काठमाडौं - साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा भारी गिरावट देखिएको छ।
मंगलबार पुँजी बजार मापक परिसूचक नेप्से ४६.०८ अंकले घटेर २०३०.५९ बिन्दुमा झरेको छ। साताको दोस्रो कारोबार दिन सोमबार पनि नेप्से सूचक ९.७५ अंकले घटेर २०७६.६७ विन्दुमा बन्द भएको थियो। आज समग्र नेप्से सूचक २.२२ प्रतिशतले घटेको छ।
त्यसैगरी, यस दिन सेन्सेटिभ फ्लोट इण्डेक्स ८.७१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ३.१६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.२५ अंक घटेको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज सेयर कारोबार रकममा पनि गिरावट आएको छ। साताको दोस्रो कारोबार दिन सोमबार ४ अर्ब ३४ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको सेयर बजारमा साताको तेस्रो कारोबार दिन आज २ अर्ब ९६ करोड ८४ लाख ८५ हजार रुपैयाँकोमात्र कारोबार भएको छ।
आज कारोबारमा आएको सबै समूह सूचकहरु घटेका छन। आज सबैभन्दा धेरै ब्यापार समूहको सेयर मूल्य घटेको छ। आज यस समूहको सेयर मूल्य ३.८८ प्रतिशतले घटेको छ। यसैगरी, अन्य समूह तर्फाको सेयर मूल्य ३.८३ प्रतिशत, लगानी समूह तर्फको सेयर मूल्य ३.३१ प्रतिशत, फाईनान्स समूहको सेयर मूल्य ३.५३ प्रतिशतले घटेको छ।
आज कारोबारमा आएका तीन कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन्। आज सिवाईसि नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ। आज सबैभन्दा धेरै घलेम्दी हाईड्रो पावर कम्पनीको सेयर मूल्य घटेको छ। यस कम्पनीको सेयर मूल्य आज ६.६० प्रतिशतले घटेको नेप्सेले जानकारी दिएको छ।
आज २२९ स्टकको ४९ हजार ४१६ पटकको कारोबामा ८६ लाख १३ हजार कित्ता सेयर खरिद बिक्री भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।