते सत्तापक्षको पूर्ण सहयोगमा बजेट पास भयो। त्यही आत्मविश्वासका साथ उनले असार ५ गते ऋषि धमलासँगको अन्तवार्तामा एमालेलाई चुनौती दिएका हुन्।  

यही बीचमा उपभोक्‍ता हित संरक्षण मञ्चले करका दर हेरफेरबाट उपभोक्तामाथि अन्याय गरिएको भन्दै सीसीटीभी फुटेज माग्यो। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई समेत 'ललकारे'का शर्माले एउटा गैरसरकारी संस्थालाई सहजै उपलब्ध गराउने कुरा भएन। 'आदेशअनुसार' भन्दै मन्त्रालय शाखा अधिकृतले मन्त्रालयको सीसीटीभी फुटेज १३ दिनमा आफैं डिलिट हुने बेहोराको लिखित जवाफ दिए। 

अर्थमन्त्री शर्माको ठाडो चुनौतीको उपयुक्त जवाफ फर्काउने मौका एमालेले कुरिरहेको थियो। आफ्नो मुद्दालाई पेचिलो बनाउन नागरिक समाजको साथ खोजिरहेको थियो। उक्त पत्रले माहोल बनाइदियो। सीसीटीभी फुटेज डिलिट भएको भनिनुले प्रमाण नष्ट गर्न अर्थमन्त्री शर्मा उद्दत रहेको अर्थ लाग्यो र विरोध झन् व्यापक भयो। 

Ncell 2
Ncell 2

अर्थमन्त्री शर्माका विरुद्ध नागरिकले तताएको 'फलाम'लाई उपयुक्त आकार दिन असार २० गते विरोधको बलियो 'घन'सहित एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली आफैं संसदमा पुगे। बढेको तेलको मूल्य, एसपीपीमा आमजनको आशंका, करका दर हेरफेरबाट पुगेको लाभहानी आदिलाई एकै ठाउँमा राखेर सरकारविरुद्ध प्रहार गरे।

'एकजना माननीय सांसद्ले यसै संसदमा एउटा कुरा भन्नुभएको थियो। विन्स्टन चर्चिलले १९४० को बेलायती संसदमा भनेको एउटा भनाइ थियो,’ ओलीले भने, ‘त्यतिखेरका प्रधानमन्त्री नेभिल चेम्बरलेनले साह्रै काम गर्न नसकेको, काम बिगारेको अवस्थामा चर्चिलले भनेका थिए ‘इट्स इनफ, इनफ इज इनफ’।’

त्यसपछि बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेशका बारेमा प्रतिपक्ष दलका हैसियतले प्रश्न उठाउँदा अर्थमन्त्री जनार्दन शर्माले ‘आई एम द स्टेट’ शैली देखाएको भन्दै ओली अर्थमन्त्री शर्माविरुद्ध कडा रुपमा प्रस्तुत भए। ‘त्यो दिनको सीसीटीभी फुटेज देखाउने तथा संसदीय छानबिनको माग उठाउँदा को हो एमाले भन्ने गरिन्छ, एमाले त अहिले संसद चलाउने पार्टी हो। हामीविना अहिले कोरम पुग्दैन थियो, अनि को हो प्रतिपक्ष भन्ने?’

लामो समय लिएर बोलेका ‌ओलीले बजेट निश्चित व्यापारिक घरानाकेन्द्रीत भएको बताउँदै संसदीय छानबिन समितिको माग दोहोर्‍याए। ‘यसमा एउटा संसदीय कमिटी बनाएर छानबिन गर्नुपर्छ, त्यसको प्रतिवेदन सम्मानित संसद्‌मा आउनुपर्छ,’ ओलीले भने, ‘फुटेज डिलिट गर्न पाइन्छ ? अफ्नो स्वच्छता प्रमाणित गर्ने, आउनुस् फुटेज हेरौँ, आउनुस् छानबिन गरौँ मन्त्रीले यो भन्न सक्नुपर्थ्यो, तर किन माग्दैमा दिने भनेर ललकार्ने?’ 

