काठमाडौं– महिला साफ च्याम्पियनसिप आगामी भदौमा काठमाडौंमा आयोजना हुने भएको छ।
बंगलादेशको ढाकामा शनिबार सम्पन्न साफ कंग्रेसले साफ च्याम्पियनसिप काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको हो।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ भदौ १३ देखि २५ गतेसम्म काठमाडौंमा आयोजना गर्ने प्रस्ताव गरेको थियो ।
शनिबारको कंग्रेसले सोही मितिमा प्रतियोगिता आयोजनाको जिम्मा नेपाललाई सुम्पिएको हो। यस्तै, यू–१७ साफ च्याम्पियनसिप भदौ २० देखि ३१ गतेसम्म श्रीलंकामा हुने तय भएको साफले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।