• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १७, २०८३ Wed, Sep 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
टिप्पणी

कोही किन मन्त्री होस्!

मन्त्रिपरिषद् हेरफेरमा विस्तारित विकृति
64x64
किशोर दहाल सोमबार, असार २०, २०७९  १५:३७
1140x725

काठमाडौं- आन्तरिक विवाद चुलिएर विभाजन कुरिरहेको जनता समाजवादी पार्टीका तर्फबाट तीन मन्त्री नियुक्त भएका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा मोहम्मद इश्तियाक राई, कृषि तथा पशुपन्छी विकास मन्त्रीमा मृगेन्द्रकुमार सिंह यादव र वन तथा वातावरण मन्त्रीमा प्रदीप यादव नियुक्त भएका हुन्। यसअघि ती मन्त्रालयमा क्रमशः रेणु यादव, महिन्द्र राय यादव र रामसहायप्रसाद यादव मन्त्री थिए। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ भने यथावत् छन्।

एक हप्ताअघि नै अध्यक्ष उपेन्द्र यादव पक्षको केन्द्रीय कार्यकारिणी समिति बैठक बसेर मन्त्रिपरिषद्‌मा पठाइएका आफ्ना सदस्यहरू फिर्ता बोलाउने र नयाँ पठाउने निर्णय गरेको थियो। पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईलाई खबर नगरिएको भनिएको बैठकले निर्णय लिएपछि सो पार्टीभित्रको शक्ति सन्तुलनमा पनि व्यापक परिवर्तन आइसकेको छ। कुनै बेला शक्तिशाली देखिएका भट्टराई अहिले कमजोर भएका छन्। परिस्थिति आफू अनुकूल भएपछि यादवले आइतबार मात्रै प्रधानमन्त्री शेरबहादुर देउवालाई नयाँ सूची बुझाएका थिए।

पार्टीभित्रको विवादमा यसअघि भट्टराईलाई साथ दिएकाहरूलाई समेत मन्त्री बनाएर यादवले पार्टीभित्र आफूलाई थप शक्तिशाली साबित गर्ने आधार तयार गरेका छन्। जसपा विभाजन नै भएछ भने पनि यादवले कमभन्दा कम क्षतिको पूर्वतयारी गरिरहेका थिए। मन्त्रिपरिषद्‌मा गरिएको पछिल्लो हेरफेरको औचित्य पनि त्यति नै हो।

यो पनि पढ्नुहोस्

‘ओली दृष्टि’ : पहिले अक्षम र विवादित मन्त्री, अहिले तिनै क्षमतावान् !शनिबार, जेठ २२, २०७८

प्रतिनिधि सभाको निर्वाचनका लागि ५/६ महिना समय बाँकी छ। त्यसैले नवनियुक्त मन्त्रीहरू बढीमा त्यही हाराहारीमा आफ्नो पदमा रहन पाउनेछन्। नयाँ निर्वाचन हुने भएकाले प्रतिनिधि सभाको आयु त्यसभन्दा झनै छोटो छ। त्यसैले मन्त्रीहरूले नयाँ र प्रभावकारी कानुन वा नीति बनाउने र कार्यान्वयन गर्ने सम्भावना ज्यादै न्यून छ। त्यहीमाथि पार्टीभित्रको तानातानमा मन्त्रीको चिठ्ठा परेकाहरूबाट बढी अपेक्षा राख्नु पनि सान्दर्भिक छैन।

एक हप्ताअगाडि मात्रै नेकपा एकीकृत समाजवादीका तर्फबाट पनि पुराना चार मन्त्रीहरू फिर्ता भएका थिए। त्यतिबेला नयाँ तीन मन्त्री र एक राज्यमन्त्रीले अवसर पाएका थिए। एक राज्यमन्त्रीको मन्त्रीमा बढुवा भएको थियो। सो पार्टीका तर्फबाट जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरी सहरी विकास, भवानीप्रसाद खापुङ स्वास्थ्य तथा जनसंख्या, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनाइएका थिए। त्यस्तै, हिराचन्द्र केसी स्वास्थ्य राज्यमन्त्री बनाइए। खापुङ यसअघि स्वास्थ्य राज्यमन्त्री थिए।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्रीमा देउवा : ‘बदनाम पात्र’ले पाएको अर्को अवसरमंगलबार, असार २९, २०७८

