काठमाडाैं– ब्राजिली सेन्टर ब्याक एडर मिलिसाओ स्पेनिस क्लब रियल मड्रिडमै रहने भएका छन्।
रियलले मिलिसाओको रिलिज क्लज १ हजार मिलियन युरो राख्दै २०२८ सम्मको सम्झौता नवीकरण गरेको हो।
रियलले यसअघि मिडफिल्डर लुका मोड्रिच, भिनिसियस जुनियर र रोड्रिगोको सम्झौता नवीकरण गरिसकेको छ।
मिलिसाओ २०१९ को विन्टरमा पोर्चुगिज क्लब पोर्टोबाट रियल आएका थिए।
रियलमा तीन सिजन बिताउँदा २४ वर्षीय मिलिसाओले ९१ खेलमा ४ गोल गरेका छन्। २०१८ देखि ब्राजिलको टोलीमा रहेका मिलिसाओले २२ क्याप जित्दा एक अन्तर्राष्ट्रिय खेल खेलेका छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।