काठमाडौं– ब्राजिलियन युवा विंगर फरवार्ड रोड्रिगो गोएसले स्पेनिस क्लब रियल मड्रिडमा सम्झौता नवीकरण गरेका छन्। उनले रियलसँग सन् २०२८ सम्म सम्झौता गरेका हुन्।
सन् २०१९ मा रियलमा आबद्ध भएका रोड्रिगोको सम्झौता २०२५ सम्म रहेको थियो। लगातारको उच्च प्रदर्शनसँगै रियलले रोड्रिगोलाई निरन्तरता दिएको हो।
रियलले रोड्रिगोललाई ब्राजिलियन क्लब सान्तोषबाट २०१९ मा ४५ मिलियन युरोमा क्लबमा अनुबन्ध गरेको थियो। रियलबाट रोड्रिगोले ३ सिजनमा १०८ खेल खेल्दा १८ गोल गरेका छन्।
उमेर समूह हुँदै राष्ट्रिय टोलीमा स्थान बनाएका रोड्रिगो २०१९ देखि ब्राजीलको टोलीमा रहेका छन्। उनले ब्राजिलबाट ५ क्याप जित्दा एक गोल गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।