काठमाडौं- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान रेनुका नगरकोटी कम्तिमा १० हप्ता मैदान बाहिर रहने भएकी छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार कप्तान रेनुका कम्तिमा १० हप्ता मैदान बाहिर रहने जानकारी दिएको हो।
मंगलबार एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ, उपाध्यक्षद्वय दावा लामा र दीपक खतिवडा, कोषाध्यक्ष रविन्द्र जोशीसँगै महासचिव किरण राईले रेनुकालाई ग्वार्कोस्थित बी एन्ड बी अस्पताल पुगेर भेटेका थिए।
रेनुकाको घाँटीमुनिको बायाँ हड्डीको सोमबार राति शल्यक्रिया गरिएको थियो।
एसियन कपको तयारीका लागि बन्द प्रशिक्षण रहेकी उनको सातदोबाटोस्थित एन्फाको मैदानमा प्रशिक्षणका क्रममा लड्दा घाँटीमुनिको बायाँ हड्डी (ब्युटी बोन) भाचिँएको थियो।
रेनुका नेपाली महिलासँगै विभागीय टोली एपीएफकी कप्तानसमेत हुन्। उनी सन् २०१० देखि नियमित नेपाली महिला फुटबल टोलीकी सदस्य रहँदै आएकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।