१. निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्नेमा सत्तारुढ दलका शीर्ष नेताहरुको जोड, विधि र प्रक्रिया पूरा गरेर हालकै निर्माणधीन विमानस्थललाई पूर्णता दिइने प्रधानमन्त्री देउवाको भनाइ। (सत्तारुढ दलका शीर्ष नेताहरूको जोड)
२. मल ल्याउने भन्दै सरकारले किसानलाई अल्मल्याउने काम गरेको एमाले अध्यक्ष केपी ओलीको भनाइ, वर्तमान सरकारले कृषि क्षेत्रको उत्थान गर्न नसक्ने दाबी। (केपी ओलीको दाबी)
३. छुट्टै राजनीतिक दल घोषणा गर्ने तयारीमा स्वतन्त्र उम्मेदवारहरु, दलको विकल्प दल नै भएकाले आगामी संसदीय चुनावमा दल नै गठन गर्ने सुमन सायमीको प्रतिक्रिया। (राजनीतिक दल खोल्ने तयारीमा स्वतन्त्र उम्मेदवारहरु)
४. युक्रेनमा फेरि रुसी क्षेप्यास्त्र आक्रमण, कम्तिमा २१ जनाको मृत्यु, स्थानीय बासिन्दा वा भौतिक संरचनालाई लक्षित गरेर आक्रमण गर्ने आफूहरूको योजना नरहेको रुसको दाबी। (युक्रेनमा फेरि रुसी क्षेप्यास्त्र आक्रमण)
५. र, विश्वकप लिग–२ को तयारीमा रहेका बेला कसैको समर्थन नभएको राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेको गुनासो, आफू यो लडाइँ एक्लै लड्ने प्रतिक्रिया। (सन्दीपको गुनासो)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।