काठमाडौं– नेपालको ‘ए’ डिभिजन क्लब न्युरोड टिम (एनआरटी)ले मलेसिया जारी टुवान याङ टेरुतमा (टीवाईटी) कपको दोस्रो खेलमा पनि फराकिलो हार बेहोरेको छ।
शनिबार बेलुका भएको खेलमा एनआरटी मलेसियाको सुपर लिग क्लब पेनाङ एफसीसँग ५–० ले पराजित भएको हो।
पेनाङको फराकिलो जितमा लुकास सिल्भाले ह्याट्रिकसहित चार गोल गरे। एक गोल सराभानको नाममा रह्यो।
यसअघि एनअआरटी पहिलो खेलमा इन्डोनेसियाको लिग टु क्लब कारो एफसीसँग ५–१ को फराकिलो अन्तरले पराजित भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।