काठमाडौं– रामेछापमा बस दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको छ। मंगलबार बिहान रामेछापको सुनापति गाउँपालिका–५, लुभुघाटमा बस दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी राजकुमार थिङका अनुसार ९ जनाको मृत्यु भएको छ भने घाइते २२ जनालाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ।
गम्भीर घाइतेहरुलाई उपचारका लागि काठमाडौं पुर्याउन हेलिकोप्टर मगाइएको डीएसपी थिङले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।