• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

जनार्दनको मुखै ‘बैरी’

64x64
डिबी खड्का बुधबार, असार २२, २०७९  २०:२२
1140x725

काठमाडौं-जनार्दन शर्मा बुधबारदेखि पूर्व अर्थमन्त्री बनेका छन्। शेरबहादुर देउवाको बलियो 'आड' र पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को अटुट 'भरोसा' हुँदाहुँदै पनि बाहिरिनुमा उनको कर्म मात्रै होइन, बोलीको समेत योगदान छ। 

असार ५ गते ऋषि धमलासँगको अन्तवार्तामा शर्माले एमालेलाई चुनौती दिँदै भने, 'एमालेले सीसी क्यामेरा हेर्न चाहँदैमा हेर्न दिनुपर्छ भन्ने के छ?  सीसी क्यामेरा हेर्ने ती को हुन्?  आवश्यक परे सरकारले हेर्ला नि त।'

विरोधको स्वर समयले सुकाउँदै गएको अवस्थामा जनार्दनको 'मुखै बैरी' भयो। त्यो चुनौतीलाई एमालेले सामान्य रुपमा लिने कुरा भएन। त्यसपछि फेरि अर्थमन्त्री शर्मालाई पदबाट हटाउनुपर्ने माग जोडतोडका साथ उठाउन थाल्यो।

जेठ १४ गते बजेट निर्माण गर्दा करका दर हेरफेर गर्न अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालय भित्र्याएको समाचार बजेटमाथि छलफल चल्दै गर्दा सार्वजनिक भयो। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले त्यसैलाई आधार बनाएर विरोध गर्‍यो। अर्थमन्त्री शर्मालाई बहिस्कार गरिरह्यो। तर, सुरुमा  त्यसको खास प्रभाव देखिएन। 

प्रभाव कमजोर हुनुको पहिलो कारण प्रतिपक्षको काम नै विरोध ठानियो। दोस्रो कारण सञ्चारमाध्यममा आएको उक्त विषयलाई प्रमाणित गर्ने थप आधार भेटिएनन्। विस्तारै एमालेको विरोध पनि 'औपचारिक' हुन थालेको थियो। जेठ १४ गतेको सीसी टीभी फुटेज हेर्नुपर्ने माग मसिनो हुँदै गएको थियो।

बजेट पास गराउन प्रधानमन्त्री शेरबहादुर देउवाको 'आड' र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको 'भरोसा' पाइसकेका थिए शर्माले। एमालेको विरोधकै बीच असार २ गते सत्तापक्षको पूर्ण सहयोगमा बजेट पास भयो। त्यही आत्मविश्वासका साथ उनले असार ५ गते ऋषि धमलासँगको अन्तवार्तामा एमालेलाई चुनौती दिएका हुन्।  

यही बीचमा उपभोक्‍ता हित संरक्षण मञ्चले करका दर हेरफेरबाट उपभोक्तामाथि अन्याय गरिएको भन्दै सीसीटीभी फुटेज माग्यो। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई समेत 'ललकारे'का शर्माले एउटा गैरसरकारी संस्थालाई सहजै उपलब्ध गराउने कुरा भएन। 'आदेशअनुसार' भन्दै मन्त्रालय शाखा अधिकृतले मन्त्रालयको सीसीटीभी फुटेज १३ दिनमा आफैं डिलिट हुने बेहोराको लिखित जवाफ दिए। 

अर्थमन्त्री शर्माको ठाडो चुनौतीको उपयुक्त जवाफ फर्काउने मौका एमालेले कुरिरहेको थियो। आफ्नो मुद्दालाई पेचिलो बनाउन नागरिक समाजको साथ खोजिरहेको थियो। उक्त पत्रले माहोल बनाइदियो। सीसीटीभी फुटेज डिलिट भएको भनिनुले प्रमाण नष्ट गर्न अर्थमन्त्री शर्मा उद्दत रहेको अर्थ लाग्यो र विरोध झन् व्यापक भयो। 

Ncell 2
Ncell 2
nimb
nimb

अर्थमन्त्री शर्माका विरुद्ध नागरिकले तताएको 'फलाम'लाई उपयुक्त आकार दिन असार २० गते विरोधको बलियो 'घन'सहित एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली आफैं संसदमा पुगे। बढेको तेलको मूल्य, एसपीपीमा आमजनको आशंका, करका दर हेरफेरबाट पुगेको लाभहानी आदिलाई एकै ठाउँमा राखेर सरकारविरुद्ध प्रहार गरे।

