१. एसपीपीबारे गृहमन्त्री बालकृष्ण खाणले एक हप्ताअघि नै भनेका थिए– अमेरिकालाई पत्र पठाइयो, परराष्ट्र मन्त्रालय भन्छ– पत्र पठाएकै छैन, अध्ययनकै क्रममा रहेको प्रवक्ता सेवा लम्सालको भनाइ। (बाझियो सरकारकै भनाइ)
२. एसपीपीमार्फत नेपाललाई आईपीएसको अंग बनाउने अमेरिकाको प्रयास आफूहरुका कारण असफल भएको प्रचण्डको प्रतिवेदन, गठबन्धनमा कांग्रेस स्वार्थी भएको र एकीकृत समाजवादीले हैसियतभन्दा धेरै मागेको दाबी । (प्रचण्डको प्रतिवेदन)
३. बागमती प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट अगाडि बढेको सिटी स्क्यान मेसिनको खरिद प्रक्रियामा सेटिङ, लेखा समितिका सभापतिको संयोजकत्वमा छानबिन समिति गठन। (छानबिन समिति गठन)
४. लिसेचान्स्क सहर आफ्नो कब्जामा रहेको युक्रेन र रुस दुवैको दाबी, आक्रमणको सामना आफ्नो सेनाले निरन्तर गरिरहे पनि रुसको नियन्त्रणमा नगएको युक्रेनको प्रतिक्रिया । (युक्रेन र रुसको दाबी)
५. र, नेपालले क्यानडासँग खेल्न तय भएको एकदिवसीय सिरिजको खेल तालिका परिवर्तन, स्थानीय क्लब ओन्टारियोसँग टी–२० अभ्यास खेल खेल्ने भएकाले सिरिजलाई एक दिन पछाडि सारियो। (खेल तालिका परिवर्तन)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।