काठमाडौं– अर्जेन्टिनी मिडफिल्डर एन्जल डी मारिया इटालियन क्लब युभेन्टसमा अनुबन्धित हुने भएका छन्। डी मारियाले युभेन्टससँग एक वर्षको सम्झौता गर्ने भएका हुन्।
युभेन्टस र ३४ वर्षीय डी मारियाबीच एक वर्षे सम्झौताका लागि सहमति भएको फ्रान्सेली सञ्चारमाध्यमहरुले जनाएका छन्।
डी मारियाले सिजनको अन्त्यसँगै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) छाडेका थिए। पीएसजीका लागि उनले २ सय ९४ खेलमा ९१ गोल गरेका छन्।
यस्तै, १ सय ११ असिस्ट गरेका छन्। पीएसजीका लागि उनले १८ उपाधि जितेका छन्। डी मारिया सन् २०१५ मा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट पीएसजी आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।