काठमाडौं–काठमाडौंको बुद्धनगरस्थित केएमसी स्कुलको गल्र्स होस्टेलकी कर्मचारी मृत भेटिएको प्रकरणमा पीडित पक्ष र स्कुल प्रशासनबीच सहमति भएको छ।
होस्टलकी कर्मचारी रमा रायमाझी शनिबार राति ८ बजेतिर झुण्डिएको अवस्थामा फेला परेकी थिइन्। त्यसपछि उनको हत्या भएको भन्दै आफन्तले शव उठाउन मानेका थिएनन्।
आइतबार स्कुल प्रशासनले ८ लाख रुपैयाँ क्षतिपूर्ति दिने सहमति गरेपछि पीडित पक्ष शव उठाउन सहमत भएको एसपी दिनेशराज मैनालीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।