काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् हेरफेर भएको छ।
जसपाबाट मन्त्री भएका पुराना चारमध्ये तीनलाई फिर्ता बोलाएर नयाँ पठाइएपछि प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् हेरफेर गरेका हुन्। राष्ट्रपति कार्यालयले मन्त्रिपरिषद् हेरफेर भएको सूचना मार्फत् जानकारी दिएको छ।
जसपाले भौतिक पूर्वाधार मन्त्रीमा रेनु यादवलाई फिर्ता बोलाएर मोहम्मद इस्तियाक राईलाई पठाएको छ। त्यस्तै कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवलाई फिर्ता बोलाएर मृगेन्द्रकुमार सिंह यादव नियुक्त भएका छन्।
वनमन्त्री रहेका रामसहाय प्रसाद यादवलाई फिर्ता बोलाएर प्रदीप यादवलाई उक्त मन्त्रालयको जिम्मेवारी दिइएको छ। संघीय मामिला मन्त्री राजेन्द्र श्रेष्ठ भने यतावत रहेका छन्।
जसपाका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रीलाई नयाँ मन्त्रीहरुको सूची बुझाएका थिए। नवनियुक्त मन्त्रीहरुको आजै अपराह्न ४ बजे सपथ हुने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।