दलीय प्रणालीमा दलले आवश्यकता बोध गरेका बेला मन्त्री हेरफेर सामान्य विषय हो। कोही मन्त्रीले अपेक्षाअनुसार काम गर्न नसके, विवादमा परे, पार्टीका नीतिहरू उल्लंघन गरे वा यस्तै केही कारणबाट सम्बन्धित दलले सम्बन्धित मन्त्री हेरफेर गर्नु सामान्य विषय हो। त्यस्तो विगतमा पनि भएकै छन्। भविष्यमा पनि हुने नै छ। किनकि, यस्तो हेरफेरमा औचित्य पुष्टि हुन्छ। तर, पछिल्ला हेरफेर औचित्यभन्दा आशंका स्थापित भएका छन्।

यी दुवै पार्टीले गरेको हेरफेरको आम औचित्य स्थापित हुन सकेको छैन। बरु पार्टीभित्रका दृश्य/अदृश्य आश्वासन,  महत्त्वाकांक्षा र शक्तिलाई आफ्नो पक्षमा पार्ने खेलको प्रतिफल नै मन्त्रिपरिषद्‌मा हेरफेरको कारण हो भन्ने स्पष्ट छ। पालो पुर्‍याएर मन्त्री बन्ने र लाभ लिने, चुनावका लागि स्रोत जम्मा गर्ने जस्ता कामका लागि मन्त्री पद उपयुक्त ठाउँ भएको खुला सत्य हो।

यो पनि पढ्नुहोस्

मन्त्रिपरिषद् हेरफेर, जसपाका तीन फिर्ता, तीन नियुक्तसोमबार, असार २०, २०७९

सन्दर्भ यस्तो छ कि, बजेट घोषणा हुनेभन्दा अघिल्लो दिन अर्थमन्त्री जनार्दन शर्माले मन्त्रालयमा अनधिकृत व्यक्ति बोलाएर बजेटका संवेदनशील मानिएका राजस्वका दरमा परिवर्तन गराएको घटनाले राजनीति तरंगित छ। उनले राजीनामा दिने, दलले फिर्ता बोलाउने वा प्रधानमन्त्रीले पदमुक्त गर्ने त परका कुरा भइहाले, उनीमाथि छानबिन समेत हुने सम्भावना पनि टर्दै गएको छ। बरु, एउटा प्रमाण मानिएको सीसीटीभी फुटेजसमेत मेटिएको भनेर अविश्वसनीय जवाफ दिएको विषय सार्वजनिक भइसकेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

'आर्थिक अपराध' गरेका भनिएका अर्थमन्त्री शर्मा पदमै रहनुपर्ने, तर सार्वजनिक विवादमा नफसेका मन्त्रीहरू सामूहिक रुपमा हटाइनुको कारण के? प्रधानमन्त्रीले जवाफ दिनुपर्दैन? सम्बन्धित दलले जवाफ दिनुपर्दैन? कि, अब ६/८ महिनाका लागि मन्त्री बन्ने र बाँडिचुँडी खाने पद्धति स्थापित गर्न लागिएको हो?

यसरी कुबेलामा र सार्वजनिक रुपमा औचित्य स्थापित गर्न नसक्ने गरी मन्त्रीहरू हटाउने र बनाउने काम गर्दा मन्त्रालयको काम त प्रभावित हुन्छ नै, मन्त्री जस्तो ठूलो जिम्मेवारी पनि ‘केटाकेटी खेल’ जस्तो बन्न पुग्छ। त्यसले पार्टीभित्र अस्वस्थ प्रतिस्पर्धा र चलखेल सिर्जना गर्ने मात्रै होइन, कालान्तरमा यस्तै ६/८ महिनामा आलोपालो गर्ने परम्परा स्थापित हुनसक्छ। यस्तो हुँदै जाँदा अन्य विकृति बढ्न जान्छ। मन्त्रीहरूले पनि निरन्तर जवाफदेही हुने खालका निर्णय गर्नेभन्दा लोकरिझ्याइँ र स्वार्थप्रेरित निर्णय गर्ने सम्भावना बढ्छ। मन्त्री बन्नुको 'उद्देश्य' पूरा गरिहालौँ भन्नेतिर अग्रसर बनाउँछ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री देउवाद्वारा मन्त्रिपरिषद् पुनर्गठन, यी हुन् नयाँ थपिएका मन्त्रीहरू आइतबार, असार १२, २०७९