'एकजना माननीय सांसद्ले यसै संसदमा एउटा कुरा भन्नुभएको थियो। विन्स्टन चर्चिलले १९४० को बेलायती संसदमा भनेको एउटा भनाइ थियो,’ ओलीले भने, ‘त्यतिखेरका प्रधानमन्त्री नेभिल चेम्बरलेनले साह्रै काम गर्न नसकेको, काम बिगारेको अवस्थामा चर्चिलले भनेका थिए ‘इट्स इनफ, इनफ इज इनफ’।’

त्यसपछि बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेशका बारेमा प्रतिपक्ष दलका हैसियतले प्रश्न उठाउँदा अर्थमन्त्री जनार्दन शर्माले ‘आई एम द स्टेट’ शैली देखाएको भन्दै ओली अर्थमन्त्री शर्माविरुद्ध कडा रुपमा प्रस्तुत भए। ‘त्यो दिनको सीसीटीभी फुटेज देखाउने तथा संसदीय छानबिनको माग उठाउँदा को हो एमाले भन्ने गरिन्छ, एमाले त अहिले संसद चलाउने पार्टी हो। हामीविना अहिले कोरम पुग्दैन थियो, अनि को हो प्रतिपक्ष भन्ने?’

लामो समय लिएर बोलेका ‌ओलीले बजेट निश्चित व्यापारिक घरानाकेन्द्रीत भएको बताउँदै संसदीय छानबिन समितिको माग दोहोर्‍याए। ‘यसमा एउटा संसदीय कमिटी बनाएर छानबिन गर्नुपर्छ, त्यसको प्रतिवेदन सम्मानित संसद्‌मा आउनुपर्छ,’ ओलीले भने, ‘फुटेज डिलिट गर्न पाइन्छ ? अफ्नो स्वच्छता प्रमाणित गर्ने, आउनुस् फुटेज हेरौँ, आउनुस् छानबिन गरौँ मन्त्रीले यो भन्न सक्नुपर्थ्यो, तर किन माग्दैमा दिने भनेर ललकार्ने?’ 

बजेट पास गरुन्जेल शर्मालाई सघाएका सत्तारुढ दल नेपाली कांग्रेसका नेताहरु पनि शर्माको बोली र व्यवहारबाट सशंकित हुन थाले। असार २० गते नै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शर्मामाथि प्रश्न उठेकाले पदबाट अलग हुनुपर्ने बताए। अर्थमन्त्रीले स्वेच्छाले राजीनामा नदिएमा प्रधानमन्त्रीले पदबाट हटाएर तत्काल छानबिन गर्नुपर्ने थापाको भनाई थियो।  

‘अर्थ मन्त्रालयले सीसीटीभी फुटेज जम्मा १३ दिनको छ भनेर अरु मेटिएको भनेपछि तत्काल प्रधानमन्त्रीले यसका बारेमा एउटा एक्सनमा जानुपर्छ’ उनल भनेका थिए, ‘कानुनले तीन महिनासम्म सुरक्षित राख्नुपर्ने किन मेटियो?’ 

त्यसअघि सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश सुशीला कार्की, पूर्वउपकूलपति केदारभक्त माथेमा र गोविन्द केसीले पनि अर्थमन्त्रीको राजीनामा माग गरेका थिए। 

करकार दर हेरफेरमा अनधिकृत व्यक्ति प्रवेश गरेको विषय गलत हुँदा अर्थमन्त्री शर्मा सीसीटीभी फुटेज देखाउन तयार हुनुपर्थ्यो। तर,  त्यसलाई लुकाउन लागेको देखियो। त्यस्तो अवस्थामा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले संरक्षण गरेको भन्दै पछिल्ला दुई दिन आलोचकहरु बालुवाटर केन्द्रीत भए। 

त्यसपछि भने बालुवाटारनिकट कांग्रेस नेताहरु समेत अर्थमन्त्री शर्मालाई हटाउनुपर्ने लाइनमा पुगे। प्रधानमन्त्री देउवाकहाँ लबिङ मात्रै गरेनन्। सार्वजनिक रुपमा पनि बोल्न थाले। सामान्यतया प्रतिक्रिया नरुचाउने देउवानिकट कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले समेत बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेखे, 'ढिलो नगरौं। संसदबाट आजै संसदीय समिति निर्माणको टुंगो लगाउँ।'