बजेट पास गरुन्जेल शर्मालाई सघाएका सत्तारुढ दल नेपाली कांग्रेसका नेताहरु पनि शर्माको बोली र व्यवहारबाट सशंकित हुन थाले। असार २० गते नै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शर्मामाथि प्रश्न उठेकाले पदबाट अलग हुनुपर्ने बताए। अर्थमन्त्रीले स्वेच्छाले राजीनामा नदिएमा प्रधानमन्त्रीले पदबाट हटाएर तत्काल छानबिन गर्नुपर्ने थापाको भनाई थियो।  

‘अर्थ मन्त्रालयले सीसीटीभी फुटेज जम्मा १३ दिनको छ भनेर अरु मेटिएको भनेपछि तत्काल प्रधानमन्त्रीले यसका बारेमा एउटा एक्सनमा जानुपर्छ’ उनल भनेका थिए, ‘कानुनले तीन महिनासम्म सुरक्षित राख्नुपर्ने किन मेटियो?’ 

त्यसअघि सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश सुशीला कार्की, पूर्वउपकूलपति केदारभक्त माथेमा र गोविन्द केसीले पनि अर्थमन्त्रीको राजीनामा माग गरेका थिए। 

करकार दर हेरफेरमा अनधिकृत व्यक्ति प्रवेश गरेको विषय गलत हुँदा अर्थमन्त्री शर्मा सीसीटीभी फुटेज देखाउन तयार हुनुपर्थ्यो। तर,  त्यसलाई लुकाउन लागेको देखियो। त्यस्तो अवस्थामा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले संरक्षण गरेको भन्दै पछिल्ला दुई दिन आलोचकहरु बालुवाटर केन्द्रीत भए। 

त्यसपछि भने बालुवाटारनिकट कांग्रेस नेताहरु समेत अर्थमन्त्री शर्मालाई हटाउनुपर्ने लाइनमा पुगे। प्रधानमन्त्री देउवाकहाँ लबिङ मात्रै गरेनन्। सार्वजनिक रुपमा पनि बोल्न थाले। सामान्यतया प्रतिक्रिया नरुचाउने देउवानिकट कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले समेत बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेखे, 'ढिलो नगरौं। संसदबाट आजै संसदीय समिति निर्माणको टुंगो लगाउँ।'

योजना आयोगका पूर्व उपाध्यक्षले समेत सामूहिक वक्तव्य निकालेर छानबिनको माग गरिसकेका थिए। बुधबार ११ बजेका  लागि तय भएको बैठकमा एमालेले यो विषयलाई अझै पेचिलो बनाउने तयारी गरिरहेको थियो। यसअघिको प्रतिनिधि सभा बैठकमै अर्थमन्त्री शर्मासँग 'नैतिकताको अपेक्षा' नभएको बताउने एमाले बुधबार प्रधानमन्त्री देउवाविरुद्ध केन्द्रीत हुँदै थियो। 

शर्माको थप संरक्षणबाट सत्ताको नेतृत्व गरिरहेको कांग्रेसलाई समेत हानी हुन थालेपछि बुधबार सत्तापक्ष संसदीय समिति बनाउन तयार भएको हो। सभामुख अग्निप्रसाद सापकोटाले संसदीय समिति बनाएर विषयलाई 'सेफल्यान्डिङ' गर्ने  प्रयास गरे। एमालेले त्यतिमै चुप लाग्ने अवस्था बन्दा अर्थमन्त्री शर्माले राजीनामा दिनुपर्थेन।

अर्थमन्त्री शर्माले 'को हो एमाले?' भन्नुअघि उक्त पार्टीको माग संसदीय समितिमै सीमित थियो। तर, बुधबार एमालेले अर्थमन्त्रीको राजीनामालाई 'बटमलाइन' बनायो। 

