काठमाडौं– काठमाडौंको बुद्धनगरस्थित केएमसी स्कुलको गर्ल होस्टेलकी एक कर्मचारी मृत भेटिएकी छन्।
होस्टेलकी कर्मचारी रमा रायमाझी शनिबार राति ८ बजेतिर झुन्डिएको अवस्थामा भेटिएकी हुन्।
तर अहिलेसम्म शव उठ्न सकेको छैन। उनको हत्या भएको भन्दै आफन्तले शव उठाउन नमानेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, एसपी दिनेशराज मैनालीले बताए। २१ वर्षीय रायमाझी काभ्रेको तेमालकी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।