योजना आयोगका पूर्व उपाध्यक्षले समेत सामूहिक वक्तव्य निकालेर छानबिनको माग गरिसकेका थिए। बुधबार ११ बजेका  लागि तय भएको बैठकमा एमालेले यो विषयलाई अझै पेचिलो बनाउने तयारी गरिरहेको थियो। यसअघिको प्रतिनिधि सभा बैठकमै अर्थमन्त्री शर्मासँग 'नैतिकताको अपेक्षा' नभएको बताउने एमाले बुधबार प्रधानमन्त्री देउवाविरुद्ध केन्द्रीत हुँदै थियो। 

शर्माको थप संरक्षणबाट सत्ताको नेतृत्व गरिरहेको कांग्रेसलाई समेत हानी हुन थालेपछि बुधबार सत्तापक्ष संसदीय समिति बनाउन तयार भएको हो। सभामुख अग्निप्रसाद सापकोटाले संसदीय समिति बनाएर विषयलाई 'सेफल्यान्डिङ' गर्ने  प्रयास गरे। एमालेले त्यतिमै चुप लाग्ने अवस्था बन्दा अर्थमन्त्री शर्माले राजीनामा दिनुपर्थेन।

अर्थमन्त्री शर्माले 'को हो एमाले?' भन्नुअघि उक्त पार्टीको माग संसदीय समितिमै सीमित थियो। तर, बुधबार एमालेले अर्थमन्त्रीको राजीनामालाई 'बटमलाइन' बनायो। 

संसदीय समिति बनाउने कुरामा सुरुमै सहमति भए पनि यही विषयले गर्दा संसद निर्धारित समयभन्दा चारघन्टा ढिलो गरी सुरु भयो। अर्थमन्त्रीका रुपमा शर्मालाई नस्वीकार्ने एमालेले पूर्वनीति अख्तियार गर्दै संसद छाड्यो भने अर्थमन्त्री शर्माले छानबिनमा सहजीकरण भन्दै राजीनामा दिए। 

संसद्मा मुद्दा उठाउँदै, विरोध गर्दै र कालान्तरमा पछि हट्दै गरेको थियो एमाले। प्रतिपक्षमा पुगेपछि एमाले यसपल्ट जबर्जस्त प्रभाव देखाएको छ। विषयको संवेदनशीलता मात्रैले होइन, अर्थमन्त्री शर्माकै असंवेदनशीलता पनि उनको बहिर्गमनको कारण बनेको छ। 
 

प्रकाशित मिति: बुधबार, असार २२, २०७९  २०:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
रास्वपाको सचिवालय बैठक जारी पार्टी सभापति रवि लामिछानेले बिहान १० बजे बोलाएको बैठक पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा जारी रहेको हो । बिहीबार, भदौ १८, २०८३
बाढी प्रभावित क्षेत्रमा पुगेर फर्केपछि गगनले दिए भिडियाे सन्देश, के छ सन्देशमा ? बिहीबार सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै थापाले सहयोग गर्न सक्नेले सहयोगमा जुट्न र नसक्नेले कम्तीमा विपत्तिको समयमा कटु... बिहीबार, भदौ १८, २०८३
देउवा पक्षको छुट्टै महाधिवेशन तयारीपछि कांग्रेस अनुशासन समिति बैठक बोलाइयो निवर्तमान पार्टी सभापति शेरबहादुर देउवा पक्षले छुट्टै महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने तयारी गरेपछि संस्थापनले अनुशासन समिति... बिहीबार, भदौ १८, २०८३
ताजा समाचारसबै
पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कहाँबाट जाने ? विभागले देखायो वैकल्पिक बाटो बिहीबार, भदौ १८, २०८३
रास्वपाको सचिवालय बैठक जारी बिहीबार, भदौ १८, २०८३
बाढी प्रभावित क्षेत्रमा पुगेर फर्केपछि गगनले दिए भिडियाे सन्देश, के छ सन्देशमा ? बिहीबार, भदौ १८, २०८३
देउवा पक्षको छुट्टै महाधिवेशन तयारीपछि कांग्रेस अनुशासन समिति बैठक बोलाइयो बिहीबार, भदौ १८, २०८३
बाढी पूर्वानुमान शाखाको चेतावनी– त्रिशूली नदीमा बाढीको उच्च सम्भावना, ४८ जिल्लाका नदीमा बहाव बढ्ने बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
मन्दिरको जग्गा व्यक्तिको नाममा दर्ता, मालपोत प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा बुधबार, भदौ १७, २०८३
पत्रकार बशन्त उपाध्यायको निधन बुधबार, भदौ १७, २०८३
कृष्णभीरमा सडक भासिएको ८२ घण्टापछि डाइभर्सन निर्माण सुरु बिहीबार, भदौ १८, २०८३
उपत्यकामा व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्रीमा रोक बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्