काठमाडौं– क्याटलान क्लब बार्सिलोनाले फ्रि–ट्रान्सफरमार्फत् इंग्लिस क्लब चेल्सीका डिफेन्डर एन्ड्रिएस क्रिस्टेन्सेनलाई अनुबन्धित गरेको छ।
२६ वर्षीय सेन्टर ब्याकलाई बार्सिलोनाले ४ वर्षका लागि क्लबमा अनुबन्ध गरेको हो। उनी सन् २०२६ सम्म नोउक्याम्पमा हुनेछन्।
बार्सिलोनाले क्रिस्टेन्सेनको रिलिज क्लज ५ सय मिलियन युरो राखेको छ। बार्सिलोनाले बिहीबार उनलाई क्लबमा सार्वजनिक गर्ने बताएको छ।
डेनमार्कका लागि ५६ क्याप जितेका क्रिस्टेन्सेनले लोनमा दुई सिजन २०१५–१७ मा जर्मन क्लब बोरुसिया मोन्चेनग्लाडवाकमा खेलेका थिए। त्यसपछि उनी चेल्सीमा फर्किएका थिए। उनी २०१४ देखि चेल्सीमा रहेका उनले १६१ खेलमा २ गोल गरेका छन्।
बार्सिलोनाले सोमबार नै मिडफिल्डर फ्रान्क केस्सीलाई फ्रि–ट्रान्सफरमा नै अनुबन्धित गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।