संसदीय समिति बनाउने कुरामा सुरुमै सहमति भए पनि यही विषयले गर्दा संसद निर्धारित समयभन्दा चारघन्टा ढिलो गरी सुरु भयो। अर्थमन्त्रीका रुपमा शर्मालाई नस्वीकार्ने एमालेले पूर्वनीति अख्तियार गर्दै संसद छाड्यो भने अर्थमन्त्री शर्माले छानबिनमा सहजीकरण भन्दै राजीनामा दिए। 

संसद्मा मुद्दा उठाउँदै, विरोध गर्दै र कालान्तरमा पछि हट्दै गरेको थियो एमाले। प्रतिपक्षमा पुगेपछि एमाले यसपल्ट जबर्जस्त प्रभाव देखाएको छ। विषयको संवेदनशीलता मात्रैले होइन, अर्थमन्त्री शर्माकै असंवेदनशीलता पनि उनको बहिर्गमनको कारण बनेको छ। 
 

प्रकाशित मिति: बुधबार, असार २२, २०७९  २०:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी 
बीएण्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
सम्बन्धित सामग्री
देउवाले बोलाए पदाधिकारी बैठक बिहीबार दिउँसो १ बजे बस्ने गरी देउवाले पदाधिकारी बैठक बोलाएका हुन् । बुधबार, असोज २२, २०८२
फूलपातीकै दिनदेखि मलाई पक्राउ गर्न प्रयास भइरहेको छ, बालेनको योजनामा ओलीसहित लेखकलाई पनि पक्राउ गर्ने षड्यन्त्र हुँदैछ : महेश बस्नेत पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गरेर बालेनकै योजनामा आफूसहित केपी ओली र रमेश लेखकलाई पक्राउ गर्नुपर्छ भनेर दबाब अभियान चलाइ... बुधबार, असोज २२, २०८२
विशेष महाधिवेशनका लागि २४ असोजसम्म हस्ताक्षर गरिसक्न विश्वप्रकाशको आग्रह २६ गते कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ । कतिपयले केन्द्रीय समितिको बैठकपछि हस्ताक्षर गरे हुन्न भन्ने गरेको उल्लेख गर्दै तिन... मंगलबार, असोज २१, २०८२
ताजा समाचारसबै
टी–२० विश्वकप छनोट : कुवेतमाथि ५८ रनको जित बुधबार, असोज २२, २०८२
टी–२० विश्वकप छनोट : कुशल भुर्तेलको अर्धशतकमा कुवेतलाई १४२ रनको मध्यम लक्ष्य बुधबार, असोज २२, २०८२
देउवाले बोलाए पदाधिकारी बैठक बुधबार, असोज २२, २०८२
टी-२० विश्वकप छनोट: नेपालले टस हार्‍यो, कुवेतविरुद्ध पहिला ब्याटिङ गर्दै बुधबार, असोज २२, २०८२
आन्दोलनभन्दा वार्ता र संवादबाट समस्या समाधान गर्न गृहको अनुरोध बुधबार, असोज २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन मंगलबार, असोज २१, २०८२
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
आन्दोलनभन्दा वार्ता र संवादबाट समस्या समाधान गर्न गृहको अनुरोध बुधबार, असोज २२, २०८२
फूलपातीकै दिनदेखि मलाई पक्राउ गर्न प्रयास भइरहेको छ, बालेनको योजनामा ओलीसहित लेखकलाई पनि पक्राउ गर्ने षड्यन्त्र हुँदैछ : महेश बस्नेत बुधबार, असोज २२, २०८२
देउवाले बोलाए पदाधिकारी बैठक बुधबार, असोज २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विपद जोखिम नरहेका जिल्लामा सार्वजनिक सेवा सुचारु गर्न गृहको निर्देशन आइतबार, असोज १९, २०८२
वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित, विश्वकप क्वालिफायर भने खेल्ने बुधबार, असोज १५, २०८२
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन मंगलबार, असोज २१, २०८२
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
आन्दोलनभन्दा वार्ता र संवादबाट समस्या समाधान गर्न गृहको अनुरोध बुधबार, असोज २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्