यसअघिका प्रधानमन्त्री केपी शर्मा ओलीको विरोध हुने धेरै कारणमध्ये एक हो, उनले मन्त्रिपरिषद्‌मा अस्वभाविक रुपमा गर्ने गरेको हेरफेर। ओलीले विवादमा फसेर मन्त्री पदबाट मुक्त गराएका शेरबहादुर तामाङलाई पछि पुनः मन्त्री बनाए। आफ्नै कामबाट बदनाम भएका रघुवीर महासेठलाई पहिले पदमुक्त गरे र पछि पुनः मन्त्री बनाए।

सुरुवातमा उपप्रधानमन्त्री नै नबनाउने नीति लिएका उनले पछि लाइन लगाए। जसपाको आधिकारिक निर्णयबिना नै आफूलाई साथ दिने एक पक्षका नेताहरूलाई मन्त्री बनाइदिए। आफैंले तय गरेको मानक भत्काउँदै तत्कालीन प्रधानमन्त्री ओलीले 'गरिखाऊ भाइ हो' शैलीमा मन्त्री बनाउने गरेका थिए। जसको त्यतिबेला नैतिकता र संवैधानिक मान्यताको कोणबाट आलोचना भएको थियो। उनको कदमलाई रोक्न स्वयं सर्वोच्च अदालतले नै एक आदेशद्वारा एकैदिन २० मन्त्रीलाई पदमुक्त समेत गराएको थियो।

ओलीले त्यसै गरेका थिए भनेर देउवाले छुट पाउँदैनन्। ओलीले ‘प्रतिगमन गरे’ भनेर देउवासहितका नेताहरूले संघर्ष गरेर बचाएको संसद् हो, बनाएको सरकार हो। उनीबाट संवैधानिक मान्यताको उल्लंघन र जवाफदेहीताविहीन निर्णय गर्ने जस्ता कदम क्षम्य हुनसक्दैन।

प्रकाशित मिति: सोमबार, असार २०, २०७९  १५:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
महामारी रोक्न बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य निगरानी तीव्र प्रभावित क्षेत्रमा विशेष स्वास्थ्य टोलीसँगै फिल्ड इपिडेमियोलोजीमा प्रशिक्षित जनशक्ति परिचालन गरिएको छ भने विश्व स्वास्थ्य संगठनको सह... मंगलबार, भदौ १६, २०८३
हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छः प्रधानमन्त्री शाह प्रधानमन्त्री शाहले भोटेकोशी नदीमा गएको बाढी सामान्य नभएको उल्लेख गरे । मंगलबार, भदौ १६, २०८३
सर्वदलीय बैठकका तीन निष्कर्ष : विपद् व्यवस्थापनदेखि दीर्घकालीन समाधानसम्म सहकार्य मंगलबार रास्वपाले बोलाएको बैठकले यसअघि शीर्ष नेतृत्वसहितको बैठकबाट भएका १० बुँदे निर्णय प्रभावकारी रूपमा कार्यान्वयन गर्ने र भोटेकोश... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
टनेलमा फसेकाहरूको पीडित परिवारलाई ऊर्जामन्त्रीले भने– सरकार तपाईहरूसँगै छ बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढी : हालसम्म १ हजार ६८ वटा शव फेला, ५८ जनाको शव मात्र परिवारलाई दिइयो बुधबार, भदौ १७, २०८३
बाढी र पहिरोका कारण विभिन्न जिल्लाका राजमार्ग अवरुद्ध, राति केही सडकमा आवागमन रोक बुधबार, भदौ १७, २०८३
कोशी, बागमती र गण्डकीका हिमाली भूभागका केही स्थानमा भारी वर्षाको पूर्वानुमान बुधबार, भदौ १७, २०८३
नेपालले टस हार्‍यो, ब्याटिङ गर्दै बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
रसुवा, धादिङ र ललितपुरका सडकखण्ड पूर्ण अवरुद्ध मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
चीनले पठायो ताताेपानी भन्सार बन्द गरेकाे सूचना सोमबार, भदौ १५, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्